Thursday, August 6
Shadow

लाेसपा नेता महताेकाे फेसबुक ह्याक, पार्टी छाेडेकाे पाेष्ट भाइरल

सचतक नेपाल डेस्क,
७ वैशाख, राैतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ ।

फेसबुक ह्याक गर्दै ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरेको थियो । फेसबुक ह्याक भएपछि महतोले यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभएको छ ।

‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले फेसबुकमा लेख्नुभएको छ, ‘यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु, यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी दायरामा ल्याउन पहल गर्नेछु ।’

महतोले लोसपा छोडेको भन्दै लेखिएको पोष्टको स्क्रिनसट भाइरल भएपछि प्रष्ट्याउनुभएको हो ।

पोष्टमा लेखिएको थियो, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले विराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरूलाई हृदयदेखि धन्यवाद ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *