Friday, September 11
Shadow

Author: Jeetpur Khabar

बिरामी सवार विमान दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

बिरामी सवार विमान दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
वासिङ्टन । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए)ले आज जनाएको छ । दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र निजको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण स्पष्ट भएको छैन । निरन्तर हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ । क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ । शनिबार साझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीवि...
टर्कीमा पुनः शक्तिशाली भूकम्प

टर्कीमा पुनः शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी तीनजनाको मृत्यु र ६८० भन्दा बढी व्यक्ति घाइते भएका बीबीसीले जनाएको छ ।टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सीले स्थानीय समयानुसार सोमबार राति ८ बजेर ४ मिनेटमा ६.४ म्याग्निच्युड र त्यसको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ ।टर्कीमा ती दुई नयाँ भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएपछि उद्धारकर्ताले फेरि एकपटक भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेका छन् ।टर्कीको छिमेकी मुलुक सिरियासँगको सीमानजिकै केन्द्रविन्दु भएर ती भूकम्प गएका हुन् । सोही ठाउँ केन्द्रविन्दु भएर यही फेब्रुअरी ६ तारिखमा विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परी टर्की र सिरियामा ४४ हजार मानिसको मृत्यु भएको थियो । हजारौँ मानिस घरबारविहीन भएका थिए । सोमबारको नयाँ भूकम्पपछि दर्जनौँपटक परकम्प महसुस गरिएको बीबीसीले उल्लेख गरेको छ ।...
आज सेयर बजारकाे काराेबार बन्द

आज सेयर बजारकाे काराेबार बन्द

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । सेयर बजार मंगलबार बन्द हुने भएको छ ।ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते) सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।
महाशिवरात्रि र नेपाल सेना स्थापनाकाे अवशरमा विभिन्न कार्यक्रमकाे आयाेजना

महाशिवरात्रि र नेपाल सेना स्थापनाकाे अवशरमा विभिन्न कार्यक्रमकाे आयाेजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
बारा - प्रत्येक वर्ष झै महाशिवरात्रि तथा नेपाल सेनाकाे २६० औं वार्षिक उत्सवकाे अवशरमा यस वर्ष पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ। शनिबार बारा जिल्लामा तैनाथ श्री नं.२८ वाहीनी अड्डा‌ तथा‌ श्री ज्वालादल गणकाे संयुक्त आयोजनामा निजगढ नगरपालिका -४ स्थित श्री पर्वतनाथ महादेव मन्दिर परिसरमा स्थानीय सांस्कृतिक झल्काउने विभिन्न कार्यक्रम तथा नेपाली सेनाकाे गतिविधि झल्काउने भिडियो प्रदर्शन आयाेजना भएको हाे ‌ । यतिमात्र नभएर जिम्मेवारी क्षेत्रमा गरिएका सुरक्षा सम्बन्धी तस्बिरहरु साथै स्थानीय स्राेत र साधन प्रयोग गरि मेडिकल संचालन समेत गरिएको हाे । एनसिसी अलमुनियम संग समन्वय गरी सांस्कृतिक कार्यक्रम तथा त्यहाँका स्थानीय बसोबास गरेका भू.पु सैनिक तथा आस्रित परिवारहरुबाट विभिन्न राेचक कार्यक्रम गर्नुकाे साथ-साथै प्रसिद्ध गढीमाई मन्दिरलाई सरसफाई गरी कलम यात्रा समेतकाे आयाेजना गरि महाशि...
भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने तयारीमा

भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने तयारीमा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं- नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने भएका छन ।काठमाडौं, टुडिखेलमा सेना दिवसको अवसरमा भोली हुने बिशेष कार्यक्रममा सहभागी हुनका लागि भारतीय सेना प्रमुखहरु नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन लागि भारतीय सेनाका पूर्व प्रमुखहरुलाई आमान्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको उनको भनाई छ ।नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ।...
राैतहट : करिब ८ वर्षदेखि अलपत्र पुल निर्माणका लागि आमरण अनसनमा

राैतहट : करिब ८ वर्षदेखि अलपत्र पुल निर्माणका लागि आमरण अनसनमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि पुल निर्माण नभएको भन्दै नेपाल पत्रकार महासंघ राैतहट शाखाका सह-सचिव संजय सहनी आमरण अनशनमा बसेका छन ।रौतहटजिल्लाको गौर ४ टिकुलियामा रहेको लालबकैया नदीको पुल आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न गराउन कसैले चासो नदिदा स्थानीयले पीडा खेप्नु परेको भन्दै पत्रकार संजय सहनी सोमवार साँझ देखी आमरण अनसनमा बसेका छन ।वि.स.२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया घाट स्थित लाल बकैया नदीमा शिलान्यास गरेको पक्की पुलको निर्माण गर्ने जिम्मा पप्पु कन्सन्ट्रक्सनले पाएको थियो । २०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुल शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि ५० प्रतिशत भन्दा बढी काम सम्पन्न हुन सकेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गएिको थियो ।पप्पु कन्सन्ट्रक्सनले काम नगरे...
ब्रिटिशलाई लखेटेको समनपुरमा फागु बैरिया मेलाकाे आयाेजना

ब्रिटिशलाई लखेटेको समनपुरमा फागु बैरिया मेलाकाे आयाेजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,राैतहट - समनपुरमा प्रत्येक वर्षझै‌ यसवर्ष पनि फागु‌ बैरिया मेलाकाे आयाेजना हुने भएको छ। हरेक वर्ष फागुन पुर्णिमाकाे अवसरमा आयाेजना हुने फागु बैरिया मेलाकाे यसवर्ष पनि धुमधामका साथ तयारी थालिएको गढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् । राैतहट जिल्लाकाे मध्ये भाग र सर्लाहीसँग‌ जाेडीएकाे समनपुरकाे पनि आफ्नै इतिहास रहेको छ । यद्यपी समनपुरकाे इतिहास कागजमा लेखिएका मसीझै बिस्तारै लाेप हुदै गयाे । आइतबार गढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गर्दै मेलाकाे तयारी बारे जानकारी दिएका हुन्। याे मेला फागुन १९ देखि २३ सम्म हुने तय गरिएको हाे । परम्परागत र निरन्तर रुपमा आयाेजना हुने फागु मेलाकाे लागि यसवर्ष तयारी धुमधामका साथ हुन थालिएकाे । गढीमाई नगरपालिकाकाे आयाेजनामा ब्रिटिश फाैजलाई पराजित गरेको ऐतिहासिक दिनकाे सम्झना सहित राैतहटकाे समनपुरमा हरेक फागु पुर्णिकाे अवशर पारेर ...
टर्की भुकम्प अपडेट: मृतक संख्या ४३ सय नाघ्यो

टर्की भुकम्प अपडेट: मृतक संख्या ४३ सय नाघ्यो

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ।भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन्।राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने भन्दै उनले उद्धार र राहतलाई तिब्रता दिइरहेको बताए।उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ।सिरियामा उद्धारकर्ताहरूले रातभर काम गर्न हेडलाइट र फ्लड लाइटहरू प्रयोग गरेका थिए। राज्यको स्वास्थ्य मन्त्रालय र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १,४५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। देशभरि ह...
पाेखरा विमान दुर्घट्ना बारे खुल्याे रहस्य, मानविय त्रुटि भएकाे आशंका

पाेखरा विमान दुर्घट्ना बारे खुल्याे रहस्य, मानविय त्रुटि भएकाे आशंका

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
माघ १‌ कालाेदिन । खुशीकाे दिनमा मुटु चिर‌ हुने एउटा घटना‌ जसले इतिहासमै नाम दर्ज गरायाे । पाेखराका लागि काठमाडौँबाट छुटेका , निर्धक्क एयरलाइन्स माथि भराेस राख्दै विमानमा सफर गरेका ती यात्रहरु । माघ १ गते भएको भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको छ । ‘प्रोपेलर फेदर’लाई दुर्घटनाको मुख्य कारण मानिएको छ । यस विषयमा लोकान्तरले यती एयरलाइन्स दुर्घटना जाँच आयोग २०७९ का सदस्य एरोनिटिकल इन्जिनीयर डा.दीपकप्रसाद बास्तोलासँग गरेको संक्षिप्त कुराकानी पढ्नुहोस्। ‘प्रोपेलर फेदर’ भनेको टर्फलेस कन्डिसन हो । यसले गर्दा दुईवटै इन्जिन आइडलमा चल्ने कन्डिसन हो । जस्तो गाडी गियरमा नभई इन्जिन चल्छ नि त्यस्तै अवस्था हो ।इन्जिन चल्दा पछाडिपट्टि हावा फाल्नुपर्ने हो तर यस्तो नभएको अवस्था हो । यस्तो हुँदा दुईवटै इन्जिनमा पावर आएन । उहाँहरू फाइनल लेग (अनुमानित भद्रकाली मन्दिरमाथि) पुग्...
चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको धन्सार नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ७ का किरण घिसिङ लामा रहेको रौतहट ट्राफिक प्रमुख इन्स्पेक्टर विमलाकुमारी कठायतले बताइन् । आइतबार साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश ०४-००१-प ३५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामाको चन्द्रपुर हस्पिटलमा उपचारको क्रममा आइतबार राती ८ बजे मृत्यु भएको इन्स्पेक्टर कठायतले बताइन् । मृत्यु भएका घिसिङ बाराको निजगढस्थित होली एन्जल्स इङ्लिस बोर्डिङ स्कूलमा शिक्षकको रूपमा कार्यरत थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...