Wednesday, October 28
Shadow

banner-news-1

For top banner

पक्राउ गर्न जाँदा प्रहरी माथिनै हमला, २ जना फरार युवा प्रहरी नियन्त्रणमा

पक्राउ गर्न जाँदा प्रहरी माथिनै हमला, २ जना फरार युवा प्रहरी नियन्त्रणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, गौर – डाँका चोरी र ज्यानमार्ने उद्योगमा फरार दुई जना अभियुक्तलाई रौतहट प्रहरीले बुधवार पक्राउ गरेको छ । रौतहटको गौर नगरपालिका–२ स्थित लाल बकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी दिनुभयो । उनका अनुसार फरार अभियुक्त जिल्ला रौतहट गौर नगरपालिका ५ कोइरीयाटोल बस्ने लालकिशोर यादवको छोरा अन्दाजी १९ वर्षीय राहुल यादव र अर्को गौर नगरपालिका ४ बस्ने जुगा राय यादवको अन्दाजी १९ वर्षीय छाेरा रवि यादव रहेका थिए । बुधवार करिब ३ बजे रौतहट प्रहरीले सर्च अप्रेशन गर्दै जाँदा निज राहुल यादवले बोकेको चक्कु प्रहार गर्दा जिल्ला प्रहरी कार्यालयबाट कार्यरत प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हात कटिएर घाइते भएको ...
कालीगण्डकीकाे देवशिला भारतको अयोध्या पुग्यो

कालीगण्डकीकाे देवशिला भारतको अयोध्या पुग्यो

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम - नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुगेको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो ।यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरिएको थियो। फाइल फोटो ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए । शिलालाई बुधबार नै यहाँस्थित राम से...
डेरी उद्योगमा छापा, शिलबन्दी गरी ४ जना पक्राउ

डेरी उद्योगमा छापा, शिलबन्दी गरी ४ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
गाैर - राैतहट प्रहरीले मंगलबार जिल्लाकाे सदरमुकाम गाैर स्थित एक डेरी उद्योगमा छापा मारेकाे छ। छापा मारीकाे क्रममा प्रहरीले ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेकाे थियो। उक्त अखाद्यद वस्तु जनावरकाे बाेसाे (चर्वी) रहेकाे समाजिक सञ्जालकै एक भिडियोमा प्रष्ट देखिन्छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्र टोलीले गौर नगरपालिका वडा नम्वर ५ पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योेगमा छापा मारेका थिए। उक्त कार्यमा संलग्न डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर बस्ने हाल गाैरमा आफ्नै घरमा डेरी संचालन गरेका शेख समिम , उनका भाई माे. माेतिउल्ला , त्यहाँका स्थानीय बच्चा खानकाे छाेरा अन्दाजी २४ वर्षीय इफान खान र गरुडा नगरपालिका-८ शेख फकिरकाे छाेरा‌ अन्दाजी २३ वर्षीय माे.समसे आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। ...
संसद भवन अगाडि आत्मदाहकाे प्रयास गरेका आचार्यकाे निधन

संसद भवन अगाडि आत्मदाहकाे प्रयास गरेका आचार्यकाे निधन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५:०० बजे निधन भएको डा. किरण नकर्मीले जानकारी दिनुभयो । डा. नकर्मीले भन्नुभयो, ‘‘उहाँलाई बचाउन सकिएन । उहाँको ८०प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भयो ।’’ फाइल फोटो नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो ।आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा पुग्नुभएको थियो । गाेरखापत्र...
सेटिङमा चल्दै सिडिओको सरुवा

सेटिङमा चल्दै सिडिओको सरुवा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं – गृह मन्त्रालयले गत साता गरेको करिब चार दर्जन जिल्लाका सिडिओको सरुवामा सेटिङ भएको आरोप लागेको छ । यसअघि राम्रो काम गर्न नसकेकालाई नै फेरि सिडिओमा खटाएर पुरस्कृत गरिएको छ । घुसकाण्डमा परेका लालबाबु कवारीलाई गोरखाको सिडिओ बनाइएको छ । दोलखामा शान्तिपूर्वक निर्वाचन गराउन नसकेका भोजराज खतिवडालाई सिराहाको सिडिओ बनाएर पुरस्कृत गरेपछि गृहका कर्मचारीहरु चकित भएका छन् । कपिलवस्तुमा चुनावको बेला तस्करीको लाइन खोलेका धर्मेन्द्र मिश्रलाई रौतहटको सिडिओ बनाइएको छ । काभ्रेमा अवैैध क्रसरलाई संंरक्षण गरेकी हुमकला पाण्डे पनि पुरस्कृत भएर सुनसरीको सिडिओ भएकी छिन् । मोरङमा राम्रो काम गर्न नसकेका काशीराज दाहाललाई अर्काे महत्वपूर्ण जिल्ला धनुषामा खटाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागभित्र अनियमितताको आरोप लागेका तिर्थराज भट्टराई मोरङको सिडिओ बनेका छन् । उनी यसअघि भ्रष्टाचारमा पर...
झापामा झुण्डिएको अवस्थामा युवायुवती फेला

झापामा झुण्डिएको अवस्थामा युवायुवती फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
झापा । झापाको चिया बगानमा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज(मंगलबार) बिहान झपाको कचनकवल गाउँपालिका-४ केचनासिथ्त एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु भइरहेको डिएसपी पाठकले बताए ।...
सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुख निर्वाचित भएका हुन्। घिमिरेले १६७ मत पाए भने न्यौपानेले १०० मत पाइन्। एक जना सांसदले मत दिएनन्। आजको बैठकमा २६८ सांसद उपस्थित थिए।...
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
धनुषा - मधेस प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।...
६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
पाेखरा - काठमाडौंबाट पाेखराका लागि उडेकाे यति एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा हालसम्म ३५ जनाकाे शव फेला परेको प्रहरीले जनाएको छ। थप उद्घार कार्य भइरहेको प्रहरीले जनाएको छ। आइतबार बिहान १०:३२ बजे उडेकाे ९ एन एएनसी, एटिआर ७२-५०० नम्बर यति एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। विमानमा चालक दलका ४ सदस्यसहित ६८ यात्रु सवार थिए। जसमध्ये ३७ जना पुरुष,२५ जना महिला , ३ जना बच्चा र ३ जना शिशु सवार थिए। सवार यात्रु मध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन,२ जना काेरियन, १ जना अर्जेन्टेनी,१ जना अष्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली रहेको यति एयरलाइन्सले जनाएको छ। दुर्घटना अघि विमान अन्तिम पटक पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे टावरसँग १०:५० मा सेति खाेंच भन्ने स्थानमा सम्पर्क रहेको यति एयरलाइन्सका प्रवक्...
आज माघे सक्रान्ति मनाइँदै

आज माघे सक्रान्ति मनाइँदै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - आज माघे सक्रन्ती, देश विदेशमा रहेका नेपालीले पर्व मनाउदैछन् । थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा पनि मान्ने गर्छन् भने मगर समुदायकाे पनि याे मुख्य चाड हाे ।हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।घ्यु, तरूल, चाकु, खिचडी, तिलकाे लड्डु लगायतका खाने कुरा खाएर याे दिन हर्षाेल्लासका साथ मनाइन गरिन्छ । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ-आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।प्रधानमन्त्री पुष्प कमल दाहालले माघे संक्रान्तिकाे अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको ...