Thursday, August 6
Shadow

प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ बाट मेयर र उपमेयरमा नाम सिफारिस

सचतक नेपाल डेस्क,
८ वैशाख, रौतहट । नेपाली काँग्रेस प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ ले जलेश्वर नगरपालिकाका लागि मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ ।

महाेत्तरी जिल्लाको जलेश्वर नगरपालिका का लागि मेयर मा ४ र उपमेयर मा ३ जना को नाम सिफारिस भएको छ ।

क्षेत्रीय कार्य समिती ३ बाट मेयर पदका लागि शम्भु नारायण पाठक, ईश्वर नारायण पान्डेय, डा.सज्जन ठाकुर र अशोक कुमार साहको नाम सिफारिस भएको छ ।

त्यस्तै उपमेयर पदको लागि अनिता देवी शर्मा , निनु कर्ण र विभा झाको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *