Friday, October 30
Shadow

banner-news-1

For top banner

बालेन अग्र स्थानमा, स्थापित तेस्रो स्थानमा

बालेन अग्र स्थानमा, स्थापित तेस्रो स्थानमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३१ वैशाख, रौतहट । काठमाडौं महानगरपालिकाको १ हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८० मतसहित अग्र स्थानमा कायमैं रहेका छन् । गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० मतका साथा दोस्रो र एमालेका उम्मेदवार केशव स्थापित २ सय मतसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै, राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । अहिले वडा नम्बर १,२,३ र ३२ को मतगणना भइरहेको छ ।...
मत पेटी लिएर फरार भए स्थानिय, बाैधीमाईकाे २ मतदान केन्द्र स्थगित

मत पेटी लिएर फरार भए स्थानिय, बाैधीमाईकाे २ मतदान केन्द्र स्थगित

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ३० वैशाख, राैतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । साे नगरपालिकाकाे वडा नं १ जेठरहियामा रहेकाे चिकना मतदान केन्द्र बाट मतपेटिका लुटिएको हाे । सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको निर्वाचन कार्यालय यमूनामाइ गाउँपालिकाका अधिकृत हरि प्रसाद शर्माले जानकारी दिएका छन् । मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । अहिले त्यहाँ स्थिति तनावग्रस्त रहेको प्रहरीले जनाएकाे छ । मतदान अधिकृत लाई स्थानीयहरूले घेरा हालेका छन । ढुंगामुढा समेत भईरहेकाे बुझिएको छ । यस सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय राैतहटका अधिकृत छाेटेलाल दास सँग साेध्दा यसकाे आधिकारिक पुष्टि हुन बाँकि रहेकाे बताए । यधपी विवाद पछि चुनाव स्थगित गरिएको बताए । त्यस्तै, राैतहटकाे बाैधिमाइ सरमुजवाकाे क र ख दुवै मतदानस्थल स्थगित भएकाे निर्वाचन कार्यालयका अधिकारी छाेटेलाल दासले जानकारी ...
कुनै पनि मतदान स्थल स्थगित भएकाे छैन्: निर्वाचन प्रमुख

कुनै पनि मतदान स्थल स्थगित भएकाे छैन्: निर्वाचन प्रमुख

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३० वैशाख, राैतहट । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् । ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’ उनले देशभर स्थानीय तह सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान भइरहेको जनाएका छन् । ‘अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ,’ उनले भने । आज एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन भइरहेको छ । आज विहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।...
काठमाडौँ महानगरपालिकामा कुल १५६ केन्द्र र ३६३ मतदानस्थल

काठमाडौँ महानगरपालिकामा कुल १५६ केन्द्र र ३६३ मतदानस्थल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २९ वैशाख, रौतहट । भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ। तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता रहेका छन् भने धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् भने वडा नं। १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् । त्यस्तै वडा नं २३ मा ४ हजार ४७७ मतदाता रहेका छन् भने वडा २० मा ४ हजार ६१४ मतदाता छन् । कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा मतदानस्थल छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन्। वडा नं. १६ मा १० केन्द्र छन्। यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन्। सबैभन्दा कम मतदान ...
मुस्लिम आयोगका अध्यक्ष माथि पैसा बाँडेको आरोप

मुस्लिम आयोगका अध्यक्ष माथि पैसा बाँडेको आरोप

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २९ वैशाख,रौतहट । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोप लागेको छ । स्थानीय नेकपा एमालेका कार्यकर्ताहरूले अन्सारीमाथि पैसा बाँडेको आरोप लगाउँदै होहल्ला गरेपछि जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले सुरक्षा दिएर त्यहाँबाट लिएर गएको हो । विवाद बढेपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । जसपछि उनी काठमाण्डौँ पुगेका हुन् । क्षेत्रीले भने, ‘वहाँ खाना खानका लागि स्थानीयको घरमा जानु भएको रहेछ । त्यहाँ विवाद भएपछि हामीले एयरपोर्टसम्म लगेर छाडिदिएका हौँ । उहाँलाई पक्राउ गरिएको होइन ।’ उनी बिहीबार दिउँसो साढे १ बजेको उडानमार्फत काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।...
बुटवलमा एमाले उम्मेदवारकी श्रीमती माथि पैसा बाँडेको आरोप

बुटवलमा एमाले उम्मेदवारकी श्रीमती माथि पैसा बाँडेको आरोप

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल न्यूज डेस्क, २८ वैशाख, रुपन्देही । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईमाथि सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ को मझुवा टोलमा रहेको सुकुम्बासी बस्तीमा पुगेकी भट्टराईकी श्रीमती माया भट्टराईलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । प्रहरीले कांग्रेस कार्यकर्ताहरुले थुनेको अवस्थामा भट्टराईलाई उद्धार गरेको छ । कांग्रेस कार्यकर्ताहरुले उनी पैसा बाँड्न आएको भन्दै नाराबाजी गरेका थिए । बुटवलका एमालेका नेताहरुले भने पैसा बाँड्न नभई आफन्त भेट्न गएको दावी गरेका छन् ।...
गाैर सिमा नाका बन्द

गाैर सिमा नाका बन्द

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ वैशाख, रौतहट । आसन्न वैशाख ३० को निर्वाचनको लागि मंगलवार राति १२ बजे देखि छिमेकी राष्ट्र भारत सँग जाेड्ने राैतहटका सम्पुर्ण नाका बन्द भएका छन् । शुक्रवार हुने स्थानिय निर्वाचनलाई शन्ति पूर्ण वातावरण बनाउनका लागि मंगलबार देखि छिमेकी मुलुक भारतसँग जोडिएको सीमा बन्द भएकाे छ । सीमा नाका निर्वाचनको ७२ घण्टा अगावै बन्द गर्ने निर्णय कार्यान्वयन भएकाे छ । आजबाट गौर भन्सारको मुख्य सिमा नाका, महादेवपट्टी, बेलविछवा नाका, बंकुल नाका लगायत सम्पुर्ण नाकाहरु सिल भएका छन् । भारतीय नम्बर प्लेटका सवारी साधनलाई समेत कार्वाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी)सुनिल मल्लले बताउनु भयाे । "हामी सबै सुरक्षाकर्मी निर्वाचनलाई शान्तिपुर्ण तरीकाले सम्पन्न गर्नलाई प्रयासमा जुटेका छाै " उनले सच तक नेपाल लाई बताउनु भयाे । त्यस्तै वैशाख ३० गते (शुक्रवार)...
कलंकीमा टिपरकाे ठक्करबाट एक जनाकाे मृत्यु

कलंकीमा टिपरकाे ठक्करबाट एक जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ वैशाख, राैतहट । आज बिहान काठमाडौंको कलंकी चोकमा टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान करिब ३ बजे थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।...
स्थानिय तह निर्वाचनको मौन अवधि सुरु

स्थानिय तह निर्वाचनको मौन अवधि सुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २७ वैशाख, रौतहट । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ। मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ। आचारसंहितामा मौनअवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रात सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने विषयबारे उल्लेख छ । यसैगरी मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, ...
रुख चिन्हमा मतदान गर्न देउवाको अपिल

रुख चिन्हमा मतदान गर्न देउवाको अपिल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २७ वैशाख, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहनुभएको देउवाले मंगलबार अपिल जारी गरी स्थानीय तह निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गर्नुभएको हो । देउवाले मंगलबार अपिल जारी गरी ‘अरू कुरा गर्छन्, हामी काम गर्छौँ’, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ कांग्रेसको मूल मन्त्र भएको भन्दै रुखमा मतदान गर्न मतदातालाई अपिल गर्नुभएको हो । कांग्रेसको नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको उहाँले उल्लेख गर्नुभएको छ । संविधानलाई कुल्चेर पटक–पटक संसद् विघटन गरी अधिनायकवादी शैली प्रदर्शन गरेपश्चात् पाँचदलीय गठबन्धन बनेको उहाँको भनाइ छ ।...