Friday, October 30
Shadow

banner-news-1

For top banner

गणतन्त्र दिवसमा ८१८ जना कैदीको कैद छुट , १६ जनाको कैद माफ

गणतन्त्र दिवसमा ८१८ जना कैदीको कैद छुट , १६ जनाको कैद माफ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । १५ औँ गणतन्त्र दिवसको अवसरमा ८१८ जना कैदीको कैद छुट भएको छ । त्यस्तै १६ जनाको कैद सजाय माफ भएको छ । २०७९ सालको गणतन्त्र दिवसको अवसरमा सम्माननीय राष्ट्रिपति विद्या देवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम निजहरुको बाँकी कैद छुट गरिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ८१८ जना कैदिको कैद छुट र १६ जनाको कैद सजाय माफ भएको जनाएको छ । गृह मन्त्रालयले १५ औँ गणतन्त्र दिवसको अवसरमा सबै नेपाली दाजुभाई दिदीबहिनीमा शुभकामना समेत व्यक्त गरेको छ ।...
छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमानद्धारा श्रीमतिको हत्या

छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमानद्धारा श्रीमतिको हत्या

banner-news-1, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १५ जेठ, एजेन्सी । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई एक लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् । यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन्। बबली जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो । हत्याको छानबि...
खराब मौसम कारण जहाज खोज्न उडेको हेलिकप्टर फिर्ता

खराब मौसम कारण जहाज खोज्न उडेको हेलिकप्टर फिर्ता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ । पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर ९एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ । विमानको खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । मौसममा सुधार हुनासाथ हवाइ मार्गबा...
सम्पर्क विहिन तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन

सम्पर्क विहिन तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । सम्पर्कविहीन भएको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन गरिएको छ । मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीका अनुसार सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको छ । यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार...
आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, राैतहट । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा ...
अवैध रकम सहित एक भारतीय पक्राउ

अवैध रकम सहित एक भारतीय पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १४ जेठ, रौतहट । पर्साबाट एक भारतीय नागरिकलाई प्रहरीले अवैध रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी ४ का ४१ वर्षीय संजय राम रहेको प्रहरीे जनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा प्रहरी चौकी इनरुवाबाट खटिएको टोलीले सवारी चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई शंकास्पद अवस्थामा रोकी खानतलासी गर्दा स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जनाएको छ । संजय रामको साथबाट स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । शुक्रबार साँझ पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।...
अगामी चुनावबाट प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

अगामी चुनावबाट प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १४ जेठ, रौतहट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमा अझै अंहकार र दम्भ रहेको बताएका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट आफैं हट्नु परेको र सातवटै प्रदेश सरकारबाट बाहिरिसक्दा पनि ओलीमा दम्भ र अहंकार नगएको बताएका हुन् । स्थानीय तहको निर्वाचनपछि ओली आत्मसमीक्षा गरेर अगाडि बढ्ने आफूले अपेक्षा गरेको तर उनमा अझै पुरानै अंहकार र दम्भ कायम रहेको संसदको संबोधनबाट देखिएको बताए । गठबन्धनले धम्क्र्याएकाले चितवनका जनताले भोट दिएको ओलीले बताएको भन्दै प्रचण्डले भने, “मतदाताप्रति यो भन्दा ठूलो अपमान के हुन्छ रु धम्क्याएको भरमा जनताले भोट दिन्छन् रु यो उहाँको अभिव्यक्ती भरतपुरका जनताको अपमान हो ।” प्रचण्डले ओली दुबैपटक माओवादीको सहयोगमा प्रधानमन्त्री भएको दाबी गर्दै भने, “अब प्रधा...
वडा अध्यक्ष यादवले गरे पदभार ग्रहण

वडा अध्यक्ष यादवले गरे पदभार ग्रहण

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १३ जेठ, राैतहट । देवाही गाेनाही नगरपालिका ७ का नवनिर्वाचित वडा अध्यक्ष उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । वैशाख ३० गते भएकाे स्थानीय तहको निर्वाचनमा देवाही गाेनाही नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सम्पुर्ण प्यानेल नै बिजयी भएकाे हाे । उनले कुल ५९८ मत प्राप्त गरेका थिए भने उनकाे प्रतिद्धन्दी जगरनाथ राय यादवले ५५२ मत प्राप्त गरेका थिए । ४६ मतले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र राय यादव विजयी भएका हुन् । देवाही गाेनाही नगरपालिकाकाे वडा नं.७ मा नेपाली कांग्रेसकाे प्यानेल नै बिजयी भएकाे छ । देवाही गाेनाही वार्ड नं.७ लाई नमुनाका रुपमा परिवर्तन गर्ने नवनिर्वाचित अध्यक्ष यादवले प्रतिबद्धता जनाएका छन् । विजय पश्चात आज वडा अध्यक्ष तथा सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् । वडा...
बलरा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ

बलरा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, सर्लाही । सर्लाही जिल्लाको दक्षणी भु–भागमा अवस्थित बलरा नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । देशमा भएको स्थानिय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुले आज शपथ लिएका छन् । नवनिर्वाचित नगरप्रमुख रामाशंकर कुशवाहाले उपप्रमुख कोशिला देवी दास लगायत वडा अध्यक्षहरुलाई  शपथ खुवाएका छन् । बलरा नगरपालिकाको सभा हलमा आयोजित शपथ समारोहमा नगरप्रमुख, उपप्रमुख, १० नम्बर वडाका अध्यक्ष दिनेश कुशवाहा , ३ नम्बर वडाका अध्यक्ष आनन्द मिश्र लगायत अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखमा उम्मदेवारी दिएका रामाशंकर कुशवाहा र माओवादीकै उपप्रमुख समेत विजयी भएका हुन् ।...
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित हुनुभएको छ। सोमबार साँझ सकिएको मत गणना अनुसार साहले १३ हजार ४६५ मत ल्याएर मेयरमा विजयी हुनुभएको हो। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले पाँच हजार ३६० मत प्राप्त गर्नुभयो । मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाउनुभएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहनुभयो। उहाँले पाँच हजार १९४ मत प्राप्त गर्नुभयो । उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत प्राप्त गर्नुभयो भने दोस्रो स्थानमा रहुनभएकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत प्राप्त गर्नुभयो ।...