Thursday, April 16
Shadow

Tag: nepal

अस्ट्रेलिया पठाउने भनी ३० लाख ठगी गर्ने एक महिला पक्राउ

अस्ट्रेलिया पठाउने भनी ३० लाख ठगी गर्ने एक महिला पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। अस्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ घर भई हाल काठमाडौं महानगरपालिका-१ लाजिमपाट बस्‍ने २५ वर्षीया सयना रहेका छन् ।उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिमपाटबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।उनले पीडितहरुबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।...
कतारसँग नेपाल बिजयी

कतारसँग नेपाल बिजयी

खेलकुद, ताजा-अपडेट
काठमाडौं - एसीसी प्रिमियर कपको अन्तिम लिग खेलमा सन्दीप लामिछानेको घातक बालिंग सामु कतार घुडा टेक्दै ८९ रनमा अलआउट भएका छन् ।नेपाले प्रस्तुत गरेको १५८ रनको सानो लक्ष्यलाई पुरा गर्न कतार निरीह बन्दै हार बेहोर्न बाध्य भएका हुन् । नेपालको जित संगै सेमिफाइनलमा सहज प्रवेश पाएको छ ।नेपालले सुरु देखि नै कतार माथि दबाव बनाएका थिए । नेपाली बलरको दबाव सहन नसकी ८९ रनमा अलआउट भए । नेपालको लागि लेग स्पीनर सन्दीप लामिछाने ५ विकेट, सोमपाल कामी ३ विकेट, ललित राजबंशीले २ विकेट लिएर कतारलाई घुडा टेकाए । सन्दीपलाई पाँचौं विकेक दिलाउन गुल्सन झाको उत्कृष्ट क्याचको महत्वपूर्ण योग्यदान रहे । आजको म्याच अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका सन्दीप लामिछानेले पाए । नेपाल समुहमा पहिलो स्थान बनाउन सफल भएको छ ।...
आज नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै

आज नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै

खेलकुद, ताजा-अपडेट
काठमाण्डौ। काठमाडौंमा जारी एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा आज नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै छ । त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।...
३३ निर्माण कम्पनीकाे लाइसेन्स खारेज

३३ निर्माण कम्पनीकाे लाइसेन्स खारेज

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ। मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार एक सूचना जारी गर्दै ती निर्माण व्यवसायीको इजाजत रद्द गरेको जानकारी गराएको हो। निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९–०८० का लागि चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेका व्यवसायीहरूको निर्माण व्यवसाय इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ।...
बबरमहलमा धुँवा फाल्ने १५ सवारी साधन माथी कारबाही

बबरमहलमा धुँवा फाल्ने १५ सवारी साधन माथी कारबाही

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ । मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । काठमाडौँको बबरमहलमा बुधवार गरिएको प्रदुषण चेकिङका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस ७ वटा, माइक्रोबस ५, पिकअप भ्यान २ र ट्रक १ गरी १५ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेका हुन् ।वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधन फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।कारबाहीमा परेकाहरुलाई सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरेसँगै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने उनको भनाइ छ।...
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
ईटहरी - ईटहरी उपमहानगरपालिका-२ पशपति चोक बस्ने ६० वर्षीय केदर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय दिपक थापासहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ७ सय ९५ रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।यस्तै डीआईजीहरु बिष्णु कुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान् महाराजगंज, लालमणि आचार्यको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं, सुरेन्द्र् प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौ, अर्जुन चन्द ठकुरीको सा...
प्रधानमन्त्री प्रचण्ड आज विश्वासकाे मत लिने

प्रधानमन्त्री प्रचण्ड आज विश्वासकाे मत लिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठ्माण्डौ - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिनेछन् । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ । गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।...
तेस्रो राष्ट्रपतिकाे रुपमा रामचन्द्र पौडेल निर्वाचित

तेस्रो राष्ट्रपतिकाे रुपमा रामचन्द्र पौडेल निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठ्माण्डौ - देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित हुनुभएको हो । ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिनुभएको हो ।कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गर्नुभएको थियो । एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाउनुभयो । उहाँलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिनुभएको हो ।आज भएको निर्वाचनमा संघीय सांसदतर्फबाट १९ जना र प्रदेशसभातर्फबाट ३२ जना अनुपस्थित हुनुभएको थियो । राष्ट्रपति निर्वाचनमा कुल ८८२ मतदाता छन् । तर, मतदानमा भने ८३१ मत खसेको ...
भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने तयारीमा

भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने तयारीमा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं- नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने भएका छन ।काठमाडौं, टुडिखेलमा सेना दिवसको अवसरमा भोली हुने बिशेष कार्यक्रममा सहभागी हुनका लागि भारतीय सेना प्रमुखहरु नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन लागि भारतीय सेनाका पूर्व प्रमुखहरुलाई आमान्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको उनको भनाई छ ।नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ।...