Saturday, April 18
Shadow

फरार प्रतिवादी राजदेवीबाट पक्राउ

राैतहट – जिल्ला प्रहरी कार्यालय राैतहटले धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने कार्यलाई तिव्रता दिएको छ ।

डाँका चाेरी मुद्दा वारदातपछि फरार एक प्रतिवादी राैतहट प्रहरीले पक्राउ गरेकाे छ ‌। दिवाकर कुमार प्रसाद केशरीले जाहेरी दिएका थिए ।

पक्राउ पर्नेमा जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं.८ बस्ने श्याम कुमार महतो रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता (डिएसपी) सुनिल मल्लले जानकारी दिएका छन्।

फरार रहेका प्रतिवादी श्याम आफ्नो घर ठेगानामा लुकी छिपी वसेको अवस्थामा प्रहरीले उनलाई फेला पारेकाे छ । उनलाई पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिईएको प्रहरीले जनाएको छ ‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *