Friday, October 30
Shadow

banner-news-1

For top banner

पाकिस्तानमा बस दुर्घटनाग्रस्त ११ जनाकाे मृत्यु

पाकिस्तानमा बस दुर्घटनाग्रस्त ११ जनाकाे मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सचतक नेपाल ,२९ असार । पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।  उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् ।  खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ । उनीहरु यात्रापछि घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । पुराना सडक, चालकको लापरबाही आदि कारणले पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ऐजन्सी...
एसका विद्यार्थीले सुरु गरे त्रिविमा अनसन

एसका विद्यार्थीले सुरु गरे त्रिविमा अनसन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल न्यूज डेस्क,२८ असार, राैतहट । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहित केही विद्यार्थी नेताहरु आमरण अनसनमा उत्रिएका छन्।  त्रिभुवन विश्वविद्यालयमा भएको विकृति, विसंगती र शैक्षिक अपराधीकरण विरुद्ध अनसन थालिएको अध्यक्ष पराजुलीले बताएका छन्।  विभिन्न १३ बुँदे माग गर्दै अनेरास्ववियूले अनसन थालेको हो। १३ बुँदे मागसहित त्रिविका उपकुलपतिलाई ज्ञापन पत्र समेत बुझाइएको छ। एमफिल र पीएचडीलाई नियमित बनाउनपर्ने, रोकिएको स्ववियु निर्वाचन नियमित हुनपर्ने, सबै तहको पाठ्यक्रम समयानुसार परिमार्जन हुनपर्ने, परीक्षा सकिएको बढीमा ३ महिनामा नतिजा प्रकाशन गर्नपर्ने लगायतका विभिन्न मागहरु अनेरास्ववियूले उठाएको छ।...
केन्द्रीय प्रहरी प्रवक्तामा टेक प्रसाद राई नियुक्त

केन्द्रीय प्रहरी प्रवक्तामा टेक प्रसाद राई नियुक्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,२५ असार, राैतहट । नेपाल प्रहरीकाे केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरिक्षक टेक प्रसाद राई नियुक्त भएका छन् । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको थियोे । यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी विष्णुकुमार केसीले सम्हाल्दै आएका थिए। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहनुभएको थियोे । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक राईलाई बधाई दिँदै भविष्यमा ...
रौतहटमा ट्राकटर पल्टिँदा एक जनाकाे मृत्यु

रौतहटमा ट्राकटर पल्टिँदा एक जनाकाे मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२५ असार, राैतहट । आज बिहान राैतहटमा ट्राकटर दुर्घटना हुदाँ घटनास्थलमै एक जनाको मृत्यु भएकाे छ । रौतहटको कटहरिया नगरपालिका वार्ड नं.४ मा रहेको हर्शाहा देखि कटहरिया लाल बकैया पुल जोड्ने तटबन्ध (छर्की) बाटो जाँदै ट्राकटर पल्टिएको हाे । तटबन्ध बाटो जादै गरेको ना ०४ त ४१४२ नम्बरको ट्राकटर पल्टिँदा सवारी चालककाे घटना स्थलमै मृत्यु  भएको छ । मृत्युु भएकाे चालक गरुडा नगरपालिका-६ पोथियाही निवासी रहम तुलाकाे २५ वर्षीय छाेरा शैफुला मिया रहेकाे ईलाका प्रहरी कार्यालयकाले सचतक नेपाललाई जानकारी दिए ।...
नाबालिक अपहरण गर्ने एक जना पक्राउ

नाबालिक अपहरण गर्ने एक जना पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२५ असार, राैतहट । एक नावालिकलाई अपहरण गरी २० लाख मांग गर्ने एक अपहरणकारीलाई रौतहट प्रहरीले पक्राउ गरेकाे छ । विहीवार सांझ खेल्दै गरेको अवस्थामा छोरी बेपता भएको र पिडितको आफन्तलाई फोन गरी तेरो छोरीलाई हामीहरुले अपहरण गरी बन्धक बनाई राखेका छौं, छोरी वचाउनु छ भने रु,२०,००,०००/- ( बिस लाख) रकम राजपुर न.पा. को  ईद्रिश गेटमा लिएर आउनु, सो रकम नल्याएमा र घटना बारे प्रहरी अथवा अन्य कसैलाई भनेमा अपहरित वच्चाको ज्यान मारी फालि दिने धम्की आएको पिडित परिवारले जनाएका थिए । घटना बारे सूचना प्राप्त पश्चात तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली इद्रिश गेटमा पुगी वरपर तथा बहुअर्वा मदर्सा अगाडी सम्म खोज तलास गर्दा पिडित नवालिका राजपुर नगरपालिका वडा नं. १ बहुअर्वा मदर्सा अगाडी सडक छेउमा रहेको गुम्ती पसल नजिक वाँसले बनाएको खाटमा सुताई राखेको भेटीएको र सोही स्थानमा पिडितलाई ब...
पुर्व वार्ड अध्यक्षकाे घरमै भेटियाे चाेरीकाे सर-समान

पुर्व वार्ड अध्यक्षकाे घरमै भेटियाे चाेरीकाे सर-समान

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२४ असार, राैतहट । राैतहटकाे देवाही गाेनाही वडा नं .७ बाट चाेरी भएको कम्प्युटरहरु पुरानाे वार्ड कार्यालयमा फेला परेकाे छ । बिहिवार राति देवाही गाेनाही नगरपालिका -७ प्रेमपुर बिद्यालयबाट २८ वटा कम्प्युटर लगायत अन्य उपकरणहरु चाेरी भएको थियाे । बिहानै विद्यालयमा चाेरी भएको आशंका पछि स्थानिय भेला भए । बिपदकाे समयमा हालका वडा अध्यक्ष उपेन्द्र राय यादवले तुरुन्तै प्रशासनलाई खबर गरे । साथै उच्चस्तरीय छानबिन गर्न समेत प्रहरीलाई जाेड दिए । प्रहरीले छानबिनकाे क्रममा १४ वटा  माेनीटर १ थान १ थान सानाे पंखा पूर्व वडा अध्यक्ष जगरनाथ राय यादवकाे जग्गा भएकाे घरकाे बेरीमा बरामद भएकाे ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीकाे प्रहरी निरिश्क गाेबिन्द शाहले सचतक नेपाललाईले जानकारी दिए । याे घटनाबारे प्रहरीले थप अनुसन्धान गरि रहेकाे प्रहरीले बताए ।...
आजदेखि सरकारी खाताबाट भुक्तानी नहुने

आजदेखि सरकारी खाताबाट भुक्तानी नहुने

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२४ असार, रौतहट । आजदेखि सरकारी खाताबाट भुक्तानी रोकिने भएको छ।  महालेखा नियन्त्रक कार्यालयले सूचना जारी गर्दै आर्थिक वर्ष सकिनु सात दिन अघिदेखि भुक्तानी नहुने जनाएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा नियमावलीको नियम ३० को उपनियम १ र २ मा संघीय सरकारी खर्चबारे उल्लेख गरिएको छ।यस्तै उपनियम ७ र ८ मा स्थानीय तह र प्रदेश सरकारको भुक्तानीबारेमा उल्लेख गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। जसअनुसार प्रदेश र स्थानीय सरकारको खाताबाट पनि शुक्रबारदेखि भुक्तानी बन्द हुनेछ।  यस्तै उपनियम ७ र ८ मा स्थानीय तह र प्रदेश सरकारको भुक्तानीबारेमा उल्लेख गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। जसअनुसार प्रदेश र स्थानीय सरकारको खाताबाट पनि शुक्रबारदेखि भुक्तानी बन्द हुनेछ।  हरेक आर्थिक वर्ष अन्त्यतिर सरकारी खर्च बढाउने र बढी भुक्तानी गर्ने प्रवृत...
नदीमा डुबेर १४ बर्षिय बालककाे मृत्यु

नदीमा डुबेर १४ बर्षिय बालककाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ असार ,बेलाैरी । दाेदा नदीमा डुबेर कञ्चनपुरकाे बेलाैरीमा १४ बर्षिय बालककाे मृत्यु भएकाे छ । बेलाैरी नगरपालिका ५ बन्तरिया निवासी शुनिल कुमार चाैधरीकाे १४ बर्षिय छाेरा निरज चाैधरीकाे बुधवार स्थानिय दाेदा नदीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । साथीहरु सँग खेल्ने क्रममा चिप्लिएर नदीमा खसेकाे मृतकका आफन्तहरुकाे भनाइ रहेकाे छ । मृतक बालककाे शब पाेष्ट मार्टमका लागि श्रीपुर स्वास्थ्य चाैकी बेलाैरीमा राखिएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका बरिष्ठ नायब निरिक्षक रमेश बुढाथाेकीले जानकारी दिए ।...
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको भेटवार्ता

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको भेटवार्ता

banner-news-1, अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ असार रौतहट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्परिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने आशा गरिन् । मन्त्री भुसालले भनिन्, “नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घका...
९० किलो गाँजासहित दुई भारतीय पक्राउ

९० किलो गाँजासहित दुई भारतीय पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ असार, रौतहट । ९० किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। मधेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ९० किलो गाँजासहित दुई भारतीयलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा एक भारतीय नम्बर प्लेटको कारसहित भारत युपी कमलसागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत बिहार बेतिया पश्चिम चम्पारण डाकघर तेलुवाका २८ वर्षीय सुनिल भारतीय छन्। उनीहरुले युपी ७० बिके ९९५५ नम्बरको भारतीय कारमा उक्त गाँजा लोड गरेर भारततर्फ लैजान लागेकाका बेला वीरगञ्जको बगहीबाट पक्राउ गरिएको हो।...