Sunday, September 13
Shadow

Author: Jeetpur Khabar

बीरगंज : झुण्डिएको अवस्थामा एक युवती फेला

बीरगंज : झुण्डिएको अवस्थामा एक युवती फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
पर्सा - पर्साको वीरगञ्जमा एक युवतीले पासो लगाई आत्महत्या गरेकी छन् ।जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा भाडामा कोठा लिई बस्दैँ आएकी एक युवती झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । फाइल फोटो आज बिहान उनी आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हाल घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ ।...
सिरहामा राष्ट्रपतिको पुतला दहन

सिरहामा राष्ट्रपतिको पुतला दहन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सिरहा– नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ । आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेको हो । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरुले आन्दोलनको चेतावनी दिइरहेका छन् ।...
विभिन्न सवारी दुर्घटनामा ६ जनाको मृत्यु

विभिन्न सवारी दुर्घटनामा ६ जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित सडकमा प्र.३–०२–०१२ प ८१२२ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २१ वर्षीय दिल्लिराम खाती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकस्थित सडकमा बा.१४ च ९१०८ नम्बरको कार मंगलबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कार चालक सप्तरी लेगडा बस्ने ४४ वर्षीय बलराम यादव र कारमा सवार सुनसरी इटहरी उपमहानगरपालिका-१० बस्ने ३० वर्षीया गीता चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन...
दशैंमा भीड र यातायात नियन्त्रण गर्न सानो दिपको बैठक सम्पन्न

दशैंमा भीड र यातायात नियन्त्रण गर्न सानो दिपको बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
बिरगंज । दशैँमा देशका हरेक ठाउँमा भिड लाग्नु सामान्य हो । मधेश प्रदेशको बिरगंजमा पनि दशैँका बेला अत्याधिक भिड हुने गरेको छ । भिड नियन्त्रणबारे चर्चा गर्न बिरगंजकै एक संस्था सानो दिप क्लबले आफ्नो बैठक सम्पन्न गरेको छ । सोमबार बसेको बैठकबाट दशैँमा हुने भिड र यातायात व्यवस्थापन सम्बन्धी चर्चा भएको थियो । साथै सानो दिप सँस्थामा जुटेका नयाँ सदस्यहरुसँग पनि परिचय आदान प्रदान भएको सँस्थाका अध्यक्ष कृष कुर्मीले बताए । सानो दिप जसलाई अंग्रेजीमा “अ लिटल लाइट” पनि भनिन्छ । पछिल्ला दिनहरुमा पनि सानो दिप सँस्थाले विभिन्न उत्सव, दिवस जस्ता दिनहरुमा टाढाबाट आउने व्यक्तिहरुलाई निःशुल्क खानाको व्यवस्था मिलाउने काम गर्दै आएको छ । साथै यो सँस्था समाजिक कार्य, बालबालिका क्षेत्र, मानवताको उदेश्यले सञ्चालन गरिएको सँस्थाका अध्यक्ष कृष कुर्मीले बताए । सँस्थाका अध्यक्ष कुर्मीको अध्यक्षतामा सोमबारको बैठक स...
यी ४८ दलले प्रतिनिधिसभातर्फ बुझाए बन्दसूची

यी ४८ दलले प्रतिनिधिसभातर्फ बुझाए बन्दसूची

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सामानुपातिकतर्फ ४८ दलले उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बन्दसूची बुझाएका हुन् ।बन्दसूची बुझाउने दलको पहिलो नम्बरमा नेपाल समावेशी पार्टी, दोस्रो नम्बरमा तराई मधेश लोकतान्त्रिक पार्टी, तेस्रो नम्बरमा राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् । सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउने दलको अन्तिम अर्थात् ४८औँ नम्बरमा नेपाली कांग्रेस छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २ र ३ गतेभित्र सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउन समय निर्धारण गरेको थियो । अधिकांश दलले सोमबार बन्दसूची बुझाएका थिए । बन्दसूची बुझाउने कार्य आज बिहान मात्र सकिएको थियो ।आयोगका अनुसार ६८ दलले समानुपातिक सूची बुझाउन निवेदन दिएका थिए । तर, ४८ दलले मात्र विवरण बुझाएका छन् ।बन्दसूची बुझा...
सेनाकाे हेलिकप्टरले गाेली चलाउँदा कम्तिमा ६ जना बालबालिकाकाे मृत्यु

सेनाकाे हेलिकप्टरले गाेली चलाउँदा कम्तिमा ६ जना बालबालिकाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट
यांगुन- म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा ६ जना बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा सेनाले गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।रिपोट अनुसार सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो। केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्युभएको थियो ।...
डेंगु कारण नेपालमा २० जनाकाे मृत्यु

डेंगु कारण नेपालमा २० जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो ।७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित भएका छन् ।यस्तै क्रमशः सुदुरपश्चिम प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ३२२, मधेश प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।...
धमाधम फरार प्रतिवादी पक्राउ गर्दै राैतहट प्रहरी , थप ४ जना पक्राउ

धमाधम फरार प्रतिवादी पक्राउ गर्दै राैतहट प्रहरी , थप ४ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहटले एक पछि अर्काे फरार प्रतिवादीहरुलाई‌ पक्राउ गर्दै छन् । प्रहरीले थप ४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय राैतहटकाे एक बिज्ञप्ति अनुसार शनिबार देखि आइतबार सम्म‌ प्रहरीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राऊ गरेकाे छ। पक्राउ पर्नेमा चोरी मुद्दामा समानित रौतहट जिल्ला अदालतबाट २०७२ साल भदौ १० गते फैसला भएको लगत नं.१४०८ का फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने लखिन्द्र ठाकुर हजाम , सवारी ज्यान मुद्दामा फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने शिव बिश्वकर्मा , वन मुद्दामा फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने खजान्ती साह कानु र ज्यान मार्ने उधोग मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.७ बनबहुअरी वस्ने समरुल मियाँ दर्जी रहेकाे ज...
गौशाला त्रिभुवन मा.वि को एक शिक्षकको अश्लिलता ,केहि विद्यार्थीले छोडे विद्यालय

गौशाला त्रिभुवन मा.वि को एक शिक्षकको अश्लिलता ,केहि विद्यार्थीले छोडे विद्यालय

ताजा-अपडेट, मुख्य समाचार
गौशाला - महोत्तरीको गौशालामा रहेको त्रिभुवन मा.वि.मा अध्यापन गराउने एक शिक्षकले आफ्नै विद्यार्थीलाई गलत कार्य गर्न दबाद दिएको घटना बाहिरिएको छ । त्रिभुवन मा.वि.मा कक्षा २ अध्ययनरत मुस्लिम समुदायको एक ११ वर्षीय छात्रालाई सोहि विद्यालयमा वर्षौदेखि पढाउदै आइरहेको शिक्षक दिनेश प्रसाद सिंहले अश्लिल कार्य गर्न दबाद दिएको छात्राले आरोप लगाएकी छिन । शिक्षकले कक्षामा सम्पूर्ण विद्यार्थीहरुको अगाडी नै अपशब्द बोल्ने गरेका छन् ।पिडित छात्राले भनिन्, "यो शिक्षकले सधै बालिकाहरुलाई गलत नियतले हर्ने गरेका छन् । गृहकार्य जांच गर्ने बहानामा छात्राहरुको संवेदनशिल अंग छुने प्रयास गर्छन । साथै गृह कार्य नगरेको पाइएमा शिक्षकले “पछाडी फर्क ,कपडा खोलेर हिपमा हान्छु “ जस्तो अपशब्द प्रयोग गर्ने गरेका छन्।"शिक्षक सिंहको यस्तो अश्लिल हर्कतले केहि विद्यार्थीले पढ्न समेत छोडेको अर्को एक १२ वर्षीय पिडित बालिकाल...
रेडियो जुनतारा तेश्रो वर्ष पार गरि चौथो वर्षमा सफलतापुर्वक प्रवेश

रेडियो जुनतारा तेश्रो वर्ष पार गरि चौथो वर्षमा सफलतापुर्वक प्रवेश

ताजा-अपडेट, मुख्य समाचार
गौशाला - महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ बजार स्थित रहेको रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज तेश्री वर्ष पार गरि चौथो वर्षमा सफलतापुर्वक प्रवेश गरेको छ । आज विश्वकर्मा भगवानको पुजा आराधना संगसंगै रेडियो जुनतारा १०३.४ मेगाहर्जले आफ्नो वार्षिकोत्सव पनि मनाएको छ ।उज्यालो नेपाल द्वारा संचालित रेडियो जुनतारा एउटा सामुदायिक रेडियो हो ।समाज र संचार क्षेत्रमा ख्याती कमाएको यस रेडियोले सदैब समाज र समुदायको लागि कार्य गर्दै आएको छ । जसले गर्दा आज यहाँ सम्म सफलतापुर्वक आउन सफल भएको रेडियोका संचालक गौशाला -४ रजखोर निवासी निरन्जन कुमार साहले बताएका छन् । उनले मिडिया क्षेत्रमा कार्य गर्न निकै मुस्किल भएपनि आफ्नो मेहनत र समाजप्रति उत्तरदायी हुने भावना बोकेर यहाँ सम्म सफलता हासिल गरेकोमा खुसि व्यक्त गरेका छन् ।उनले भने," हाम्रो समाजमा सामुदायिक रेडियोको महत्व र आकर्षण विशेष छ । भौगोलिक कठिनाइका कारण ...