Sunday, September 13
Shadow

Author: Jeetpur Khabar

फरार प्रतिवादी राजदेवीबाट पक्राउ

फरार प्रतिवादी राजदेवीबाट पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहटले धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने कार्यलाई तिव्रता दिएको छ । डाँका चाेरी मुद्दा वारदातपछि फरार एक प्रतिवादी राैतहट प्रहरीले पक्राउ गरेकाे छ ‌। दिवाकर कुमार प्रसाद केशरीले जाहेरी दिएका थिए । पक्राउ पर्नेमा जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं.८ बस्ने श्याम कुमार महतो रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता (डिएसपी) सुनिल मल्लले जानकारी दिएका छन्। फरार रहेका प्रतिवादी श्याम आफ्नो घर ठेगानामा लुकी छिपी वसेको अवस्थामा प्रहरीले उनलाई फेला पारेकाे छ । उनलाई पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिईएको प्रहरीले जनाएको छ ‌।...
संसद् पुनर्स्थापना गरेर सर्वोच्चले न्याय दिएको छ : प्रधानमन्त्री देउवा

संसद् पुनर्स्थापना गरेर सर्वोच्चले न्याय दिएको छ : प्रधानमन्त्री देउवा

ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद् पुनर्स्थापना गरेर न्याय गरेको बताउनुभएको छ। शनिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशबाट विघटन भएको संसद् पुनर्स्थापना भएकाले अदालतले न्याय गरेको बताउनुभएको हो। उहाँले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ इंकित गर्दै सरकार मात्रै नभएर संसद् पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताउनुभयो। परमादेश नभएको भए सत्तापक्ष र प्रतिपक्षसँगै बसेर काम गर्न नपाइने भन्दै उहाँले परमादेशले भेट गर्ने मौका दिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हुन त हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ, जहिल्यै मलाई थाहा छ। यो संसद् नै परमादेशबाट आएको हो। त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर...
अछामकाे पहिराेमा पुरिएर १२ जनाकाे मृत्यु

अछामकाे पहिराेमा पुरिएर १२ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
अछाम - अछाममा पहिरोले पुरिएर १२ जनाकोमृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो। फाइल फोटो सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार कमलबजार नगरपालिकामा पहिरोले घर पुरिदा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ। उनले तुर्माखाँद गाउँपालिकामा २ र ढकारी गाउँपालिकाका एक जनाको शव फेला परेको बताए। यता ११ जना बेपात्ताको खोजी कार्य भइरहेको उनले बताए। अन्य ११ जना घाइतेको भने उद्धार गरिएको छ।...
लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा

लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा

Uncategorized
कञ्चनपुर- महेन्द्रनगर-शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ ।यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।“पैतीस जतिलाई पारि जङ्गलको उच्च भागमा सारेका छौँ भने १५ जनालाई वारितर्फको सुरक्षित भागमा ल्याएका छौँ ।” डुबानस्थलबाट सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले भन्नुभयो, “वनहराको बाढी बस्ती छेउको खोल्सोमा आउँदा पूरै बस्ती डुबानमा छ ।”स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानैदेखि...
मंसिर ४ काे निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

मंसिर ४ काे निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा धेरैले मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले आज शुक्रवार स्वीकृत गरेको मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता कायम भएका हुन् । जसमा ८८ लाख ४७ हजार पाँच सय ७९ जना महिला, ९१ लाख ४० हजार आठ सय ६ जना पुरुष र एक सय ८५ जना अन्य रहेका छन् ।आउँदो चुनावमा सबैभन्दा धेरै मतादाता मोरङमा सात लाख ३५ हजार पाँच सय २५ जना र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार सात सय ७९ जना रहेका आयोगले जनाएको छ ।यस्तै आयोगले आउँदो चुनावका लागि १० हजार आठ सय ९१ मतदातस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र कायम गरेको छ । मोरङमा आठ सय ३९ वटा मतदान केन्द्र रहेका छन् भने मनाङमा २८ वटा रहेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।...
मेयर बालेनमाथि साढे ७ लाख रुपैयाँकाे जरिवाना

मेयर बालेनमाथि साढे ७ लाख रुपैयाँकाे जरिवाना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिवाना तोकेको हो ।काठमाडौं महानगरका प्रमुख शाहले निर्वाचन खर्च विवरण मतपरिणाम सार्वजनिक भएको ३० दिन भन्दा ढिलो जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएका थिए । खर्च विवरण नबुझाउने र ढिला बुझाउनेलाई आयोगले निर्धारण गरेको निर्वाचन खर्च सीमाको आधार जरिवाना गर्ने निर्णय गरेको हो ।६ वटा महानगरमध्ये लतिपुरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख अञ्जली शाक्य बज्राचार्य र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले मात्रै मत परिणाम सार्वजनिक भएको ३० दिनभित्रै खर्च विवरण पेस गर्नु भए...
आज विश्वकर्मा पूजा मनाईदै

आज विश्वकर्मा पूजा मनाईदै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ। आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ। आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ...
नेपाल सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

नेपाल सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ। नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो ।२ सय २९ जना मध्ये ११७ खुला, आदिवासी जनजाति ३०, मधेसी २८, महिला २२, दलित १४, नेपाली सेनाका सन्तति ११ र पिछडिएको क्षेत्र ७ लागि आवेदन आह्वान गरिएको हो ।एक महिनाको समयमा देखिएर आजबाट भर्ना लागि आवेदन दिने व्यवस्था गरेको सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । केन्द्रीय भर्नाका लागि स्वयम्भूस्थित बारुदखानामा छुट्टाइएको छ भने सात वटै प्रदेशको पृतनामा प्रारम्भीक भर्ना हुने सेनाले जनाएको छ ।...
चीनकाे एक भवनमा भीषण आगलागीपछि..

चीनकाे एक भवनमा भीषण आगलागीपछि..

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
एजेन्सी । चीनकाे एक भवनमा भीषण आगलागी भएको छ। शुक्रबार चीनको हुनान चाङ्शामा रहेको एउटा भवनमा आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ।
भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

खेलकुद, ताजा-अपडेट
त्रिपुरेश्वर - भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाली राष्ट्रिय महिला फुटबल टोली छैटौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार साँझ भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले भारतमाथि १-० गोलअन्तरको ऐतिहासिक जित निकाल्दै फाइनलमा प्रवेश पाएको हो । उक्त खेलको पहिलो हाफमा नेपालले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त बन्यो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समर्थकको गतिलो साथ पाएको नेपालले पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङको गोलबाट अग्रता लिएको थियो । प्रीति राईले १८ यार्ड बक्सको बायाँ साइडबाट निकालेको पासमा रश्मीकुमारी घिसिङले गोल गरिन् । उक्त गोलको अग्रतालाई नेपालले खेलको पुरै समय जोगाउन सफल भएसँगै फाइनलमा स्थान पक्का गरेको हो। महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि न...