अब शनिबार र आइतबार सार्वजनिक बिदा
सचतक नेपाल डेस्क,
१४ वैशाख, राैतहट । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ देखि लागु हुनेगरी शनिबार र आइतबार दुई दिन बिदाको निर्णय भएको नियमित पत्रकार सम्मेलन मार्फत जनाएका हुन् ।
सरकारले परीक्षणका रुपमा साताको दुई दिन बिदाको कार्यान्वयन गर्ने पनि जनाएको छ । साथै सातामा दुई दिन बिदा दिने निर्णयसँगै कार्यालय समय भने बिहान साढे ९ देखि र साँझ साढे ५ बजेसम्म तोकिएको छ ।
विदेशी मुद्राको सञ्चितिमा पनि चाप परेपछि सरकारले सतर्कता अपनाएको हो । सरकारले पेट्रोलियम पदार्थको बढ्दो खपत कम गर्ने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा निर्णय गरिएको पनि प्रवक्ता कार्कीले बताए ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हु...









