
सच तक नेपाल डेस्क,
३ जेठ, रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका ३ मा वडा अध्यक्षको पदमा पुन डी. के झा विजयी भएका छन् ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा १६६ मतले पूनस् धर्मेन्द्र कुमार झा विजय भएका छन् ।
स्थानीय चुनाव लड्नको लागि नेकपा माआवादी केन्द्रबाट झा मनोनयन दर्ता गराएका थिए ।
