Tuesday, July 28
Shadow

सर्लाहीमा कांग्रेस नेता सिंहमाथि कारवाही , गगन थापाकाे नाम सिफारिस

सचतक नेपाल डेस्क,
२० भदाै, सर्लाही- सर्लाही क्षेत्र नं ४ का सांसद मा. डा. अमरेश कुमार सिंहलाई नेपाली काँग्रेस पार्टीले निलम्बन गरेको छ। स्थानीय निकायको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरुलाई अन्तरघात एवम् असहयोग गरेकाे आराेपमा पार्टीले यस्ताे निर्माण गरेकाे हाे ।


अनुशासन समितीको २०७९/०३/०२ को निर्णय अनुसार पार्टीबाट निलम्बन गरिएको हाे । यस बिसयमा भन्ने केन्द्रलाई समेत बोदार्थ गरि सकिएको उल्लेख विज्ञप्तिमा उल्लेख छ ।

महामन्त्री थापाकाे नाम सिफारिस :

सर्लाहीको क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन । गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ ।

‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले बताए ।

त्यस्तै, प्रदेश सभा सदस्यका लागि ४(क) को प्रत्यक्षमा मधेश प्रदेशका पार्टी उपसभापति एवम् प्रदेश सरकारका महिला, बालवालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहको पनि एकल सिफारिस परेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *