Thursday, October 29
Shadow

banner-news-1

For top banner

सर्लाहीमा कांग्रेस नेता सिंहमाथि कारवाही , गगन थापाकाे नाम सिफारिस

सर्लाहीमा कांग्रेस नेता सिंहमाथि कारवाही , गगन थापाकाे नाम सिफारिस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,२० भदाै, सर्लाही- सर्लाही क्षेत्र नं ४ का सांसद मा. डा. अमरेश कुमार सिंहलाई नेपाली काँग्रेस पार्टीले निलम्बन गरेको छ। स्थानीय निकायको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरुलाई अन्तरघात एवम् असहयोग गरेकाे आराेपमा पार्टीले यस्ताे निर्माण गरेकाे हाे । अनुशासन समितीको २०७९/०३/०२ को निर्णय अनुसार पार्टीबाट निलम्बन गरिएको हाे । यस बिसयमा भन्ने केन्द्रलाई समेत बोदार्थ गरि सकिएको उल्लेख विज्ञप्तिमा उल्लेख छ ।महामन्त्री थापाकाे नाम सिफारिस :सर्लाहीको क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन । गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ ।‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले बताए ।त्यस्त...
अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २० भदौं, बारा । बाराको कलैया उपमहानगरपालिका–२३ कोईरीया टोलमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बिरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।...
गृहमन्त्री खाण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस

गृहमन्त्री खाण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल न्यूज डेस्क, २० भदौं, रौतहट । नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरेको छ । रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए । क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेललाई एमालेले सिफारिस गरेपछि क्षेत्र नम्बर ३बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाण रहेका छन् ।...
भारतीय सेनानी प्रमुख जनरल पाण्ड आज नेपाल भ्रमणमा आउँदै

भारतीय सेनानी प्रमुख जनरल पाण्ड आज नेपाल भ्रमणमा आउँदै

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
१९ भदाै, राैतहट । आज भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउँदैछन् ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौं आउन लागेका हुन् ।भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई भेटवार्ता गर्ने कार्यक्रम छ । उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।अनलाईन खबर...
कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी चेक गर्नुहाेस्

कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी चेक गर्नुहाेस्

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क,१७ भदाै, राैतहट । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्...
राष्ट्रिय सभाको बैठक आज बस्दै , नागरिकता बिधेयक पारित हुने तयारीमा

राष्ट्रिय सभाको बैठक आज बस्दै , नागरिकता बिधेयक पारित हुने तयारीमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१७ भदाै, राैतहट । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ ।उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।...
जनकपुर: आरकेस्ट्रा बन्द गराउन जाँदा प्रहरीमाथि नै हमला

जनकपुर: आरकेस्ट्रा बन्द गराउन जाँदा प्रहरीमाथि नै हमला

banner-news-1, मुख्य समाचार
सचतक नेपाल,१७ भदाै, जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिका २२ मा बिहीवार राति भइरहेको आरकेस्ट्रा कार्यक्रम बन्द गराउन पुगेका प्रहरी र दर्शकबीच झडप भएको छ ।झडपमा प्रहरी हबल्दार सुजित कुमार झा घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।हिन्दी र भोजपुरी अश्लिल गितमा केटी नचाइरहेको सूचना पाएपछि बन्द गराउन मध्यरातमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेको थियो । कार्यक्रम बन्द गराउन खोज्दा दर्शक र स्थानीयले प्रहरी टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि झडप भएको बताइएको छ ।‘सांस्कृतिक कार्यक्रम भनेर हिन्दी र भोजपुरी गितमा लेडिज नचाइरहेको थाहा पाएपछि प्रहरी पुगेको थियो’, धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप बहादुर क्षेत्रीले भने, ‘कार्यक्रम बन्द गर्न भनेपछि प्रहरीमाथि ढुङ्गामुढा गर्न थालियो । सो क्रममा प्रहरी हवलदार घाइते भएका छन् ।’डिएसपी ...
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१७ भदाै, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन ।पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।...
कुनै क्षेत्र बाट चुनाव लड्न तयार छु : नेता निधि

कुनै क्षेत्र बाट चुनाव लड्न तयार छु : नेता निधि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,१६ भदाै, राैतहट । मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बताएका छन्। सम्बाेधन गर्दै नेता निधि उनका अनुसार क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको प्रष्ट पारे । जनकपुरधाममा बुधबार आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्रियामा कांग्रेस पूर्वउपसभापति समेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रूपमा समेत संसदमा प्रवेश गर्नसक्ने सम्भावना रहेको बताए ‌। पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता निधिले आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रूपमा सांसद भए पनि सहज रूपमा लिन धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे।...
१३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

१३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१६ भदाै,‌ राेल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतमसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।धनुषा जिल्लाको तत्कालीन भरतपुर गाउँ विकास समितिअन्तर्गत नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्वको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरणमा भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकाले आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्य र तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले गुठी संस्थानकै खातामा भुक्तानी हुनुपर्ने र मोही कायम हुनै नसक्ने व्यक्तिहरू गायत्रीदेवी जयसवाल र...