Friday, October 30
Shadow

banner-news-1

For top banner

दुर्गाभगवती ३ मा पुन: डी के झा विजयी

दुर्गाभगवती ३ मा पुन: डी के झा विजयी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ३ जेठ, रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका ३ मा वडा अध्यक्षको पदमा पुन डी. के झा विजयी भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा १६६ मतले पूनस् धर्मेन्द्र कुमार झा विजय भएका छन् । स्थानीय चुनाव लड्नको लागि नेकपा माआवादी केन्द्रबाट झा मनोनयन दर्ता गराएका थिए ।...
काठमाडौंमा बालेन शाहले कटाए १० हजार , सबैलाई पछाडी छोडे

काठमाडौंमा बालेन शाहले कटाए १० हजार , सबैलाई पछाडी छोडे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ३ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन् । उनले अहिलेसम्म १०२४१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई झण्डै ५ हजार मतान्तरले पछि पारेको छन् । स्थापितले ५४५३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् ।...
देशकै कान्छाे गाउँपालिका अध्यक्ष बने राजा यादव

देशकै कान्छाे गाउँपालिका अध्यक्ष बने राजा यादव

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव २ जेठ, राैतहट । देशकै कान्छाे गाउँपालिका अध्यक्षका रुपमा राजा यादव निर्वाचित भएका हुन् । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए। स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १७०७ मत प्राप्त गरेका छन्। वैशाख ३० गते भएकाे स्थानिय तहकाे निर्वाचनमा सर्लाही जिल्लाकाे रामनगर गाउँपालिकाका अध्यक्षमा राजा यादव जित हासिल गरेका छन् । उनकाे जितले देशमा नयाँ रेकर्ड कायम भएकाे छ । २२ वर्षकाे उमेरमै प्रथम गाउँपालिका अध्यक्ष बन्न सफल भएका हुन् । त्यसैगरी उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन्। ...
टिक टक स्टार मधुको निधन

टिक टक स्टार मधुको निधन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल न्यूज डेस्क, २ जेठ, रौतहट । समाजिक सञ्जाल टिकटकमा निकै प्रसिद्ध मधु जैसवालको निधन भएको छ । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । महोत्तरी जिल्लाको रामगोपालपुर घर भएकी मधुको युवा अवस्थामै निधन भएको हो । उनको समर्थकहरुले समाजिक सञ्जाल फेसबुक, टिकटक आदि मार्फत श्रद्धाञ्जली दिइरहेका छन् । उनले किन आत्मा हत्या रहेका हुन ? कारण के थियो ? भन्ने अहिले प्रष्ट भएको छैन् । तर उनले कसैसँग माया प्रेम गरेकी थिइएन् र सो केटाले अश्रलील भिडियो बनाइ ब्लायकमेल गरेका कुरा समाजिक संजाल बाट पुष्टि हुन्छ । केहि दिन अगाडीनै उनले एक भिडियो पोष्ट गरेकी थिइन् । जसमा उनी एकदम निरास भएको देखिन्छ । उनको ताजा अपलोड भिडियोमा एक जना युवकलाई समेत ट्याग गरेकी हुन् । घटना बारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । मधु आफ्ना पठनपाठनको लागि काठमाण्डौं बस्ने गरेकी थिइन् । टिकटकमा भिडियो उपलोड गर्दै ज...
गौरमा नेकपा एसको लगातार तेस्रो जित

गौरमा नेकपा एसको लगातार तेस्रो जित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, २ जेठ, रौतहट । नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृह नगर गौरमा उनको पार्टीले लगातार तेस्रो जित हासिल गरेको छ । स्थानिय तहको निर्वाचनमा रौतहटको गौर नगरपालिका वडा नं.३ मा पनि नेकपा एसका उम्मेदवार विजयी भएका हुन् । यो जित सँगै गौर नगरपालिकामा पार्टीको तेस्रो जित हो । रौतहटमा नेकपा एसका उम्मेदवारहरु एक पछि अर्को विजयी हुदैँछन् । गौर नगरपालिका वडा नं.३ मा नेकपा एसका तर्फबाट मोहमद आसारुल अंसारी विजयी भएका हुन् । गौरमा पार्टीको प्रथम जित सँगै तेस्रो जित पनि हासिल गर्न सफल भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले तेस्रो जित हात पारेको छ । यसअघि रौतहटको गौर नगरपालिका वडा नं.२ मा नेकपा एसका तर्फबाट विनोद जैसवालले जित हासिल गरेका थिए । उनले कुल ५५६ मत ल्याउन सफल भएका थिए । त्यस्तै गौर वार्ड नं. १ मा नेकपा एसका ...
गौर २ मा नेकपा एसको दोस्रो जित

गौर २ मा नेकपा एसको दोस्रो जित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, १ जेठ, रौतहट । रौतहट जिल्लामा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवारहरु एक पछि अर्को विजयी हुदैँछन् । गौरमा विजयी सुरुवात सँगै अर्को जित पनि हासिल गर्न सफल भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले तेस्रो जित हात पारेको छ । रौतहटको गौर नगरपालिका वडा नं.२ मा नेकपा एसका तर्फबाट विनोद जैसवालले जित हासिल गरेका छन् । निर्वातमान अध्यक्ष राकेश झालाई चुनौती दिदैँ उनले जित हासिल गरेका छन् । उनी सँगै उनको प्यानेल समेत विजयी भएका हुन् । उनले कुल ५५६ मत प्राप्त गरेका छन । त्यस्तै गौर वार्ड नं. १ मा नेकपा एसका तर्फबाट उम्मेदवार रहेका लालबाबु चौधरीले जित हासिल गरेका थिए । निर्वतमान अध्यक्ष भरत साहलाई पराजित गर्दै लालबाबु विजयी भएका हुन । उनले कुल ८१५ मत ल्याउदा उनका प्रतिद्वन्द्वी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन् । अध्यक्ष न...
रौतहटमा नेकपा एसको एक पछि अर्को उम्मेदवार विजयी हुदैँ

रौतहटमा नेकपा एसको एक पछि अर्को उम्मेदवार विजयी हुदैँ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, १ जेठ, रौतहट । रौतहट जिल्लामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार एक पछि अर्को विजयी हुदैँछ । गौरमा विजयी सुरुवात सँगै अर्को जित पनि हासिल गर्न सफल भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले दोस्रो जित हात पारेको छ । रौतहटको राजदेवी नगरपालिका वडा नं.१ मा नेकपा एसका तर्फबाट रहेका नरेश यादव जित हासिल गरेका छन् । निर्वातमान अध्यक्ष पुनः वडा अध्यक्ष पदमा जित हासिल गरेका हुन् । उनी सँगै उनको प्यानेल समेत विजयी भएका हुन् । त्यस्तै गौर वार्ड नं. १ मा नेकपा एसका तर्फबाट उम्मेदवार रहेका लालबाबु चौधरीले जित हासिल गरेका छन । निर्वतमान अध्यक्ष भरत साहलाई पराजित गर्दै लालबाबु विजयी भएका हुन । उनले कुल ८१५ मत ल्याउदा उनका प्रतिद्धन्दी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन । अध्यक्ष नेपालको गृह नगरमा मेयरमा एसका शभ्मु साहको अग्रता कायम अझै नै रहेको छ...
दुई दिनपछि पनि सुरु भएन बृन्दावन र माधवनारायणको मतगणना

दुई दिनपछि पनि सुरु भएन बृन्दावन र माधवनारायणको मतगणना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल न्यूज डेस्क, १ जेठ, रौतहट । स्थानिय तह निर्वाचनमा मतदान सम्पन्न भएकोको दुई दिन बित्तिसक्दाँ पनि रौतहटको बृन्दावन र माधवनारायण नगरपालिकामा मतगणना अझै हुन सकेको छैन । बृन्दावन नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएपनि मतगणनाको विषयलाई लिएर दलहरुबीच विवाद बढेको हो । आफू अनकूलका मानिस राख्ने विषयमा दलहरुबीच विवाद बढेपछि मतगणना ढिला भएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । शुक्रबार राति सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भनिए पनि आफ्ना अनकुलका मानिसहरु राख्ने विषयमा विवाद बढेपछि ढिला भएको प्रजिअ शाहीले भएको बताए । उनले चाडै सहमति गरेर मतदान सुरु गर्न अनुरोध गरेको जानकारी दिए । सुरुमा सहायक मतदान अधिकृत नागेन्द्र यादवलाई मतगणनामा राख्न नहुने एमाले र एकीकृत समाजवादी दलले अडान राखेपछि मतगणना प्रभावित भएको थियो । त्यसपछि यादव आफैं नबस्ने ...
इन्धन खपत कम गर्न आज देखि सातामा दुई दिन बिदा

इन्धन खपत कम गर्न आज देखि सातामा दुई दिन बिदा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल न्यूज डेस्क, १ जेठ, रौतहट । सरकारले आजदेखि सातामा दुई दिन बिदा लागू गरेको छ । केहि दिन पहिलालाई जानकारी गराइएको नियम आजबाट कार्यवयनमा आएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो । निर्वाचन लगत्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य स्थानीय तहको चुनावलगत्तै सरकारले पेट्रोलियम पदार्थको म...
राैतहटमा नेकपा एसकाे विजयी सुरुवात,गाैरबाट खाता खुल्याे

राैतहटमा नेकपा एसकाे विजयी सुरुवात,गाैरबाट खाता खुल्याे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, रौतहट । नेकपा एकीकृत समाजवादीकाे राैतहटमा विजयी सुरुवात भएकाे छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले पहिलो खाता खोलेको छ । गाैर वार्ड नं. १ मा नेकपा एसका तर्फबाट उम्मेदवार रहेका लालबाबु चौधरीले जित हासिल गरेका छन । निर्वतमान अध्यक्ष भरत साहलाई पराजित गर्दै लालबाबु विजयी भएका हुन । उनले कुल ८१५ मत ल्याउदा उनका प्रतिद्धन्दी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन । अध्यक्ष नेपालको गृह नगरमा मेयरमा एसका शभ्मु साहको अग्रता कायम अझै नै रहेको छ । मत गणना प्रक्रिया जारी नै रहेकाे छ ।...