Monday, July 27
Shadow

एसईईकाे नतिजा प्रकाशनमा किन ढिलाई ?

सचतक नेपाल,
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न ढिलाइ भएको छ। राष्ट्रिय परीक्षा बोर्डले असार अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने बताए पनि साउन पहिलो हप्तासम्म नतिजा दिन नसकेको हो।

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी भएका छन्। उनीहरु रिजल्टको प्रतीक्षामा छन्।

साउन १० गतेभित्र नतिजा प्रकाशन गर्ने माध्यमिक शिक्षा परीक्षाका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए। बोर्डले ३० वैशाखको स्थानीय तह निर्वाचनमा शिक्षक र कर्मचारी व्यस्त हुँदा उत्तर पुस्तिका परीक्षणमा १० दिन ढिला भएको बताएको छ।

प्रदेशबाट विद्यार्थीको प्राप्ताङ्क अपडेट गर्नको लागि सफ्टवेयर जडान हुन नसकेकोले केन्द्रबाटै अपडेट गर्नुपर्ने भएकोले नतिजा सार्वजनिक गर्न ढिला भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

अध्यक्ष महाश्रम शर्माले एकीकृत र प्रदेशगत दुवै तरिकाले नतिजा सार्वजनिक हुने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *