Friday, September 11
Shadow

Author: Jeetpur Khabar

टर्की र सिरियामा भुकम्प हुँदा ३००‌ जनाकाे मृत्यु

टर्की र सिरियामा भुकम्प हुँदा ३००‌ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
दक्षिणपूर्वी टर्की र सिरियामा भूकम्प जाँदा ३०० जनाको मृत्यु भएको छ । अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएकोे छ । भूकम्पको धक्का लेबनान, इजरायल र प्यालेस्टाइनर साइप्रसमा समेत महसुस गरिएको थियो । से बीबीसी...
सरकारबाट हटने रास्वपाकाे निर्णय

सरकारबाट हटने रास्वपाकाे निर्णय

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । फाइल फोटो केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको रास्वपाले पत्रकार सम्मेलन गर्दै जानकारी दिए । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
४ लाख भन्दाबढी नक्कली नोटसहित २ जना पक्राउ

४ लाख भन्दाबढी नक्कली नोटसहित २ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सिरहा - सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । सिरहाको लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट शनिवार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो।नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरुमा सिरहाको लाहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र सोही नगरपालिका वडा नम्बर १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन्।विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथबाट ४३५ थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार ५५ रुपैयाँ समेत बरामद भएको छ। उनीहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ।...
श्रीमतीलाई जिस्काएकाे रिसमा दम्पतीद्वारा एक भारतीय नागरिककाे हत्या

श्रीमतीलाई जिस्काएकाे रिसमा दम्पतीद्वारा एक भारतीय नागरिककाे हत्या

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
गुल्मी - गुल्मीमा एक जना भारतीय नागरिकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ ।सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । उहाँले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गर्नुभयो ।बयानका क्रममा अभियुक्तहरुले गएकाे माघ १२ मा रक्सी खाएर भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमती विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ ।दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरे...
भानुचाेक स्थित निमार्णाधिन घरमा आगलागी

भानुचाेक स्थित निमार्णाधिन घरमा आगलागी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर - जनकपुरधाम उपमहानगरपालिका–२ मिल्स शिवचोक भानुचोक सडकखण्डस्थित सीताशरण साहको घरमा आगलागी भएको छ ।शनिबार दिउँसो घरको निर्माणाधीन दोस्रो तलामा आगलागी भएको थियो । आगलागीमा परी लत्ता– कपडा,भाँडावर्तनलगायतका सामान जलेर नष्ट भएको छ । निर्माणाधीन कोठामा थोरै सामान रहेको र आगालागी भएको पाँच मिनेटमै बारुणयन्त्र पुगेर आगलागीलाई नियन्त्रणमा लिएकोले थोरै क्षति भएको जनाइएको छ ।जनकपुरधाम उपमहानगरपालिकाको वारुणयन्त्र तथा स्थानीयवासीहरुको सहयोगमा आगालागीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
सिधा कुरा नगरेकाे धेरै भएछ : रवि लामिछाने

सिधा कुरा नगरेकाे धेरै भएछ : रवि लामिछाने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले विषेश पत्रकार सम्मेलन गर्ने भएका छन् । रविले सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् ।उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु ।’आफूले सीधा कुरा नगरेको धेरै भएको भन्दै उनले आफ्नो पत्रकार सम्मेलन हेर्न र सुन्न सबैमा अनुरोधसमेत गरेका छन् । ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ,’ उनले भनेका छन् ।...
मेस्सीकाे गाेलबाट‌ पीएसजी विजयी

मेस्सीकाे गाेलबाट‌ पीएसजी विजयी

खेलकुद, ताजा-अपडेट
फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ।घरेलु मैदानमा गएराति भएको खेलमा पीएसजीले टुलुजमाथि २–१ गोल अन्तरले जित निकालेको हो।पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी र अक्रफ हकिमीले एकएक गोल गरे। टुलुजका ब्रान्को भान डेन बुमेनले एक गोल गरे।खेलको २० औं मिनेटमा भान डेन बुमेनले फ्रिकिकमा गोल गर्दै टुलुजलाई अग्रता दिलाए। हकिमीले ३८ औं मिनेटमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए। उनले कार्लोस सोलरको पासमा गोल गरे।दोस्रो हाफको ५८ औं मिनेटमा मेस्सीले गोल गरे। हाकिमीको पासमा मेस्सीले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए र पीएसजी २–१ गोलले विजयी भयो। पीएसजी २२ खेलमा ५४ अंकसहित शीर्षस्थानमा छ।...
स्थापन दिवसको अवसरमा चाैतारीद्वारा पुरस्कार वितरण हुने

स्थापन दिवसको अवसरमा चाैतारीद्वारा पुरस्कार वितरण हुने

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ।२२ माघ काठमाडौँमा हुन गइरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सुचना तथा कार्यक्रम विभाग प्रमुख हरिबल्लभ नेपालले जानकारी दिए। उनका अनुसार वरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठित समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ।जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ ( रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ।यसैगरी, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम...
व्यस्त बानेश्वरमा भेटियो बुवाछाेरीकाे शव

व्यस्त बानेश्वरमा भेटियो बुवाछाेरीकाे शव

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - काठमाण्डाैको नयाँ बानेश्वरमा शनिबार साँझ दुई जनाको शव फेला परेको छ । मृत भेटिनेमा रामेछापको खाँडादेवी स्थायी घर भइ काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी रहेका छन् ।छोरीको घाँटी रेटेर हत्या भएको अवस्थामा र किशोर पासो लगाएको अवस्थामा भेटिएकाले किशोरले नै छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।उनी पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बस्दै आएका थिए । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।...
अब बिना इन्टरनेटनै‌ क्यूआर भुक्तानी गर्न सकिने

अब बिना इन्टरनेटनै‌ क्यूआर भुक्तानी गर्न सकिने

ताजा-अपडेट, सूचना / प्रविधि
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोनपेले अफलाइनमा आधारित क्यूआर भुक्तानी सेवा सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले 'फाेनपे अफलाइन पेमेन्ट' सेवा ल्याएकाे हाे ।यसअन्तर्गत अफलाइनबाटै क्यूआर भुक्तानी गर्न सकिने गरी 'फोनपे ट्याग' तथा 'कस्टमर प्रेजेन्टेड' सेवा सार्वजनिक गरिएको छ ।मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोडभन्दा बढी भएपनि क्यूआरमार्फत हुने भुक्तानी थोरै रहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले अफलाइन भुक्तानी सेवा ल्याएको जनाएको छ ।यो सेवामार्फत इन्टरनेट नभएको अवस्थामा पनि क्यूआरमार्फत डिजिटल भुक्तानी हुने कम्पनीको भनाइ छ । यसका लागि कम्पनीले टोकनाइजेसन प्रविधिमा आधारित अफलाइन भुक्तानी सेवा ल्याएको छ ।'फोनपे ट्याग' (फोनपे ट्याप एन्ड गो) सेवा अन्तर्गत एनएफसी (नियर-फिल्ड कम्युनिकेसन) डिभाइस प्रयोगकर्ता (एन्ड्राेइड)ले क्यूआरमार्फत भुक्तानी गर्नसक्ने छन् ।एनएफसी...