Thursday, April 16
Shadow

Tag: nepal

टी-२० क्रिकेटमा नेपालको वरियता खस्कियो

टी-२० क्रिकेटमा नेपालको वरियता खस्कियो

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल, टी-२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा झरेको छ । सन् २०२४ मा हुने टी-२० विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै स्थान बनाउने भएकाले यसको महत्व छ । वरीयता घटेसँगै नेपालको विश्वकपमा सिधै छनोट हुने सम्भावना पनि कमजोर हुँदै गएको छ ।टी-२० को नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ ।...
आज बिहान ६ म्याग्‍निच्यूडको भूकम्प

आज बिहान ६ म्याग्‍निच्यूडको भूकम्प

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १५ श्रावन, रौतहट । आज बिहान खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे । ‘खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ’, उनले भने । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । मोरङ र खोटाङमा ठूलै धक्काको महसुस गरिएपनि अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले बताए । संयन्त्रमार्फत थप विवरण लिने काम भइरहेको उनले बताए ।...
हरिवनमा छाडा कुकुरको आतङ्क

हरिवनमा छाडा कुकुरको आतङ्क

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १४ जेठ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार दुई दिनमा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयले बताएका छन् । यसैगरी, मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ । कुकुरले टोकेर वडा वडा नं. ८ मा १० जना र वडा नं. ११ मा ६ जना बिरामी परेका स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको छ । कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । कुकुरले घाँटीभन्दा माथिको भागमा टोक्यो भने बढी खतरा हुने नमूना अस्पताल हरिवनका डाक्टर सन्तोष यादवले बताउनुभयो । काठमाडौं रेफर गरिएका दुई बालकबाहेक अन्य १४ जना बिर...
विवेकशील पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

विवेकशील पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, रौतहट । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् । गत ५ वर्षदेखि आफूले तन, मन र धनले भ्याएसम्म संयोजक र अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गरेको भन्दै मिश्रले उल्लेख गरेका छन्, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।...
रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव १० जेठ, रौतहट । स्थानिय तहको निर्वाचनमा रौतहटका १८ पालिका मध्ये १५ पालिकाको मत सार्वजनिक भएको छ । त्यस्तै बाँकी ३ पालिकाको अझै मत गणना जारी नै रहेको छ । वैशाख ३० गते भएको स्थानिय निर्वाचनमा ६ पालिकाको ११ स्थानमा २४ वटा मतदान केन्द्र रद्द भएको थियो । जसपछि पुनः ४ गते बाँकी पालिकाको मतदान भएको थियो । मत सार्वजनिक भएको मध्ये नेपाली काँग्रेसको अग्रता देखिएको छ । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका ५ नगरप्रमुख पदमा विजयी भएका छन् । राजपुर नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका, कटहरिया नगरपालिका र माधवनारायण नगरपालिकाको नगरप्रमुखका रुपमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । त्यस्तै १५ वटा पालिका मध्ये नेकपा एकीकृत समाजवादीका नगरप्रमुख पदमा उम्मेदवारी दिएका ४ जना विजयी भएका छन् । गौर नगरपालिका, राजदेवी नगरपालिका, बौधीमाई नगरपालिका र वृन्दावन नगरपालिकामा समाजवा...
कटहरिया ९ को वडा अध्यक्षमा रुपेश यादव निर्वाचित

कटहरिया ९ को वडा अध्यक्षमा रुपेश यादव निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, ९ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिका ९ को वडा अध्यक्ष पदमा रुपेश यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका यादवले कुल ५६५ मत प्राप्त गरेका हुन् । त्यस्तै उनको निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फका उम्मेदवार रामाज्ञा प्रसाद यादवले ३१२ मत प्राप्त गरेका थिए । आफ्नो निकटम प्रतिस्पर्धीलाई २५३ मतले पराजित गर्दै रुपेश यादव विजयी बनेका हुन् । त्यसै गरी नेपाली कांग्रेसबाट कटहरिया नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका अजय प्रकाश निर्वाचित भएका छन् । उनले निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार तथा निर्वतमान मेयर सियाराम प्रसाद कुशवाहालाई २ हजार ५९५ मतले पराजित गरेका हुन् । नवनिर्वाचित अजयले कुल ७ हजार १७२ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्धन्दी कुशवाहाले ४ हजार ५७७ मत प्राप्त गरेका थिए । रौतहटको १८ पालिका मध्ये १२ पालिको मतगणना...
इन्धन खपत कम गर्न आज देखि सातामा दुई दिन बिदा

इन्धन खपत कम गर्न आज देखि सातामा दुई दिन बिदा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल न्यूज डेस्क, १ जेठ, रौतहट । सरकारले आजदेखि सातामा दुई दिन बिदा लागू गरेको छ । केहि दिन पहिलालाई जानकारी गराइएको नियम आजबाट कार्यवयनमा आएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो । निर्वाचन लगत्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य स्थानीय तहको चुनावलगत्तै सरकारले पेट्रोलियम पदार्थको म...
ईदको अवसरमा चामल तथा कपडा वितरण

ईदको अवसरमा चामल तथा कपडा वितरण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २४ वैशाख, रौतहट । रौतहटको परोहा नगरपालिकामा कोबा डेभलपमेन्ट फाउन्डेसनद्धारा गरिब परिवारलाई चामल तथा बालबालिकालाई कपडा वितरण गरिएको छ । मुस्लिम समुदायको महान पर्व ईदको अवसर ३०० गरिब परिवारलाई चामल वितरण गरिएको थियो । त्यस्तै, २ वर्ष देखि १२ वर्षका २५० बालबालिकालाई कपडा वितरण गरिएको फाउन्डेसनका अध्यक्ष वासिम अख्तर (रेयाजी) ले जनाकारी दिए । “हामीले एउटा सानो प्रयास मात्र गरेका छौँ” फाउन्डेसनका अध्यक्ष अख्तरले भने । सबैको घरमा खुशी ल्याउन हामीले सो वितरण गरेको उनले बताए । परोहा नगरपालिका वडा नं.२ जिगाडवा टोलमा सो वितरण भएको उनले बताए । चामल र कपडा पाएपछि स्थानिय हर्सित भए । बितरणको लागि फाउन्डेसन लगायत वासिम अख्तरलाई पनि स्थानियहरुले धन्यवाद ज्ञापन गरेका थिए ।  ...