Monday, July 27
Shadow

स्थापन दिवसको अवसरमा चाैतारीद्वारा पुरस्कार वितरण हुने

काठमाडौं – नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ।

२२ माघ काठमाडौँमा हुन गइरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सुचना तथा कार्यक्रम विभाग प्रमुख हरिबल्लभ नेपालले जानकारी दिए। उनका अनुसार वरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठित समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ।

जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ ( रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ।

यसैगरी, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई दिन लागिएको चौतारीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *