महाेत्तरी - महोत्तरीको औरहीमा एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार जिल्लाको औरही नगरपालिका ७ स्थित एमटीएल इँटा भट्टामा स्थानीय ५२ वर्षीय इन्द्रदेव झा मृत अवस्थामा भेटिएको हाे । सोमबार साँझ घरबाट निस्केका झाको शव मंगलबार बिहान ११ बजेतिर इँटा भट्टामा परालको छाप्रोभित्र फेला परेको प्रहरीले जनाएको छ । निजको हत्या गरि सो स्थानमा राखिएको आशंकामा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएको छ ।मृतक झाको बायाँ आँखा पनि फुटेको प्रहरीले जानकारी दिएको छ ।...
राैतहट - जिल्लाकाे सदरमुकाम गाैरबाट श्राेत नखुलेको नगदसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन् ।स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारतको मोतीहारी गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजात कुमार मालाकार र सोही स्थानका २२ वर्षीय संजिव कुमार तिवारीलाई प्रहरीले गौर नगरपालिका वडा नम्बर १ बाट हिरासतमा लिएको हाे । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा ४ लाख ४९ हजार ५ सय भारतीय रुपैयाँसहित साेमबार बिहान दुवै जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट बरामद भएको भारतीय रुपैयाँको स्रोत खुलाउन नसकेको कारण नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनी दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।...
राैतहट । रौतहट क्षेत्र नं २ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी वि...
बारा । प्रहरीले हतियारसहित एक जना भारतीय युवालाई पक्राउ गरेकाे छ ।भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्लाको मोतिहारी नगरपालिका-१६ का ४० वर्षीय चन्दन कुमारलाई जिल्लाको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित उनलाई आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेको निजका साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।प्रहरीका अनुसार दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नं २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल तथा आफ्नो, पत्नीको र दाइको भारतीय आधार कार्ड र ११ हजार २ सय ७० भारतीय रूपैयाँ लगाएत एउटा मोबाइल समेत उनको साथबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।पक्राउ परेका कुमारलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखी यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
प्रेम यादव,
रौतहट । गाँजा नेपालमा प्रतिबन्धित लागुऔषध हो । सिमावर्ती जिल्ला रौतहटमा लागुऔषध गाँजाको तस्करी बढ्दै गएको छ ।
आइतबार प्रहरीले गोप्य सुचनाको आधारमा ९१ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले रौतहटको राजपुर नगरपालिका–१ पिपरा भगवानपुर स्थित पिपरा टोलबाट १३ पोकाेमा राखिएको ९१ किलो गाँजा एउटा बोलेरोबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी गराउनु भयो ।
सुचनाको आधारमा प्रहरीले आज करिब ११ बजेको समयमा जेएच १० एक्स ४२१२ नम्बरको सेतो बोलेरोलाई खानतलासी गर्दा गाँजा फेला पारेको छ । त्यस्तै सोही स्थानबाट अन्दाजी १० मिटर दक्षिण तर्फ बेवारिसे अवस्थामा रहेको बिआर ३० यू ०४७४ नम्बरको मोटरसाइकल समेत प्रहरीले फेला पारेको छ ।
फेला परेको लागुऔषध, गाँजा लोड रहेको बलोरो र मोटरसाइकललाई जिल्ला प्रहरी क...
राैतहट - करेन्ट लागेर रौतहटको गरुडामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गरुडा नगरपालिका वडा नम्बर ७ दोस्तीयाँ पिपरियाका ३० वर्षीय राम तिलक पटेल रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक वरुण सिंहले जनाएको छ । प्रहरीका अनुसार तरहरी खाेलामा माछा मार्ने क्रममा शुक्रबार करिब साँझ ४:३० बजेतिर पटेल करेन्ट लागेर गम्भीर घाइते भएका थियो ।गम्भीर घाइते भएको उनलाई तत्कालै घटनास्थलबाट उद्धार गरि उपचारको लागि गरुडा ४ स्थित हेल्थ ल्यान्ड होस्पिटलमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।मृत्यु पछि पोष्टमार्टमका लागि मृतकको शव जिल्ला प्रादेशिक अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
राैतहट - सुरक्षाका लागि दिनरात खटिएका प्रहरी कर्मचारी र थुनुवाहरुकाे स्वास्थ्य परीक्षणका लागि प्रहरी कार्यालय राैतहटले नि:शुल्क शिविरकाे आयाेजना गरेकाे छ ।
फाइल फोटो
बढ्दै गएको चिसाेयाममा जिल्लाकाे विभिन्न ठाउँमा कार्यरत प्रहरी कर्मचारी र कैदमा रहेका थुनुवाहरुकाे स्वास्थ्य परीक्षणका लागि आज जिल्ला प्रहरी कार्यालय राैतहटकाे प्रांगणमा एकदिने शिविर आयोजना भएको हो । प्रहरी कार्यालय राैतहट र समुदाय प्रहरी सेवा केन्द्र गाैरले साे स्वास्थ्य शिविरकाे आयाेजना गरेकाे हाे ।
फाइल फोटो
प्रादेशिक अस्पताल गाैरका स्वास्थ्य कर्मचारीहरुले स्वास्थ्य परीक्षणमा सहयोग गरेका थिए।
फाइल फोटो
साे शिविरमा प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, प्रहरी निरीक्षक दिनेश बहादुर कुवंर, प्रहरी निरीक्षक राकेश राइ , प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही साथै ट्राफिक प्र...
जनकपुरधाम - मधेस प्रदेशका सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।मधेसमा १०७ जना सांसद छन्। तीमध्ये आज १०४ जनाले शपथ लिएका हुन्। शपथमा एक संसद अनुपस्थिति थिए भने दुई संसदको शपथ सर्वोच्च अदालतले रोकिदिएको थियो। माओवादीका रज्जी हैदर र माला कर्णको शपथ रोकिएको प्रदेश सभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए ।शुक्रबार ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका सांसद गोविन्द न्यौपानेले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका हुन्। उनी ७१ वर्षका भए।मधेसमा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादी केन्द्रका ९, नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र नागरिक उन्मुक्ति पार्टीका १ तथा स्वतन्त्र ५ जना सांसद छन्। प्रदेश सभा सचिवालयका अनुसार ३८ जना सांसदले मातृ भाषामा शपथ ल...
राैतहट - गएराति सशस्त्र प्रहरी बल बेलबिछवाले अबैध मदिरा बाेकेकाे गाडी नियन्त्रणमा लिएको छ। आइतबार राति करिब ९ बजेकाे समयमा रौतहट जिल्लाको राजदेवी-९ ब्रहम्पुरी स्थित बि.ओ.पि.बेलबिछवाबाट सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा खटिएका टाेलीले ११८ कार्टुन साेफी मदिरा बरामद गरेको छ। बि.ओ.पि. र प्रहरी चाैकी बेलबिछवाकाे संयुक्त टाेलीले नेपालबाट भारत तर्फ जादै गरेको बिआर २९ एस ९४०४ नम्बरकाे भारतीय बाेलेराे राेकी चेकजाँच गर्दा अन्दाजी मूल्य १ लाख २० हजार बराबरको ११८ कार्टुन साैफी मदिरा बरामद भएको हाे ।
प्रहरी चौकि बेलबिछवा बाट प्र.स.नि. श्री किशोर ठाकुर र सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा टाेलीले अन्दाजी मूल्य ५ लाख बराबरको बाेलेराे गाडी र १ लाख २० हजार बराबरको साैफी कुल ६ लाख २० हजार बराबरको मदिरा र गाडी नियन्त्रणमा लिएको छ। चेकजाँच गर्ने क्रममै चालक फरार भएको समेत प्...