Friday, October 30
Shadow

banner-news-1

For top banner

आज बिहान ६ म्याग्‍निच्यूडको भूकम्प

आज बिहान ६ म्याग्‍निच्यूडको भूकम्प

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १५ श्रावन, रौतहट । आज बिहान खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे । ‘खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ’, उनले भने । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । मोरङ र खोटाङमा ठूलै धक्काको महसुस गरिएपनि अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले बताए । संयन्त्रमार्फत थप विवरण लिने काम भइरहेको उनले बताए ।...
सर्लाहीमा दुर्घटना हुँदा राैतहटका एक‌ युवककाे मृत्यु

सर्लाहीमा दुर्घटना हुँदा राैतहटका एक‌ युवककाे मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सन्दिप मिश्र,१४ श्रावन, सर्लाही । सर्लाहीको बरहथवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको हो । शुक्रबार बिहान दक्षिणतर्फबाट आउँदै गरेको इन्द्र बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चलाकलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गरेका छन। बिहान ८ः४५ बजेतिर भएको सो दुर्घटनाका मृतक साह बरहथवा ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्थे । दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भिमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ ।...
केटीकाे आइडी बनाई मान्छे फसाउने २ जना पक्राउ

केटीकाे आइडी बनाई मान्छे फसाउने २ जना पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१३ श्रावन, राैतहट। हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले बिहिबार पक्राउ‌ गरेकाे छ । पक्राउ पर्नेहरुमा भक्तपुर बालकोट बस्ने सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ बतासे घर भएका २४ वर्षीय शेखर बास्तोला र  २० वर्षीया रोजिना राउत रहेका छन् । काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक संजाल फेसबुक मार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पीडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । सामाजिक संजालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरुसंग कु...
२ लाख लुट्ने २ जना प्रहरी नियन्त्रणमा

२ लाख लुट्ने २ जना प्रहरी नियन्त्रणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१२ श्रावन,जनकपुर — जनकपुरबाट २ लाख रुपैयाँ लुटेर फरार भएका लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।विदेशबाट श्रीमान्‌ले पठाएको पैसा बैंकबाट निकालेर घर फर्किने क्रममा महिलाबाट लुटिएको पैसासहित २ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।मोटरसाइकल र लुटपाटमा संलग्न लक्ष्मिनिया -७ का २० वर्षीया जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो ।सबैला-४ पटेर्वाका देवशरण यादवले साउदी अरबबाट पठाएको दुई लाख रुपैयाँ जनकपुरधाम-१ स्थित एभरेस्ट बैंकबाट लिएर साउन ८ गते घर फर्किंदै गरेकी २८ वर्षीया शर्मिला देवीको हातबाट लुट्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए । लुटिएको पैसासमेत बरामद भएको प्रहरीले जनाएको छ।...
एसईईकाे नतिजा प्रकाशित

एसईईकाे नतिजा प्रकाशित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क,११ श्रावन, राैतहट । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको सेतोपाटीलाई बताए।कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो।यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्।‘पहिलेभन्दा नतिजा फरक छैन, ...
एसईईकाे नतिजा प्रकाशित

एसईईकाे नतिजा प्रकाशित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क,११ श्रावन, राैतहट । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको सेतोपाटीलाई बताए।कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो।यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्।‘पहिलेभन्दा नतिजा फरक छैन, ...
जनकपुरकाे चुराेट कारखाना पुन: सञ्चालन हुने

जनकपुरकाे चुराेट कारखाना पुन: सञ्चालन हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,११ श्रावन, जनकपुरधाम– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् ।जनकपुर चुरोट कारखाना निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडुले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गर्ने जानकारी दिए ।मन्त्री बडुले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने बताए । मन्त्री बडुले निजी क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनका लागि उद्यमीहरूलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताए । उद्योग मन्त्री बडुले देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जीर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसञ्चालनमा ल्याउने तयारी स्व...
राैतहट प्रहरीद्वारा २ जना बालबालिका उद्दार

राैतहट प्रहरीद्वारा २ जना बालबालिका उद्दार

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच‌तक‌ नेपाल डेस्क,१० श्रावन, राैतहट । आज राैतहट प्रहरीले अत्याधिक जोखिममा रहेकी २ जना वालवालिका उद्दार गरी जिम्मा लगाएका छन् । जिल्ला रौतहट गौर नगरपालिका वडा नं.५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रमबाट अत्याधिक जोखिममा रहेकी वालवालिकाहरुलाई बिभिन्न निकाएकाे सहयाेगमा उद्दार गरिएकाे जिल्ला प्रहरी‌ कार्यालय राैतहटका प्रहरी‌ नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिएका छन्। जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय वालअधिकार परिषद, वालवालिका खोजतलास प्रदेश समन्वय केन्द्र, सि.जप., वाल हेल्प लाईन १०९८ कलैया बारा, सम्बन्धित वडा अध्यक्ष र यस जिल्ला प्रहरी कार्यालय, रौतहट, गौर लगायत अन्य जनप्रतिनिधिहरुकाे सहयाेगमा उक्त बालबालिका उद्दार गरिएको उनले बताए । अन्दाजी वर्ष १३ की मनिषा कुमारी र अन्दाजी ७ वर्षकी खुसी कुमारीलाई उद्दार गरी अस्थायी संरक्षण केन्द्रमा सुरक्षित साथ राख्नको ...
देवताल गापाका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र

देवताल गापाका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
उपेन्द्र पासवान १० श्रावण, बारा । बाराको देवताल गाउँ पालिका मा आज करार को कर्मचारीहरुलाइ २४घण्टा भित्र साबिक बमोजिम खटाउन र म्याद नवीकरण गर्न को लागि वाडा न १ देखि वाडा न ७ सम्म का वाडा अध्यक्षहरु ले प्रमुख प्रशासकिय अधिकित वकिल पाल लाई ज्ञापनपत्र बुझाएको छ।देवताल गाउँ पालिका को स्थानीय तह सदस्य निर्वाचन २०७९तथा कार्यपालिका सदस्य निर्वाचन प्रक्रिया समेत समपन भइ कार्यपालिका ले पुर्नता पाई सकेको सर्वबितिदय छ। तसर्थ स्थानीय सरकार सन्चालन ऎन २०७४तथा नेपाल को सबिधान २०७२ को धारा(२१८) ले गरेको कार्यपालिका संचालन सबन्धी सबैधानिक तथा कानुनी ब्यवस्था बिपरित गइ प्रमुख प्रशाकिय अधिकित ले काम गरि रहेको र कुनै वाडा अध्यक्ष हरु को अधिकारिक निर्णय बिना एकलौटी मनोमानी गरेको हुना ले ज्ञापनपत्र बुझाएको हो । वाडा अध्यक्ष हरु ले छ्व वाटा माग राखी ज्ञापनपत्र बुझाएको हो।१.तीन दिन भित्र कार्यपालिका बैठक ब...
मन्दिर परिसर भित्रै व्यापार, व्यवस्थापन र स्थानीय सरकार माैन किन ?

मन्दिर परिसर भित्रै व्यापार, व्यवस्थापन र स्थानीय सरकार माैन किन ?

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल संवाददाता,९ श्रावन, जनकपुरधाम । स्थानीयको भावना अनुसार जनकपुरधाम उपमहानगर पालिकाले जानकी मन्दिर छेउ छाउ सड़क पेटी खाली गराई उक्त खुदरा व्यापारीलाई जानकी मंदिर परिषर मैं व्यवस्थित गरेको छ । मंदिर परिषरमा दर्जनों खुदरा पसलहरु संचालन हुँदा मन्दिर दर्शन गर्न आउ जाउ गर्नहरुलाई निक्कै समश्या हुने गरेको छ । परिषर नै कब्जा गरेर पसल संचालन भएपछि जानकीमन्दिर परिषर सर्वत्र फोहर भएको छ । सड़क पेटी खाली हुनु राम्रो भएपनि मंदिर परिसर नै कब्जा गरेर पसल संचालन गर्नु मूर्खता कार्य भएको स्थानीयको आक्रोश छ । मंदिर परिषरमा व्यापार संचालन भएपछि  स्थानीय प्रशाशन , मंदिर व्यवस्थापन र स्थानीय सरकार सबैमाथि गंभीर प्रश्न उठेको छ । आज (सोमवार ) देखी मंदिरमा बजार संचालन गरेको वापत २०० देखी ३०० सम्म रूपैया उठाउँदै छ । उक्त रकम मंदिर संचालकले स्थानीय ठीकेदार मार्फत उठाउँदै छ ।...