भाेली देखि भारत सँगकाे सिमा नाका बन्द हुने
सच तक नेपाल डेस्क,
२५ वैशाख, रौतहट । आस्रन स्थानीय तहको निर्वाचनका लागि यही वैशाख २७ गते भाेली (मंगलबार) देखि भारतसंग जोडिएको सीमानाका बन्द हुने भएको जिल्ला निर्वाचन कार्यालय राैतहटले जनाएकाे छ ।
वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई शान्ति पूर्ण वातावरण बनाउनका लागि मंगलबारदेखि छिमेकी मुलुक भारतसंग जोडिएको सीमा बन्द गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।
भारतसंग जोडिएको नाका चुनाव भन्दा ७२ घण्टामा अगावै सिल गर्ने निर्णय गरेर निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्रचार गर्दै निर्णय कार्यान्वयनका लागि निर्देशन समेत दिएको निर्वाचन कार्यालयका जिल्ला अधिकारी छाेटेलाल दासले जानकारी दिए । वैशाख ३० गते (शुक्रबार) हुने स्थानिय निर्वाचनको दिन अत्यावाश्यक सवारीसाधन बाहेक अन्य सवारी साधन समेत नचल्ने भएकाे छ ।
गत बि.स. २०६४ सालमा रौतहटमा अति संवेदनशिल रहेको १२१ मतदानस्थलहरुलाई परिमार्जन गरेपन...









