Sunday, July 26
Shadow

मेस्सीकाे गाेलबाट‌ पीएसजी विजयी

फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ।

घरेलु मैदानमा गएराति भएको खेलमा पीएसजीले टुलुजमाथि २–१ गोल अन्तरले जित निकालेको हो।

पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी र अक्रफ हकिमीले एकएक गोल गरे। टुलुजका ब्रान्को भान डेन बुमेनले एक गोल गरे।

खेलको २० औं मिनेटमा भान डेन बुमेनले फ्रिकिकमा गोल गर्दै टुलुजलाई अग्रता दिलाए। हकिमीले ३८ औं मिनेटमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए। उनले कार्लोस सोलरको पासमा गोल गरे।

दोस्रो हाफको ५८ औं मिनेटमा मेस्सीले गोल गरे। हाकिमीको पासमा मेस्सीले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए र पीएसजी २–१ गोलले विजयी भयो। पीएसजी २२ खेलमा ५४ अंकसहित शीर्षस्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *