Friday, September 11
Shadow

Author: Jeetpur Khabar

भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा आठ जनाकाे मृत्यु

भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा आठ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय
०३ असार, एजेन्सी : भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तीमा आठ जनाकाे ज्यान गएको छ । दुर्घटनामा अरू ५० जनाभन्दा धेरै घाइते भएका छन् ।कोलकाताको सियालदहतर्फ गुडिरहेको कञ्चनजङ्घा एक्सप्रेस र न्यु जलपाईगुडीतिर गुड्दै गरेको मालवाहक रेल आज बिहान साढे ९ बजे पश्चिम बङ्गाल राज्यमा पर्ने न्यु जलपाईगुडी छेउमा ठाेक्किएका दार्जिलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले जानकारी दिनुभयो ।   रेलका तीन वटा डब्बा लिगबाट बाहिरिएका समाचार संस्था एएफपीले जनाएको छ । रेल मन्त्री अश्वनी वैष्णवले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई १०/१० लाख, गम्भीर घाइतेहरूलाई जनही साढे २ लाख र घाइतेहरूलाई जनही ५० हजार भारतीय रुपैयाँ दिने घाेषणा गर्नुभएकाे छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबा...
क्षयरोग मुक्त घोषणा अभियानका लागि वडा स्थित सरोकारवालाहरु संग छलफल

क्षयरोग मुक्त घोषणा अभियानका लागि वडा स्थित सरोकारवालाहरु संग छलफल

banner-news-1, मुख्य समाचार
०२ असार, बारा : बाराको निजगढ नगरपालिका-५ को आयोजनामा  क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत वडा स्थित सरोकारवालाहरु संग छ्लफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । निजगढ नगरपालिका वडा न -५ ले बारा जिल्लामै पहिलो पटक वडा स्थित सरोकारवालाहरु संग क्षयरोग सम्बन्धि छ्लफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।  निजगढ नगरपालिका-५ का वडाध्यक्ष सुर्य बहादुर थापा मगरमो  अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरु तथा वडाबासिहरुको उपस्थिति रहेको थियो।   अभिमुखिकरण कार्यक्रमलाई निजगढ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनिशवर घिमिरे र निजगढ नगरपालिकाको क्षयरोग मुक्त नगरपालिका घोषणा कार्यक्रमका संयोजक सृजना तिवारीले सहजीकरण गरेका थिए । नेपाल सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने र सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । तर स...
बक्र ईद (उल-अजहा) का अवसरमा भोलि सार्वजनिक  बिदा

बक्र ईद (उल-अजहा) का अवसरमा भोलि सार्वजनिक बिदा

banner-news-1
०२,असार काठमाडौँ-  सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो। असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिएको जानकारीसहित गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरेका छन्।
टी- २० विश्वकपमा नेपालले आफ्नो अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्ने

टी- २० विश्वकपमा नेपालले आफ्नो अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्ने

खेलकुद
०२, असार, काठमाडौँ । नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।   नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ । यस समुहमा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ । त्यस्तै भोलि बिहान हुने नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्य...
महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा भेटिए

महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा भेटिए

banner-news-2, मधेस प्रदेश
धनुषा । धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको बताउनुभयो । रुबीको श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो । गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनुभएको थियो ।   रुबी बेपत्ता भएको उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको प्रहरी निरिक्षक साहले बताउनुभयो । प्रहर...
वैदेशिक रोजगारको ठगी विरुद्ध आईटी आर्मीद्धारा वैदेशिक रोजगार विभाग घेराउ

वैदेशिक रोजगारको ठगी विरुद्ध आईटी आर्मीद्धारा वैदेशिक रोजगार विभाग घेराउ

banner-news-1
०२, असार काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ ।आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा विभिन्न मागहरु गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै आज विभाग घेराउ गरेको हो । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः ला...
पेट्रोल डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल डिजेल र मट्टीतेलको मूल्य घट्यो

banner-news-1
०१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।
बारामा दिनदहाडै गोलि हानेर एक जना क्याम्पस प्रमुखको हत्या

बारामा दिनदहाडै गोलि हानेर एक जना क्याम्पस प्रमुखको हत्या

banner-news-1, मुख्य समाचार
अखिलेश कुमार यादव ।३२ जेठ।बारा : बारा जिल्लामा शुक्रवार गोलि हानेर एक जना क्याम्पस प्रमुखको हत्या गरिएको छ ।जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा न  ३ बातरामा अज्ञात समूहको गोलि प्रहार बाट उपचारको क्रममा एक जना क्याम्पस प्रमुख मृत्यु भएको छ। शुक्रबार बेलुका ५ बजे  अज्ञात समूहको गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका क्याम्पस प्रमुख आदर्श कोतवाल वडा नम्बर २ खजुरिया टोल बस्ने हरीभूषण कुशवाहाको मृत्यु भएको हो । गोली लागेर गम्भीर घाईते भएको कुशवाहालाई बयोधा अस्पताल बीरगंजमा उपचारको लागि लगिएको थियो।उपचारको क्रममा कुशवाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।  गत बर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानध्यापक रुपेश स्वर्णकारको भारतिय सार्प सूटरहरुले  प्रहार गरी हत्या गरेको थियो । बारामा गोलि प्रहार गरि हत्या गर्ने घटना बढ्दो क्रममा रह...
प्रधानमन्त्री प्रचण्ड’ले गरे ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्ड’ले गरे ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

banner-news-1
हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरणले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गरेका हुन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएको छ ।   मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्क...
शुक्रबार सुनको मूल्य घट्यो

शुक्रबार सुनको मूल्य घट्यो

banner-news-2
काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ४०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज सुन छापावाल सुन तोलामा एक लाख ४१ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...