Thursday, October 29
Shadow

banner-news-1

For top banner

भेरी अस्पतालमा डेङ्गुबाट २ जना बिरामीकाे मृत्यु

भेरी अस्पतालमा डेङ्गुबाट २ जना बिरामीकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२३ भाद्र, भेरी । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ ।बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिनुभयो ।उहाँका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् ।पहिलो पटक डेङ्गुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताउनुभयो ।...
१२ ठाउँका सिडिओकाे सरुवा

१२ ठाउँका सिडिओकाे सरुवा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क२३ भाद्र, राैतहट । गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।निर्वाचन आचारसंहिता लागु हुने तयारी भइरहेका बेला गृहले सरुवालाई तीव्रता दिइरहेको छ। काठमाडौँ उपत्यकासहित प्रमुख जिल्ला अधिकारीको सरुवा भएको मन्त्रालयको निजामती प्रशासन शाखाले जनाएको छ।ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई काठमाडौंको प्रमुख बनाइएको छ।काठमाडौँका सीडीओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ।यस्तै कास्कीका प्रजिअ जयनारायण आचार्यलाई ललितपुर सरुवा गरिएको छ। कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ।जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिएकी छिन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई सरुवा गरिएको छ।दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ। दैलेखका हरि प्याकुर...
सर्लाही: करेन्ट लागेर एक जनाको ज्यान गएपछि स्थानीयद्वारा पुर्व पश्चिम लोकमार्ग अवरुद्ध

सर्लाही: करेन्ट लागेर एक जनाको ज्यान गएपछि स्थानीयद्वारा पुर्व पश्चिम लोकमार्ग अवरुद्ध

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ भदाै, सर्लाही । बिद्युत प्राधिकरणकाे लापरबाही कारण करेन्ट लागेर एक जनाकाे ज्यान गएपछि पुर्व पश्चिम लोकमार्ग अन्तरगत बागमती पुलमा स्थानियले टायर वालेर प्रदर्शन गरेका छन् ।बागमती नगरपालिका ११ स्थित बागमतीमा करेन्टर लागेर एक जनाएको ज्यान गएपछि विद्युत प्राधिकरणको लापरबाहीले आफ्ना मानिसको ज्यान गएको भन्दै स्थानियले क्षतिपूर्तिको माग गरेका छन्।विद्युत प्राधिकरणको लापरबाही अन्त्य हुनु पर्ने माग राख्दै दिउँसो करिब साँढे ३ बजेबाट लोकमार्ग अवरुद्ध गरेका थिए ।बागमती नगरपालिका ११ का स्थानिय अन्दाजी वर्ष ३० का प्रकाश वाईवाको करेन्ट लागेर ज्यान गएको थियो ।सडक अवरुद्ध भएको स्थानमा ठुलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने स्थानीयले टायर वालेर सडक अवरुद्व गरिरहेका छन् ।...
सन्दिपलाई इन्टरपाेलकाे सहयाेगमा पक्राउ गरिने : डिआइजी राई

सन्दिपलाई इन्टरपाेलकाे सहयाेगमा पक्राउ गरिने : डिआइजी राई

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२२ भाद्र, राैतहट ‌। नेपाल प्रहरीले इन्टरपाेलकाे सहयोगमा जबरजस्तीकरणी(बलात्कार)को आराेपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्ने भएको छ ।प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले बताउनुभयो । उनले भने, ‘देशमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन पर्दैन डिआईजी राईले बताउनुभयाे । भदौ ५ गते सन्दीप माथि एक बालिकाले होटेलमा लगेर पटक पटक बलात्कारको आरोप लगाउँदै मंगलबार गौशाला बृत्तमा उजुरी दर्ता गराएका छन् ।जबर्जस्तीकरणीको आरोप लागेका सन्दीप भने हाल वेस्टइन्डिजमा जारी क्यारेवियन प्रि...
गाैरबाट काठमाडौंकाे लागि छुटेकाे सुमाेबाट प्रतिबन्धित लागुऔषध एम्पुल सहित एक जना पक्राउ

गाैरबाट काठमाडौंकाे लागि छुटेकाे सुमाेबाट प्रतिबन्धित लागुऔषध एम्पुल सहित एक जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ भाद्र, काठमाडौं । दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट प्रतिबन्धित लागूऔषध एम्पुल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२४५ नम्बरको टाटा सुमोलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धूलो करिब ५ किलोग्राम सहित काभ्रे मण्डन देउपुर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रकाश तमाङ लगायत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५६१२ नम्बरक...
निर्वाचनका लागि भदाै ३० देखि असोज ६ सम्म म्यादीकाे आवेदन सकिने

निर्वाचनका लागि भदाै ३० देखि असोज ६ सम्म म्यादीकाे आवेदन सकिने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२२‌‌ भाद्र, राैतहट । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ ।प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको थियो ।सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए । स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गर्नेछ । भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिने गरि कार्यविधि स्वीकृत भएको डीआईजी राईले जानकारी दिए ।कार्यविधि अनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । म्यादी प्रहरीको नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने छ ।गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिनेगरी कार्यबिधि पारित गरिएको छ । गत निर्वाचनमा खटिँदा रे...
बलात्कारको मुद्दामा पललाई सफाई ,बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय<br>

बलात्कारको मुद्दामा पललाई सफाई ,बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावक र मिडियालाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको ...
अवकाश पाउँदै एआईजी आचार्य,पैसामा बढुवाकाे चलखेल शुरु

अवकाश पाउँदै एआईजी आचार्य,पैसामा बढुवाकाे चलखेल शुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क,२१ भदाै, राैतहट । नेपाल प्रहरी एकेडेमीमा कार्यरत एआइजी मुकुन्दराज आचार्यले अवकाश पाउने भएसंगै थप एक पद रिक्त भएको छ । बुधबारदेखि एआइजी आचार्यले अवकाश पाउँदैछन् ।नेपाल प्रहरीमा थप १ एआइजीकाे पद रिक्त भएसंगै बढुवाको चलखेल बढेको छ । उनको अवकाशसँगै प्रहरीमा एआइजीका दुई पद रिक्त हुनेछन् । यसअघि विश्वराज पोखरेलको अवकाशसँगै एक पद रिक्त भइसकेको छ । पदपुर्तिका लागि एकल बढुवा गर्दा विवाद हुने भएकाले दुई जनाको बढुवा गर्न लागिएको स्रोतले जनाएको छ । आचार्यको अवकाशसँगै एआइजी बढुवा हुने सम्भावना छ । जसमा ठूलो आर्थिक चलखेल हुने देखिएको छ । एआइजीमा बढुवामा एक दर्जन डिआइजीहरु दाबेदार छन् । सम्भावनामा वसन्त कुँवर, टेकप्रसाद राई,अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरी लगायत छन् । फाइल ऐआइजीमा सफल व्यक्तित्व टेकप्रसाद राईलाई...
पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

banner-news-1, ताजा-अपडेट, विचार
धर्मेन्द्र कुमार साह, पुरेनवा दरवार अहिलेको गौर नगरपालिकामा पर्छ । गौर नगरपालिका वार्ड नम्बर ८ पुरेनावामा बनाइएकोले पनि त्यसलाई पुरेनावा दरवारको रुपमा चिनिन्छ । बिक्रम संवत .१९८१ मा निर्माण गरिएको पुरेनावा दरवार माओवादी जनयुद्ध चरममा पुगे देखि हाल नेपालि सेनाको नियन्त्रणमा रहेको छ । तत्कालिन समयमा सो दरवार निर्माणको लागि भारतीय शहर सितामढिबाट मिस्त्री तथा कालिगढहरुलाई बोलाइएको थियो । दरवारमा लागेका सामाग्रीहरु फ्रान्स,जापान तथा बेलायतका बिभिन्न शहरबाट ल्याइएका थिए । सो दरवार निकैनै कलात्मक र भब्य रुपमा बनाइएको छ । पुरेनावा दरवार तत्कालिन राणा तुङ्ग शम्सेर र तिनका परिवारको लागी निर्माण गरिएको थियो । तुङ्ग शम्सेर राणा खंग शम्सेर राणाका छोरा हुन् । खंग शमसेरलाई पाल्पा दरवारको राजा समेत मानिन्छ । दरवार बन्दा सम्म राणाहरु सो ठाउबाट करिब २ किलोमिटर उत्तर हजमिनियामा बस्ने गरेका थिए । सोह...
पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न सकेनौं : प्रचण्ड

पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न सकेनौं : प्रचण्ड

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, २१ भदौं, धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पाँच वर्षमा जनताका काम गर्न नसेको स्वीकार गरेका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न नसकेको बताएका हुन् । अबको निर्वाचनबाट नयाँ जनादेश लिएर देशलाई समाजवादतर्फ उन्मुख गराउनुुपर्नेमा उनको धाराण थियो । जनताबाट निर्वाचित प्रत्यक्ष देशको कार्यकारी प्रमुखको पक्षमा रहेको समेत बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचेअनुरुप काम गर्न नसकेको बताएका हुन् । अब जनताबाट निर्वाचित कार्यकारी प्रमुख भए मात्रै देशमा राजनीतिक निकास आउने उनले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावनाविपरीत संविधान कुल्चने काम गरेको आरोपसमेत अध्यक्ष प्रचण्डले लगाएका छन् । ...