Friday, October 30
Shadow

banner-news-1

For top banner

पहिराे कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिराे कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,७ श्रावन, चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिएका छन् । बर्षायाम शुरु भएसँगै नारायणगढ-मुग्लिन सडक पटक-पटक अवरुद्ध हुँदै आएको छ । पहिरो नियन्त्रणका काम भए पनि यस राजमार्गको यात्रा कष्टपूर्ण नै रहँदै आएको छ ।...
एसईईकाे नतिजा प्रकाशनमा किन ढिलाई ?

एसईईकाे नतिजा प्रकाशनमा किन ढिलाई ?

banner-news-1, ताजा-अपडेट, शिक्षा
सचतक नेपाल,माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न ढिलाइ भएको छ। राष्ट्रिय परीक्षा बोर्डले असार अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने बताए पनि साउन पहिलो हप्तासम्म नतिजा दिन नसकेको हो। २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी भएका छन्। उनीहरु रिजल्टको प्रतीक्षामा छन्। साउन १० गतेभित्र नतिजा प्रकाशन गर्ने माध्यमिक शिक्षा परीक्षाका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए। बोर्डले ३० वैशाखको स्थानीय तह निर्वाचनमा शिक्षक र कर्मचारी व्यस्त हुँदा उत्तर पुस्तिका परीक्षणमा १० दिन ढिला भएको बताएको छ। प्रदेशबाट विद्यार्थीको प्राप्ताङ्क अपडेट गर्नको लागि सफ्टवेयर जडान हुन नसकेकोले केन्द्रबाटै अपडेट गर्नुपर्ने भएकोले नतिजा सार्वजनिक गर्न ढिला भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। अध्यक्ष महाश्रम शर्माले एकीकृत ...
सर्लाहीमा गाडीएकाे अवस्थामा एक महिलाको शव फेला

सर्लाहीमा गाडीएकाे अवस्थामा एक महिलाको शव फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,७ श्रावन, सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । निशाका घरका सदस्यहरूमाथि प्रहरीको शङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरूको पहिचान हुन सकेको ज...
भारत‌ भ्रमणबाट स्वदेश फर्किदै प्रचण्ड

भारत‌ भ्रमणबाट स्वदेश फर्किदै प्रचण्ड

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल,१ श्रावन, राैतहट । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भाजपाका अध्यक्ष जेपी नड्डासँग र आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेका थिए । हिजो नै उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । ...
प्रचण्ड आज ३ दिने भारत भ्रमणमा जादै

प्रचण्ड आज ३ दिने भारत भ्रमणमा जादै

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल,३१ असार, राैतहट। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए। अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको स्थायी समिति बैठकमा छलफल भएको थियो। बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो। दाहाल आगामी साउन १ गते स्वदेश फर्कनेछन्।...
पार्टी भित्र गठबन्धन गरेर अघि बढ्नु पर्याे : नेता निधि

पार्टी भित्र गठबन्धन गरेर अघि बढ्नु पर्याे : नेता निधि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल,३०‌‌ असार,‌राैतहट‌ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि सर्न सुझाव दिएका छन् । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्ताे भनेका छन्। सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भएपनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको नेता निधीले बताए ।  आगामी प्रदेश र संघको निर्वाचनमा काँग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा उनले जोड दिए । नेता निधीले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरुलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जान सुझाव दिएको बताए । उनले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रमा धेरै संकटलाई काँग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने क...
दुर्गा भगवतीकाे बागमती नदीमा २ जना बालक डुबेकाे आशंका

दुर्गा भगवतीकाे बागमती नदीमा २ जना बालक डुबेकाे आशंका

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सन्दिप मिश्रा ,३० असार, राैतहट । राैतहट दुर्गा भगवती गाउँपालिका‌ स्थित बागमती नदीमा २ जना बालक डुबेकाे आशंका छ । आज बिहान पाैडी खेल्न गएका ६ जना मध्ये ४ जना नदीबाट बाहिर आइसकेका थिए‌। र आफुहरु मध्ये दुई जना बाहिर नआएपछि स्थानियलाई खबर गरेका थिए । खबर गर्नासाथ स्थानीय प्रहरी देखी सशस्त्र प्रहरी समेत खारेज तलाशमा जुटेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले सचतक नेपाललाई जानकारी दिए । वर्ष १५‌ का हर्ष कुमार झा र वर्ष १३ का आदित्य दास नदीबाट बाहिर नआएकाे र प्रहरी हालसम्म खाेजी गरिरहेकाे उनले बताए । ती दुई बालककाे शरीर अझै फेला परेकाे छैन् । फेला नपरेकाे कारण बालक डुबेकाे नै हाे कि‌ हाेइन भन्ने स्पष्ट हुन सकेकाे छैन । त्यहाँका स्थानीय लगायत प्रशासन समेत खाेज तलाशमा छन् । प्रहरी यस घटनाबारे अनुसन्धान गर्न समेत जुटेका छन् ।...
बक्यौता भुक्तानी नगरेपछि कर्मचारीलाई भित्रै थुनेर तालाबन्दी

बक्यौता भुक्तानी नगरेपछि कर्मचारीलाई भित्रै थुनेर तालाबन्दी

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क२९ असार, जनकपुरधाम । बक्यौता भुक्तानी नपाएपछिउपभोक्ता समितिका पदाधिकारीहरुले पूर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका छन । चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भइसकेका योजनाहरुको बक्यौता भुक्तानीकाे माँग गर्दै आक्रोशित उपभोक्ता समितिका पदाधिकारीहरुले बुधवार कार्यालय तालाबन्दी गरी आन्दोलनमा उत्रेका छन । आन्दोलनको पहिलो चरणमा कर्मचारीहरुलाई भित्रै थुनेर पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेका हुन । भुक्तानी नपाएपछि समितिका पदाधिकारीहरु आक्रोशित भएका हुन् । "हामीहरुले कार्य सम्पन्न गरेर असार २३ गते अगावै सम्पन्न योजनाहरुको फाइल कार्यालयमा जम्मा गरिसकेका थियौ । तर कार्यालयका इन्जिनियर र लेखापालले सर्भर डाउन रहेको कारण देखाउँदै चेक बनाएनन् । "उपभोक्ता समिति मध्येका आशुतोष झाले भने । हामीहरू २५ गते राति १२ बजेसम्म कार्यालयमै बसेका थियौं, तर केन्द्रबाट नै स...
मधेश प्रदेश प्रहरीद्वारा आ.व ०७८/७९ मा ४० कराेड भन्दा बढीकाे अवैध सामाग्री नियन्त्रणमा

मधेश प्रदेश प्रहरीद्वारा आ.व ०७८/७९ मा ४० कराेड भन्दा बढीकाे अवैध सामाग्री नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल ,२९ असार‌, जनकपुरधाम। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले यस आर्थिक वर्ष ०७८/०७९ काे श्रावन देखि ज्येष्ठ सम्ममा ४० कराेड भन्दा बढीकाे सामाग्री नियन्त्रणमा लिएकाे छ। प्रदेश प्रहरीले कार्यालयबाट खटिएका विभिन्न टाेलीले उक्त अवधि सम्म ४० कराेड १४ लाख २६ हजार ८६७ रकम बराबरका सामाग्री बरामद गरेकाे हाे । प्रहरीले ती अवैध छलीमा संलग्न १९५ जनालाई समेत पक्राउ‌ गरेकाे  प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तुल बहादुर कार्कीले जनाएका छन्। प्रहरीले लत्ताकपडा, फेन्सी तथा अन्य समाग्री‌‌ गरीअन्दाजी‌‌ मुल्य १७ कराेड ५३ लाख २४ हजार ५५२ बराबरका सामाग्री नियन्त्रणमा लिएका छन् भने सवारी साधन र पार्टपुर्जा अन्दाजी मूल्य १५ कराेड ९९ लाख ३२ हजार ३४० बराबरका सामाग्री नियन्त्रणमा लिइएको हाे । त्यस्तै १०९ ग्राम ७९४ मिलि ग्राम सुन ( अन्दाजी मूल्य ९ लाख ८१ हजार १४ ) प्रहरीले बरामद गरेका हुन् भने...
ज्याेतिषकाे सल्लाहमा निर्वाचनकाे मिति तय

ज्याेतिषकाे सल्लाहमा निर्वाचनकाे मिति तय

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,२९ असार, राैतहट । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ । ‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नु भएको छ, ज्योतिषलाई हेराएरै मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले  भन्यो । यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले भने गत २२ असारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’मा गर्नेगरी सरकारसमक्ष आगाम...