Wednesday, October 28
Shadow

banner-news-1

For top banner

एमाले र माओवादी बीच सहमति, प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्ने

एमाले र माओवादी बीच सहमति, प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्ने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमति भएको हाे ।आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।...
कुहिरो र शितलहर कारण राैतहटकाे जनजीवन प्रभावित

कुहिरो र शितलहर कारण राैतहटकाे जनजीवन प्रभावित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव राैतहट - विगत दुई तीन दिनदेखि एक्कासि बढेकाे चिसोको कारण राैतहटको जनजीवन प्रभावित बनेको छ । बाक्लो कुहिरोसँगै शितलहर बढेपछि राैतहट लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।शितलहरसँगै चिसो हावाको कारणले जाेडाे अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहलमा घटेकाे छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामिण क्षेत्रमा यातायातका साधन सञ्चालन ‌समेत प्रभावित बनेको छ । चिसो हावासँगै जाडाे बढेपछि सुत्केरी, बालबालिका, बृद्ध, असक्त, अपाङ्ग, दमका रोगीहरु पीडित भएका छन् । चिसोको कारण मुसहरवस्ती लगायत न्यून आर्थिक अवस्थाका व्यक्ति बढी प्रभावित हुने गरेका छन् ।ग्रामिण भेगमा दाउरा नहुँदा स्थानीयहरु गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेती लगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाहरु पनि प्र...
गाउँमा गाँजाकाे बेचबिखन गर्ने एक‌ वृद्ध महिला पक्राउ

गाउँमा गाँजाकाे बेचबिखन गर्ने एक‌ वृद्ध महिला पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट‌ - प्रहरीले बिहीबार २.५ किलाे लागुऔषध (गाँजा) सहित एक जना वृद्ध महिलालाई पक्राउ गरेको छ। गाउँकाे एउटा घरमा लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरीले बिहीबार करिब ३ बजेको समयमा जिल्ला रौतहट माधवनरायण नगरपालिका- ५ मिठुअवा एक जनाकाे घर तलासी गरेकाे थियाे । तलासी गर्दै जाँदा साे गाउँकै स्व- प्रेम साहको श्रीमती अंदाजी बर्ष ५२ की सितापती देवी साहले आफ्नो घरमा लुकाइछिपाई राखेको २.५‌ किलाे प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका सुचना अधिकारी (डिएसपी‌) उमाशंकर प्रसाद यादवले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनुभयो। गाँजा बेचबिखन भइरहेको सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घरमा लागु औषध (गाँजा) फेला पारी निज सितापती भन्ने लोलावती देवी समेतलाई नियन्त्रणमा लिएको प्रहर...
९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रहरीले बिहीबार राैतहटकाे चन्द्रपुरबाट भन्सार छली‌ गरी भित्र्याइएको अवैध लत्ताकपडा वेवारिसे अवस्थामा बरामद गरिएको छ ‌। जिल्लाकाे चन्द्रपुर नगरपालिका -६, तल्लाेबजार स्थित भीत्रि सडक खण्डमा भारतबाट भन्सार छली नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मुल्य ९ लाख ९७ हजार ८५० बराबरकाे लेडिज उलन कुर्ता, जेन्स कुर्ता सुरुवाल र लेहेङगाहरु वेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय राैतहटका नवनियुक्त सुचना अधिकारी (डिएसपी)‌ उमाशंकर प्रसाद यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर, रौतहटबाट संयुक्त रुपमा खटीएको प्रहरी गस्ती टोलीले साे अवैध लत्ताकपडा बरामद गरेको उल्लेख छ। बरामद भएको अवैध लत्ताकपडालाई आवश्यक कारवाहीका लागि आज (शुक्रबार) राजश्व कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले जना...
ट्रककाे ठक्करबाट इलामकी एक युवतीकाे मृत्यु

ट्रककाे ठक्करबाट इलामकी एक युवतीकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
झापा- झापाको मेचीनगर नगरपालिका–१३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–६ की २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।हिजो बेलुका करिब साढे ८ बजे ना८ख ३३३६ नम्बरको ट्रकले मे७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक सकुशल रहेको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी चारआलीले जनाएको छ ।...
राैतहट १ का सांसद नेपालद्वारा ७ वटा पालिकामा स्वास्थ्य उपकरण वितरण

राैतहट १ का सांसद नेपालद्वारा ७ वटा पालिकामा स्वास्थ्य उपकरण वितरण

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालद्वारा रौतहट क्षेत्र नं. १ का ७ वटा स्थानीय निकायलाई स्वास्थ्य उपकरण बितरण गरेका छन् ।अध्यक्ष नेपालले रौतहटका गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका र गरुडा नगरपलिकालार्ई एक–एक थान भिडियो अल्ट्रा साउन्ड हस्तान्तरण गरेका हुन् ।प्रति वटा १५ लाख ६५ हजार ९६ रुपैयाँ ३३ पैसा मूल्यका सामाग्रीहरू एक करोड ९ लाख ५ हजार ६ सय ७४ रुपैयाँ बराबरका सामाग्रीहरु हस्तान्तरण भएका हुन् । हस्तान्तरित सामाग्रीले त्यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग प्रदान गर्ने बताइएको छ । हस्तान्तरण गरिएको उपकरण सानो भिडियो एक्स रे भएको र यसको कार्टुनभित्र ट्यावलेट आकारको एक्सरेसहित मनिटर एक थान, प्रिन्ट एक थान, प्रोव एक थान र भिडियो एक्स रे मेसिन झोलामा ...
ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा

ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेमचन्द्र झा रौतहट। मधेस प्रदेश सभा सदस्यमा नवनिर्वाचित शोभादेवी साहले एक करोड रुपैया को बराबरको जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषना गरेकी छिन् । उनले ईशनाथ नगरपालिकालाई वडा कार्यालय र स्वास्थय चौकी बनाउन दुई कठ्ठा १६ धुर जग्गा दान निर्णय रहेको बताएकी छिन् । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानियले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो घोषणा गर्नु भएको हो ।जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिकमा निर्वाचित भएपछि पहिलो पटक आफ्ना गाउँ पुगेर करिब एक करोड रुपैया मोल पर्ने जग्गा निशुल्क दिने धोषणा गरेपछि स्थानिय हर्षित भएको वडा अध्यक्ष धर्मेन्द्र साहले बताए ।सो वडा कार्यालय बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट राखेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैया गाउंको विचमा रहेको सो जग्गा तर्फ ईसारा गर्दै प्रदेश सदस्य साह यसमा वडा कार्यालय र ...
परिवारिक वातावरणकाे थ्रि स्टार रेष्टुरेन्ट आज सञ्चालन हुदै

परिवारिक वातावरणकाे थ्रि स्टार रेष्टुरेन्ट आज सञ्चालन हुदै

banner-news-1, अन्य, ताजा-अपडेट
राैतहट‌ - स्वादिष्ट भाेजन सबैलाई प्रिय हुन्छ । परिवारसँग भाेजन अथवा स्वादिष्ट खाजा खानुकाे मज्जा छुट्टै हुन्छ। स्वादिष्ट भाेजन र फरक स्वादसँगै जिल्लाकाे सदरमुकाम गाैर नगरपालिका स्थित भन्सार राेडमा एउटा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउँदैछ। आज बिहान ११ बजे देखि उद्घाटन हुदै। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाैर नगरपालिकाका नगरप्रमुख शम्भु शाह पाल्नु हुनेछ। रेष्टुरेन्ट नयाँ तरिकाबाट सञ्चालन हुन लागेकाे रेष्टुरेन्टका सञ्चालक रुपेश यादवले बताउनुभयो। साथै सम्पुर्ण नगरवासीलाई आज (बुधबार) बिहान ११ बजे उपस्थितिका लागि अनुरोध गरेका छन् ।...
युवायुवती प्रेममा, प्रहरीकाे सेटिङमा थुनिए युवाकाे बुवा

युवायुवती प्रेममा, प्रहरीकाे सेटिङमा थुनिए युवाकाे बुवा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव सर्लाही - प्रेम हुनु सामान्य छ । प्रेममा भागेकाे घटनापनि आज भाेली सबैले सुन्न पाएकै हाे । सर्लाहीका एक युवायुवती भारतमा पढ्दै थिए। पढ्दै जाँदा दुबैबिच प्रेम भयाे । जसपछि दुवै आफ्नो सहमतिले भागेर बिहे गरे । केटाकेटीकाे दुबै बालिक थिए जसकारण बिहे गरे । सन्तान आफ्नै सहमतिले बिहे गर्दा दु:ख युवा र युवती दुवैपक्षलाई हुन्छ । तर युवती बुवा भने आवेशमा आए । युवती बुवा धनि थिए । उनले पैसाकाे चलखेल गरेर युवाकाे घरमा प्रहरी पठाए । युवा त भेटिन् जसपछि उनले युवाकाे बुवालाई पैसाकाे माध्यमबाट थुन्न लगाए । एक सप्ताह जति थुनिए पछि युवाकाे बुवा रिहा भए । तर हालसम्म युवायुवती फेला पर्न सकेनन्। जसपछि पुन: युवतीकाे बुवाले उजुरी दिएर युवाकाे बुवालाई थुनामा राख्न लगाए । आइतबार थुनिएका पिडित माेहित महताेलाई हिरासतमा राखेकाे २४ घण्टा भन्दा बढी भयाे ‌। बिना अपराध प्रहरीले कसैलाई २४ घन्टा भन्दा बढी थुन्न ...
सडक दुर्घटनामा एक व्यापारिककाे मृत्यु, निश्पक्ष छानविनकाे माँग गर्दै गरुडाका व्यापारी

सडक दुर्घटनामा एक व्यापारिककाे मृत्यु, निश्पक्ष छानविनकाे माँग गर्दै गरुडाका व्यापारी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - एक व्यापारिककाे मृत्यु पछि गरुडा नगरपालिकाका स्थानीयहरु धर्नामा उत्रिएका छन्। प्रहरीका साेमबार बिहान सवारी दुघर्टनामा परि गरुडाका स्थानीय व्यापारी राजनारायण साहकाे मृत्यु भएको हाे । प्रहरीले मृत्युकाे कारण अझै स्पष्ट खुलाउन सकेकाे छैन। गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि जयसवालकाे नेतृत्वमा व्यापारिककाे घटना बारे स्पष्ट र निश्पक्ष छानबिन हुनुपर्ने माँग गर्दै स्थानीयहरु धर्नामा उत्रिएका छन्। फाइल फोटो प्रहरीले मृत्युकाे कारण सडक दुर्घटना भनेपनि समय, स्थान र सवारी साधन बारे रहस्य खुलाउन सकेको छैन। उच्चस्तरीय छानबिनकाे माँग गर्दै त्यहाँका स्थानीयहरुले २ बजे सम्म धर्ना दिएका हुन् । फाइल फोटो प्रहरीले धाईते साहलाई उपचार समेत नगराएको त्यहाँका स्थानीयहरुकाे आरोप छ । उपचारकाे अभावमा समेत मृत्यु भएको धर्ना दिएका व्यापारीहरुकाे भनाई छ । प्रहरी लापरबाहीकाे रबैया प्रति उनीहरूल...