Thursday, August 6
Shadow

गौरमा नेकपा एसको लगातार तेस्रो जित

प्रेम यादव,
२ जेठ, रौतहट । नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृह नगर गौरमा उनको पार्टीले लगातार तेस्रो जित हासिल गरेको छ ।

स्थानिय तहको निर्वाचनमा रौतहटको गौर नगरपालिका वडा नं.३ मा पनि नेकपा एसका उम्मेदवार विजयी भएका हुन् । यो जित सँगै गौर नगरपालिकामा पार्टीको तेस्रो जित हो । रौतहटमा नेकपा एसका उम्मेदवारहरु एक पछि अर्को विजयी हुदैँछन् ।

गौर नगरपालिका वडा नं.३ मा नेकपा एसका तर्फबाट मोहमद आसारुल अंसारी विजयी भएका हुन् । गौरमा पार्टीको प्रथम जित सँगै तेस्रो जित पनि हासिल गर्न सफल भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले तेस्रो जित हात पारेको छ ।
यसअघि रौतहटको गौर नगरपालिका वडा नं.२ मा नेकपा एसका तर्फबाट विनोद जैसवालले जित हासिल गरेका थिए । उनले कुल ५५६ मत ल्याउन सफल भएका थिए ।

त्यस्तै गौर वार्ड नं. १ मा नेकपा एसका तर्फबाट उम्मेदवार रहेका लालबाबु चौधरीले जित हासिल गरेका थिए । निर्वतमान अध्यक्ष भरत साहलाई पराजित गर्दै लालबाबु विजयी भएका हुन ।

अध्यक्ष नेपालको गृह नगरमा मेयरमा एसका शभ्मु साहको अग्रता अझै कायम नै रहेको छ । गौर नगरपालिकाको वडा १, २, ३ को मत गणना प्रक्रिया सम्पन्न भएपनि ४,५,६,७,८ र ९ भने मत गणना जारी नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *