Friday, October 30
Shadow

banner-news-1

For top banner

गढीमाईकाे मेयरमा कांग्रेस विजयी

गढीमाईकाे मेयरमा कांग्रेस विजयी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, राैतहट । नेपाली कांग्रेसले रौतहटको गढीमाई नगरपालिकाको मेयर जितेको छ । कांग्रेसका उम्मेदवार श्यामप्रसाद यादव मेयर निर्वाचित भएका हुन् । उनले ८६३१ मत ल्याएका छन् । यहाँ मेयरमा जसपाका उम्मेदवार शेख अबुलकलाम आजाद पराजित भए । उनले जम्मा ८०७३ मत ल्याएका थिए । उपमेयरमा जसपाका उम्मेदवार समिताकुमारी यादव विजयी भइन् । उनले ६६७१ मत ल्याएकी थिइन् । उपमेयरमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र सिंह पराजित भए । यहाँ कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।...
रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव १० जेठ, रौतहट । स्थानिय तहको निर्वाचनमा रौतहटका १८ पालिका मध्ये १५ पालिकाको मत सार्वजनिक भएको छ । त्यस्तै बाँकी ३ पालिकाको अझै मत गणना जारी नै रहेको छ । वैशाख ३० गते भएको स्थानिय निर्वाचनमा ६ पालिकाको ११ स्थानमा २४ वटा मतदान केन्द्र रद्द भएको थियो । जसपछि पुनः ४ गते बाँकी पालिकाको मतदान भएको थियो । मत सार्वजनिक भएको मध्ये नेपाली काँग्रेसको अग्रता देखिएको छ । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका ५ नगरप्रमुख पदमा विजयी भएका छन् । राजपुर नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका, कटहरिया नगरपालिका र माधवनारायण नगरपालिकाको नगरप्रमुखका रुपमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । त्यस्तै १५ वटा पालिका मध्ये नेकपा एकीकृत समाजवादीका नगरप्रमुख पदमा उम्मेदवारी दिएका ४ जना विजयी भएका छन् । गौर नगरपालिका, राजदेवी नगरपालिका, बौधीमाई नगरपालिका र वृन्दावन नगरपालिकामा समाजवा...
भरतपुरको मेयरमा रेणु दाहाल विजयी

भरतपुरको मेयरमा रेणु दाहाल विजयी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १० जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । पछिल्लो मतपरिणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गर्नुभएको हो । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत पाउनुभएको छ । अन्तिम परिणाम आउन बाँकी रहँदै उहाँ निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले सबै मतगणना भइसकेपछि मात्र नतिजा घोषणा गर्नेछ । उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गर्नुभएको छ । अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाउनुभएको छ ।...
देवाही गाेनाहीमा ट्याक्टरकाे ठक्करबाट १ भारतीयकाे मृत्यु

देवाही गाेनाहीमा ट्याक्टरकाे ठक्करबाट १ भारतीयकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ९ जेठ, रौतहट । ट्याक्टरको ठक्करबाट रौतहटमा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको बिहार घोडासहन घर भएका जितेन्द्र साह कलवारको सवारी दुर्घटनामा परेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बिआर ०५ बि ९०३६ नम्बरको मोटरसाइकलमा सवार जितेन्द्रलाई सोही विपरीत दिसाबाट आइरहेको ना ३ त ७०७२ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । रौतहटको देवाही गोनाही नगरपालिका धरहरी गोनाही सडकखण्ड अन्तर्गत भएको दुर्घटनामा परेर गम्भीर घाइते भएको उनलाई उपचारका लागि गरुडास्थित ग्राण्डी अस्पतालमा ल्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा जितेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको हो । मृतकको शव पोष्टमार्टको लागि गौर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटना पश्चात् फरार भएको ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
रामनगर गाउँपालिका अध्यक्ष राजाबाबुले पदभार ग्रहण गरे

रामनगर गाउँपालिका अध्यक्ष राजाबाबुले पदभार ग्रहण गरे

banner-news-1, मुख्य समाचार
रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित २२ बर्षिय युवा राजा बाबू यादवले पदभार ग्रहण गरेका छन् । सोमबार सर्लाही जिल्ला समन्वय समितीको सभाकक्षमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुब कुमार पियाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले गाउँपालिका पुगेर पदभार सम्हालेका हुन्। नेकपा माओवादी केन्द्रबाट रामनगर गाउँपालिकाको अध्यक्षमा लडेका यादव ४०८१ मत ल्याई निर्वाचित भएका थिए । पदभार ग्रहणअघि अध्यक्ष यादवलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण यादव सहित कर्मचारीहरूले भब्य स्वागत गरेका छन् ।  ...
कटहरिया ९ को वडा अध्यक्षमा रुपेश यादव निर्वाचित

कटहरिया ९ को वडा अध्यक्षमा रुपेश यादव निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, ९ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिका ९ को वडा अध्यक्ष पदमा रुपेश यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका यादवले कुल ५६५ मत प्राप्त गरेका हुन् । त्यस्तै उनको निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फका उम्मेदवार रामाज्ञा प्रसाद यादवले ३१२ मत प्राप्त गरेका थिए । आफ्नो निकटम प्रतिस्पर्धीलाई २५३ मतले पराजित गर्दै रुपेश यादव विजयी बनेका हुन् । त्यसै गरी नेपाली कांग्रेसबाट कटहरिया नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका अजय प्रकाश निर्वाचित भएका छन् । उनले निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार तथा निर्वतमान मेयर सियाराम प्रसाद कुशवाहालाई २ हजार ५९५ मतले पराजित गरेका हुन् । नवनिर्वाचित अजयले कुल ७ हजार १७२ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्धन्दी कुशवाहाले ४ हजार ५७७ मत प्राप्त गरेका थिए । रौतहटको १८ पालिका मध्ये १२ पालिको मतगणना...
देवाही गाेनाही ७ काे वार्ड अध्यक्षमा उपेन्द्र यादव निर्वाचित

देवाही गाेनाही ७ काे वार्ड अध्यक्षमा उपेन्द्र यादव निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ८ जेठ, राैतहट । रौतहटको देवाही गाेनाही नगरपालिका ७ काे वडा अध्यक्ष पदमा उपेन्द्र यादव निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनमा देवाही गाेनाही नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सम्पुर्ण प्यानेल नै बिजयी भएकाे छ । उनले कुल ५९८ मत प्राप्त गरेका थिए भने उनकाे प्रतिद्धन्दी जगरनाथ राय यादवले ५५२ मत प्राप्त गरेका हुन् । ४६ मतले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र राय यादव विजयी भएका हुन् । देवाही गाेनाही नगरपालिकाकाे वडा नं.७ मा नेपाली कांग्रेसकाे प्यानेल नै बिजयी भएकाे छ ।...
गढीमाईमा कांग्रेस र एसका कार्यकर्ताबीच झडप, र्दजनौं घाइते

गढीमाईमा कांग्रेस र एसका कार्यकर्ताबीच झडप, र्दजनौं घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ८ जेठ, रौतहट । रौतहटको गढीमाई नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकृकीत समाजवादीका कार्यकर्ताबीच झडप हुँदा दर्जनौँ व्यक्तिहरु घाइते भएका छन् । नेकपा एकृकीत समाजवादीबाट गढीमाई नगरपालिका वडा नम्बर १ हरइयाका रामपुकार यादव गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा विजयी भए पछि नवनिर्वाचित वडा अध्यक्ष यादवले आफ्नो वडामा शान्तिपूर्ण तरिकाले विजय जुलुस निकालेको बेला नेपाली कांग्रेसका निर्वतमान वडा अध्यक्ष रामविनय यादवका कार्याकर्ताहरुले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ। शनिबार नवनिर्वाचित वडाअध्यक्ष रामपुकार यादवले गाउँमा बिजय जुलुस लगिरहेको क्रममा पूर्व वडाअध्यक्ष रामविनय यादवका समर्थक र रामपुकार यादवको समर्थक विच झडप भएको प्रहरीले जनाको छ । निवर्तमान वडा अध्यक्षको घरबाटो भएर जुलुस निकालिएको आक्रोशमा आफ्नो घरको छतबाट ढुङ्गा,मुडा गर्न थालेको आरोप लगाउदै नवनिर्वाच...
झिनो हवाहुरिमा पनि बति अवरुद्ध हुँदा सर्लाहिका सर्वसाधारलाई सास्ती

झिनो हवाहुरिमा पनि बति अवरुद्ध हुँदा सर्लाहिका सर्वसाधारलाई सास्ती

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल , जितेश यादव सर्लाही । नेपाल बिधुत प्राधिकरण सर्लाहिको लापरबाहीका कारण सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ । झिनो हवाहुरीमा पनि बिधुत अवरुद्ध हुँदा सर्लाहीको दक्षिणी र पक्षिमी भु-भागमा अवस्थित बलरा नगरपालिका र रामनगर गाउँपालिकाका सर्वसाधारण कष्टकर बनेका छन । बिधुत अवरुद्धका कारण यहाँ सर्वसाधारण लगायत कुटानीपिसानी मिल, व्यापारिक प्रतिष्ठान, अस्पताललगायतको सेवा प्रभावित भएको छ । विद्युत् अवरुद्ध हुँदा गर्मी छल्नसमेत समस्या भएको रामनगरबासिका गुनासो रहेको छ । “विद्युत् अभावमा व्यापार घाटा व्योहोर्न बाध्य भयौं”, रामनगर–४ का नितेश पटेलले भने, “विद्युत् अवरुद्धले लाखौँको नोक्सान व्योहोर्नु पर्‍यो ।” यहाँका मिठाइ पसल, कोल्डमेसिन फ्रिजलगायत उपकरण तथा पसल सञ्चालनमा समस्या व्यर्होर्नु परेको उनको भनाइ छ । स्थानीयहरुका अनुसार बिगत कयौ बर्षदेखि झिनो हवाहुरीमा पनि लाईन गएपछी ...
७०५ पालिकाको मतगणना सम्पन्न

७०५ पालिकाको मतगणना सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ८ जेठ, रौतहट । निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् । आयोगका अनुसार कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितिसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ । यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये १६ वटाको प्रमुख...