Sunday, July 26
Shadow

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

सच तक नेपाल डेस्क,
११ जेठ, धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित हुनुभएको छ। सोमबार साँझ सकिएको मत गणना अनुसार साहले १३ हजार ४६५ मत ल्याएर मेयरमा विजयी हुनुभएको हो।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत प्राप्त गर्नुभयो ।

तेस्रो स्थानमा रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले पाँच हजार ३६० मत प्राप्त गर्नुभयो ।

मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाउनुभएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहनुभयो। उहाँले पाँच हजार १९४ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत प्राप्त गर्नुभयो भने दोस्रो स्थानमा रहुनभएकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत प्राप्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *