Friday, September 11
Shadow

Author: Jeetpur Khabar

निर्वाचनका लागि तोकिएको रकममध्ये करिब ३ अर्ब फिर्ता हुने

निर्वाचनका लागि तोकिएको रकममध्ये करिब ३ अर्ब फिर्ता हुने

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब रुपैयाँ फिर्ता हुने बताएका छन्।गत मंसिर ४ मा भएको निर्वाचनको समीक्षाका क्रममा शुक्रबार सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने बताए।आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने थपलियाले जानकारी दिए। नेपाल सरकारबाट उक्त निर्वाचनका लागि १० अर्ब रुपैयाँ विनियोजनमध्ये आठ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ निकासा भएकामा हालसम्म छ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा सरकारी कर्मचारीका साथै निजी क्षेत्रका कर...
चन्द्रपुरमा घरायसी विवाद कारण  छाेराले गरे बुवाकाे हत्या

चन्द्रपुरमा घरायसी विवाद कारण छाेराले गरे बुवाकाे हत्या

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट- घरायसी विवादमा रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन्।राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ।बाबु र छोरा प्रकाशबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए। बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ।घटना लगत्तै इलाका प्रहरीका डिएसपी सन्तुप्रसाद जैसवार राईको घर पुगेर छोरा प्रकाशलाई नियन्त्रणमा लिएका थिए। मृतक राईको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ।...
नागरिक उड्डयन प्राधिकरणकाे थप पाँचवटा नयाँ नियम

नागरिक उड्डयन प्राधिकरणकाे थप पाँचवटा नयाँ नियम

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - हवाई दुर्घटना न्यूनीकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँचवटा नयाँ नियम जारी गरेको छ। आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणले बताएको छ।नयाँ नियमअनुसार भिजुअल फ्लाइट रुल्स (ककपिटबाट पाइलटले आँखाले हेरेर उडान भर्ने नियम)अनुसार हाल दैनिक १० घण्टा र १० उडान गर्न पाउने प्रावधान रहेकोमा अब एक जना पाइलटले दिनमा आठ घन्टा र बढीमा आठवटा मात्र उडान गर्न पाउनेछन्।त्यस्तै जहाज अवतरण गर्दा जमिनबाट एक हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न पाउँदैनन्। पहाडी क्षेत्रमा हुने सर्ट टेक अफ एन्ड ल्यान्डिङ (स्टल) उडान गर्दा जहाज जमिनको सतहबाट सधैँ पाँच सय फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा जमिनको सतहबाट कम्तीमा एक हजार फिटमाथि हुनुपर्नेछ।वायुसेवा कम्पनीका सबै ...
पक्राउ गर्न जाँदा प्रहरी माथिनै हमला, २ जना फरार युवा प्रहरी नियन्त्रणमा

पक्राउ गर्न जाँदा प्रहरी माथिनै हमला, २ जना फरार युवा प्रहरी नियन्त्रणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, गौर – डाँका चोरी र ज्यानमार्ने उद्योगमा फरार दुई जना अभियुक्तलाई रौतहट प्रहरीले बुधवार पक्राउ गरेको छ । रौतहटको गौर नगरपालिका–२ स्थित लाल बकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी दिनुभयो । उनका अनुसार फरार अभियुक्त जिल्ला रौतहट गौर नगरपालिका ५ कोइरीयाटोल बस्ने लालकिशोर यादवको छोरा अन्दाजी १९ वर्षीय राहुल यादव र अर्को गौर नगरपालिका ४ बस्ने जुगा राय यादवको अन्दाजी १९ वर्षीय छाेरा रवि यादव रहेका थिए । बुधवार करिब ३ बजे रौतहट प्रहरीले सर्च अप्रेशन गर्दै जाँदा निज राहुल यादवले बोकेको चक्कु प्रहार गर्दा जिल्ला प्रहरी कार्यालयबाट कार्यरत प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हात कटिएर घाइते भएको ...
कालीगण्डकीकाे देवशिला भारतको अयोध्या पुग्यो

कालीगण्डकीकाे देवशिला भारतको अयोध्या पुग्यो

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम - नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुगेको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो ।यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरिएको थियो। फाइल फोटो ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए । शिलालाई बुधबार नै यहाँस्थित राम से...
विमानस्थलबाट ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ

विमानस्थलबाट ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन्।दुबईबाट फ्लाइ दुबई एफजेड-५७३ (FZ-573) मा काठमाडौं आएका पासपोर्ट नम्बर एएम २६६५४८ का क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।विमानस्थल सुरक्षा प्रहरी प्रवक्ता लालमणि आचार्यका अनुसार उनको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन भेटिएको छ। आठ वटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन कम्मरमा फल्स बटन बनाएर बोकेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थिए। पक्राउ परेका महमदलाई केएमसी अस्पताल सिनामंगलमा मेडिकल जाँच गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।...
डेरी उद्योगमा छापा, शिलबन्दी गरी ४ जना पक्राउ

डेरी उद्योगमा छापा, शिलबन्दी गरी ४ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
गाैर - राैतहट प्रहरीले मंगलबार जिल्लाकाे सदरमुकाम गाैर स्थित एक डेरी उद्योगमा छापा मारेकाे छ। छापा मारीकाे क्रममा प्रहरीले ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेकाे थियो। उक्त अखाद्यद वस्तु जनावरकाे बाेसाे (चर्वी) रहेकाे समाजिक सञ्जालकै एक भिडियोमा प्रष्ट देखिन्छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्र टोलीले गौर नगरपालिका वडा नम्वर ५ पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योेगमा छापा मारेका थिए। उक्त कार्यमा संलग्न डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर बस्ने हाल गाैरमा आफ्नै घरमा डेरी संचालन गरेका शेख समिम , उनका भाई माे. माेतिउल्ला , त्यहाँका स्थानीय बच्चा खानकाे छाेरा अन्दाजी २४ वर्षीय इफान खान र गरुडा नगरपालिका-८ शेख फकिरकाे छाेरा‌ अन्दाजी २३ वर्षीय माे.समसे आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। ...
स्वतन्त्र पार्टी खारेजीकाे माँग गर्दै निर्वाचन आयोगमा उजुरी

स्वतन्त्र पार्टी खारेजीकाे माँग गर्दै निर्वाचन आयोगमा उजुरी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।युवराज पौडेलले निर्वाचन आयोगका सचिवलाई सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएमकाले तत्काल पार्टी खारेजको माग गरिएको छ । एकजना गैर नागरिक उपप्रधान तथा गृह मन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको हुन सक्ने भएकाले राष्ट्रिय हितभन्दा बाहिर गइ यस्ता कार्य भएको हुँदा रास्वपा खारेज गर्नुपर्ने उनको तर्क छ ।...
स्वतन्त्र पार्टीकाे सभापतिमा डाेलप्रसाद चयन

स्वतन्त्र पार्टीकाे सभापतिमा डाेलप्रसाद चयन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । रास्वपाको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिएको प्रवक्ता ढकालले बताए । ‘कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ’, प्रवक्ता डा ढकालले भने ।यस्तै, सो पार्टीको शुक्रबारै बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोले रिक...
पाकिस्तानमा ग्यास बिस्फोट, ४ बालबालिकाकाे मृत्यु

पाकिस्तानमा ग्यास बिस्फोट, ४ बालबालिकाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
इस्लामावाद - पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला घाइते भएका छन् ।परिवारका एक सदस्यले कोठामा लिक भएको ग्यास जम्मा भएको थाहै नपाई हीटर बाल्ने प्रयास गर्दा घटना भएको जनाइएको छ । घटनामा घर आंशिक रुपमा भत्किएको र ठूलो आगो निस्कियो जसको कारण बच्चाहरू र महिलाहरू गम्भीर रूपमा जलेका थिए । उद्दार टोलीहरूद्वारा घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।घाइते बालबालिकाको मृत्यु भएको छ भने गम्भीर घाइते महिलाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । क्वेटामा हाल चरम शीतलहर जारी रहेको छ । क्वेटामा हाल रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ ।...