वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर
रौतहट - नेपाल सरकारबाट प्रदान हुने निःशुल्क औषधी पनि बाहिरबाट खरिद गराई सेवा ग्राहीलाई रौतहटको सरदुकाम गौर स्थित प्रादेशिक अस्पतालले वर्षो देखि ठग्दै गरेको तथ्य बाहिरिएको छ ।
प्रादेशिक अस्पताल गौरमा भएको कर्मचारी अभावलाई एक महिनाको लागि रौतहट जिल्ला अन्र्तगत यमुनामाई गाउँपालिकाले पुरा गरेको छ । प्रादेशिक अस्पतालका कर्मचारीहरु धमाधम सरुवा लिन थालेपछि अस्पतालमा जनशक्तिको ठुलो अभाव हुन थालेको हो । केहि दिन पहिला प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मीले कम्तीमा १ महिनाको लागि स्टाफ पठाइ सहयोग गर्न अनुरोध गरेका थिए । सोही अनुरोधलाई कदर गर्दे यमुनामाई गाउँपालिका लगायत अन्य पालिकाहरुले सहयोग गरेका हुन् । आर्थिक बजेटको भागबन्डा नमिलेर एकपछि अर्को सरुवाको कारण भइरहेको अशंका छ ।
भनिन्छ, स्वास्थ्य नै धन हो र अस्पताललाई मन्दिर साथै स्वास्थ्यकर्मीलाई देवताको स्वरुप मानिने ...









