Sunday, May 31
Shadow

वडा नं ७ द्वारा फुटबल खेलकुद सामाग्री बितरण

जी सी उमनपा वडा नं ७ ले आफ्नो आ व ०८०/०८१ को खेलकुद बजेट मध्ये यहांको फुटबल खेल तथा खेलाडिहरुलाई प्रोत्साहन गर्न खेलकुद सामाग्री बितरण गरेको छ। सो खेलका लागी आवश्यक बुट,जुराफ,प्याड २५/२५ सेट ,फुटबल, कोन,मार्कर, बिप, ग्लोब्स लगायतका करिब ५०,००० मुल्यको सामाग्री बितरण गरेको हो।

केहि बर्ष देखि खस्किदै आएको यँहाको फुटबल खेल लाई पुनः उकास्ने लक्ष्य रहको वडा सदस्य नविन मैनाली ले बताए। यहाँकै स्थानिय सिनियर खेलाडि समर खडकाले वडाको तर्फबाट ४५ दिनको प्रशिक्षण समेत दिने भएका छन। फुटबल खेलमा पुरै मनले लाग्न र मेहनत गरि खेलेर आफ्नो र आफ्नो ठाउको गरिमा बडाउन हुन उहाँले शुभकामना दिनुभयो।आउने वर्ष यहाको खेल मैदान निर्माण सम्पन्न भएको खण्डमा फुटबल प्रतियोगिता आयोजना गरिने पनि जानकारी गराउनु भयो।

फुटबल खेल अलावा यहा भलिबल, क्रिकेट, सितोरियो कराते लगायतका खेलहरुमा पनि वडाले निरन्तर लगानी/सहयोग गरिरहेको छ, पहिलो आ व ०७९/८० को खेलकुद बजेटवाट वडाले सितोरियोकराते खेलको जिल्ला स्तरिय प्रतियोगितामा करिब १लाख ६० हजारको सामाग्री बितरण गरेको थियो। साथै क्रिकेट खेलका लागी करिब ५० हजारको सामाग्री , फुटबल खेलका लागी पटक/पटक गरि २५ हजारको सामाग्री, भलिबल खेलका लागी करिब २५ हजारको सामाग्री बितरण गरेको थियो। साथै देशको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरुलाई २५ हजार आर्थिक सहयोग गरेको थियो।

दोश्रो बर्षको खेलकुद बजेट मा फुटबल खेललाई विशेष प्राथमिकतामा राखिएको छ। कुनै समयमा यहाँको फुटबल खेल निकै लोकप्रियका साथै अब्बल रहेको स्मरण गर्दै आउदो दिनमा पनि सोहि ठाउमा पुग्नेमा आसाबादि रहेको मैनालीले भने। आफ्नो समयमा खेल खेल्न वा सामाग्रि पाउन निकै कठिन रहेको तर अहिलेको समयमा मात्र खेलाडि खेलप्रति समर्पित रहे सबै पाउने माहोल रहेको उनले बताए। यहाको एक मात्र आधिकारिक क्लब ‘शान्ति यूवा बिकास मञ्न ‘ लाई यसै वर्ष करिब ४० हजारको ३ पिस जर्सी सेट पनि प्रदान गरिएको थियो।

उक्त सामाग्री बितरण कार्यक्रममा वडाको तर्फ बाट सदस्य नविन मैनाली, प्रशिक्षक समर खडका, भेट्रान खेलाडी राजकुमार राई लगाएत फुटबल खेलाडीहरुको उपस्तिथि थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *