Sunday, July 26
Shadow

खेलकुद

श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क२३ भाद्र, राैतहट । श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपमा भुटानलाई २-१ ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रव्रेश गरेकाे हाे ।नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान एक गोल गरे । भुटानका जितसुन दोर्जेले एक गोल गरे । समूह बी मा नेपाल र साविकको विजेता भारतको समान ३ अंक छ । दुवै टोलीले अन्तिम चारमा स्थान बनाएका छन् । शुक्रबार भारतविरुद्धको खेलमा जित निकालेमा नेपाल समूह विजेता बन्नेछ ।समूह ए बाट भने बंगलादेश लगातार दोस्रो जितसँगै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । यसअघि पहिलो खेलमा आयोजक श्रीलंकालाई ५-१ ले हराएको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई ४-० ले हरायो ।शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलले सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोलीको टुङगो लगाउनेछ । भुटान भने लगातार दोस्रो हार...
सन्दीपबारे क्यानले तत्कालै कुनै पनि छानबिन नगर्ने : अध्यक्ष चन्द

सन्दीपबारे क्यानले तत्कालै कुनै पनि छानबिन नगर्ने : अध्यक्ष चन्द

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२२ भाद्र, राैतहट । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा तत्कालीन नेपाल क्रिकेट सङ्घ (क्यान)ले केही छानबिन नगर्ने बताएको छ ।क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए। ‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ,’ क्यान अध्यक्ष चन्दले भने।उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए। महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको ...
सन्दिपलाई इन्टरपाेलकाे सहयाेगमा पक्राउ गरिने : डिआइजी राई

सन्दिपलाई इन्टरपाेलकाे सहयाेगमा पक्राउ गरिने : डिआइजी राई

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२२ भाद्र, राैतहट ‌। नेपाल प्रहरीले इन्टरपाेलकाे सहयोगमा जबरजस्तीकरणी(बलात्कार)को आराेपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्ने भएको छ ।प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले बताउनुभयो । उनले भने, ‘देशमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन पर्दैन डिआईजी राईले बताउनुभयाे । भदौ ५ गते सन्दीप माथि एक बालिकाले होटेलमा लगेर पटक पटक बलात्कारको आरोप लगाउँदै मंगलबार गौशाला बृत्तमा उजुरी दर्ता गराएका छन् ।जबर्जस्तीकरणीको आरोप लागेका सन्दीप भने हाल वेस्टइन्डिजमा जारी क्यारेवियन प्रि...
सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ भाद्र, राैतहट । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले आकस्मिक बैठक बोलाएको छ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेपछि क्यानले बुधबार सन्दीपको विषयमा निर्णय गर्न बैठक बोलाएको हो।बैठकले सन्दीपको कप्तानीका विषयमा निर्णय लिन सक्ने क्यान अध्यक्ष चतुरबहादुर चतुरबहादुर चन्दले बताएका छन् । बलात्कार आरोप लागेकाले सम्भवतः क्यान बैठकले बुधबार उनलाई तत्काल निलम्बनमा राख्ने निर्णय गर्ने जनाइएको छ ।सन्दीपविरुद्ध मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया किशोरीले उजुरी दिएकी थिइन्। ५ भदौमा सन्दीपले गौशालस्थित एक होटलमा लगेर ती युवतीलाई बलात्कार गरेको आरोप उजुरीमा छ ।अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरी...
क्रिकेटर लामिछानेविरुद्ध बालिका जबरजस्ती करणीको उजुरी

क्रिकेटर लामिछानेविरुद्ध बालिका जबरजस्ती करणीको उजुरी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २२ भदौं, रौतहट । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिगमाथि जबरजस्ती करणीको उजुरी परेको छ । सन्दीपविरुद्ध हिजो मंगलबार जबरजस्ती करणीको उजुरी परेको हो । उनीविरुद्ध गत भदौ पाँच गते एक १७ वर्षीया किशोरीलाई प्रभावमा पारेर जबरजस्ती करणी गरेको उजुरी परेको हो । उजुरीमा नाबालिगले सन्दीपसँग सामाजिक सञ्जालमार्फनत चिनजान भएको र भेट्न बोलाएर उनले आफूलाई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । उजुरीमा बालिकाले बालात्कार भएको दिन भदौमा पाँच गते आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको होटलमा लगेर राखेको विवरण उल्लेख गरेकी छन् । प्रहरी प्रधान कार्यालयको उच्च स्रोतका अनुसार बालिकाले त्यस रात आफूलाई सन्दीपले दुईपटक जबरजस्ती करणी गरेको बताएकी छन् । मंगलबार अबेर उजुरी परेकाले उनीविरुद्ध पक...
नेपाललाई केन्याले दियो २५६ रनको लक्ष्य

नेपाललाई केन्याले दियो २५६ रनको लक्ष्य

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल न्यूज डेस्क, २० भदौं,रौतहट। कोलिन्स ओबुयाले ८४ रन बनाएपछि केन्याले तेस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि २५६ रनको लक्ष्य पेस गरेको छ । केन्याका नैरोबीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा घरेलु टोलीका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको हो । केन्याका लागि ओबुयाले सबैभन्दा धेरै ८४ रन बनाए । ओबुयाले १११ बलमा ७ चौका र २ छक्का प्रहार गरे । लुकास ओलुओचले अविजित ५९ रन बनाए । सुकदीप सिंहले ३७ रन जोडे । इमानुयल बुन्डीले २३ रन बनाए । कप्तान एनगोचेले १७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई विकेट लिए । वसिर अहमद र शाहब आलमले एक एक विकेट लिए । रोहितकुमार पौडेलको कप्तानीमा खेलेको नेपालले तीन खेलको एकदिवसीय शृंखला...
टी-२० क्रिकेटमा नेपालको वरियता खस्कियो

टी-२० क्रिकेटमा नेपालको वरियता खस्कियो

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल, टी-२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा झरेको छ । सन् २०२४ मा हुने टी-२० विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै स्थान बनाउने भएकाले यसको महत्व छ । वरीयता घटेसँगै नेपालको विश्वकपमा सिधै छनोट हुने सम्भावना पनि कमजोर हुँदै गएको छ ।टी-२० को नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ ।...
इङ्गल्याण्ड सामु भारत सय रनले पराजीत

इङ्गल्याण्ड सामु भारत सय रनले पराजीत

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,इङ्गल्याण्डले दोस्रो एक दिवसीय क्रिकेट खेलमा भारतलाई सय रनले पराजित गरेको छ । बिहीबार राति भएको खेलमा भारतले आत्मसमर्पण गरेसँगै इङ्गल्याण्डले फराकिलो अन्तरको जित निकालेको हो । यो नतिजासँगै इङ्गल्याण्डले शृंखलामा बराबरी गरेको छ । अब अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका लागि रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए । भारतका अग्रपंक्तिका ब्याट्सम्यानहरुले घुँडा टेकेसँगै इङ्गल्याण्डले घरेलु लर्डस्को मैदानमा भएको खेल सहजै जितेको हो । इङ्गल्याण्डका बलर रीस टोप्लीले उत्कृष्ट बलिङ गर्दै २४ रन खर्चेर ६ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ४९ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनायो । मोइन अलीले ४७ रन बनाए । डेविड विल्ली ४१ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलल...
आज बाट यूरोपियन महिला च्याम्पियनसीप शुरु

आज बाट यूरोपियन महिला च्याम्पियनसीप शुरु

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल ,२२ असार , रौतहट । युरोपियन महिला खेलकुदको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको महिला युरोपियन च्याम्पियनसिप बुधबारबाट इङल्याण्डमा शुरु हुँदै छ। ३१ जुलाईसम्म चल्ने प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक इङल्याण्डले अस्ट्रियासँग म्यानचेस्टरमा प्रतिस्पर्धा गर्दै छ। ३१ जुलाईसम्म हुने प्रतियोगिताका लागि ५ लाख टिकट बिकिसकेको छ। जुन युरोपियन महिला फुटबलमा सर्वाधिक धेरै टिकट विक्री हो। छोटो समयमै यति धेरै टिकट विक्री भएको सन् २०१७ मा नेदरल्याण्ड्समा भएको प्रतियोगिताको भन्दा दोब्बर संख्या हो। जारी प्रतियोगिताको उपाधि दाबेदार मानिएको इङल्याण्डको पहिलो खेलका लागि वल्ड ट्राफोर्डमा ७० हजार बढी उपस्थित हुँदै छन्। २५ दिनमा हुने ३१ खेलमा सहभागी हुन युरोपका १६ टोलीले एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा योपटक पनि साविक च्याम्पियन नेदरल्याण्ड्स, फ्रान्स र इङल्याण्डला...
भुटान विरुद्ध पहिलो फिल्डिङ गर्दै नेपाल

भुटान विरुद्ध पहिलो फिल्डिङ गर्दै नेपाल

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । नेपाली यु–१९ महिला क्रिकेटले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज भुटानविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान गवाङ चोडेनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि नेपालले फिल्डिङ गर्ने भएको हो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० रनले पराजित भएको थियो । उक्त खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो । ९ रनकाले लक्ष्य यूएईले सात बलमा विना विकेट क्षति पूरा गरेको थियो । यस हारसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । एसियाली छनोटबाट शीर्ष एक टोलीले दक्षिण अफ्रिकामा हुने विश्कपमा स्थान बनाउनेछ । नेपाली टोलीः कृतिका मरासिनी (कप्तान), किरन कुँवर, सानु राजबंशी...