Sunday, July 26
Shadow

खेलकुद

असोज २८ देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

असोज २८ देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

खेलकुद, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १० जेठ, रौतहट । यही जेठमा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो असोज २८ गतेदेखि हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने, “बजेट कार्यान्वयनको सवालमा सार्वजनिक खरिद ऐनलाई टेकेर गर्ने कुरा भयो । हामीले १३औँ सागमा जस्तै फास्ट ट्रयाकमा काम गर्ने योजना बनाएका थियौँ । तर, विविध कारणले त्यस्तो नहुने भएकाले हामीले प्रतियोगिताको मिति सार्नुपरेको हो ।” यसअघि, यही जेठ २२ गतेदेखि २८ गतेसम्म उक्त खेलकुद गर्ने निर्णय गरिएको थियो ।...
जर्मन कपको उपाधि लाइपजिगलाई

जर्मन कपको उपाधि लाइपजिगलाई

अन्तर्राष्ट्रिय, अन्य, खेलकुद, ताजा-अपडेट
सच तक नेपाल डेस्क, ८ जेठ, रौतहट । नौ खेलाडीमा सीमित लाइपजिगले शनिबार राति फ्रेइबर्गलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जर्मन कपको उपाधि जितेको छ । लाइपजिगको क्लब इतिहासमा जितेको यो पहिलो उपाधि हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । म्याक्सिमिलियन इगेस्टिनले १९औँ मिनेटमा गरेको गोलबाट फ्रेइबर्गले अग्रता लिएको थियो । ५७औँ मिनेटमा मार्सेल हाल्सटेनबर्गले रातो कार्डको सामना गरेपछि लाइपजिग १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसको फाइदा फ्रेइबर्गले लिन सकेन । ७६औँ मिनेटमा क्रिस्टोफर एनकुकुले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको हो । थप समय सकिन दुई मिनेट बाँकी हुँदा केभिन काम्पलले दोस्रो पहेँलो कार्डको सामना गरेपछि लाइप...
जिम्बावे एविरुद्ध नेपालकाे कमजाेर सुरुवात

जिम्बावे एविरुद्ध नेपालकाे कमजाेर सुरुवात

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल न्यूज डेस्क, २३ वैशाख, राैतहट । नेपाल भ्रमणमा रहेको जिम्बावे ए टिमविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपालले कमजोर सुरुवात गरेको नेपाललाई आठौं झट्का लागेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको जिम्बावेले नेपालविरुद्ध राम्रो सुरुवात गरेको नेपालले नियमित विकेट गुमाएको हो । नेपालको २९ औं ओभरमा आठौं विकेट पनि गुमेको छ । ७० बलमा ३० रन बनाएका सोमपाल कामी आउट भएका हुन् । २२ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ५६ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । आधा खेल सकिंदा २५ओभरमा नेपालले एक सय रन कटाएको थियो । नेपाललका लागि कुशल भुर्तेलले १९, आशिफ शेख, आरिफ शेखले ५/५, दीपेन्द्रसिंह रोहित पौडेलले ३, मोहम्मद अदिम आलमले २ र सुसन भारीले कुनै रन बनाउन सकेनन् । नेपालले २० ओभर सकि.दा १२२ रन बनाउँदा ८ विकेट गुमाएको छ ।...
इन्टर मिलान शीर्ष स्थानमा फर्कियो

इन्टर मिलान शीर्ष स्थानमा फर्कियो

खेलकुद, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १२ वैशाख, रौतहट । लाजियोलाई २-१ ले पराजित गर्दै एसी मिलान आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ । शनिबार साबिकको विजेता इन्टर मिलान रोमालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो । जहाँ इन्टरले एक अंकको अग्रता लिएको थियो । लाजियोमाथिको महत्वपूर्ण जितपछि मिलानले ३४ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा पुनरागमन गरेको हो । जुन दोस्रो स्थानको इन्टर भन्दा दुई अंक बढी हो । मिलान भन्दा इन्टरले एक खेल कम खेलेको छ । नेपोली ६७ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको युभेन्टसको ६३ अंक छ । ५६ अंकसहित लाजियो सातौं स्थानमा छ । चौथो मिनेटमा सिरो इमोबाइलको गोलमा लाजियोले अग्रता लिएको थियो । ५०औं मिनेटमा ओलिभर जिरौउडले मिलानलाई खेलमा फर्काएका थिए । जारी सिजन सिरी ‘ए’ मा जिरौउडको यो नवौं गोल हो । इन्जुरी समयको दोस्रो मिनेटमा टोनालीले गरेको गोलमा मिलानले जित पक्क...
विश्वकप २०२२ मा प्रयाेग हुने बल र कप सार्वजनिक

विश्वकप २०२२ मा प्रयाेग हुने बल र कप सार्वजनिक

अन्य, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १७ चैत, राैतहट । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक गरिएको छ । आगामी नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा प्रयोग हुने आधिकारिक बल आयोजक कतारले सार्वजनिक गरेको हो । एडिडास कम्पनिले बनाएको बलको नाम ‘अल रिहला’ राखिएको छ । जसको अरबी अर्थ ‘यात्रा’ हुन्छ । ३२ टोलीको सहभागिता रहने यस पटकको संस्करणका लागि हालसम्म २७ राष्ट्र छनोट भईसकको छ ।...
आईपिएल : पन्जाब र दिल्ली बिच भएको खेलमा दिल्लीको शान्दार जीत

आईपिएल : पन्जाब र दिल्ली बिच भएको खेलमा दिल्लीको शान्दार जीत

banner-news-1, खेलकुद, मुख्य समाचार
    सचतक नेपाल डेक्स १४ चैत इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेका छन् । आइतबार राति भएको खेलमा पन्जाबलले बैंलोरमाथि ५ विकेटको जित हात पार्‍यो । बैंलोरले दिएको २०६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३/४३ रन बनाए । त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन,ओडेन स्मिथले २५, सारुख खानले २४ रनको योगदान गरे । बैंग्लोरका मोहमद सिराजले दुई, आकाश दीप, वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले एक/एक विकेट लिए ।...
मिल्स गोल्डकप : दमक एकेडेमी सेमिफाइनलमा पुगे

मिल्स गोल्डकप : दमक एकेडेमी सेमिफाइनलमा पुगे

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १/१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरतर्फ ढकलिएको थियो । दमकले नतिजाका लागि ट्राइब्रेकरसम्म संघर्ष गर्नुपर्यो । निर्धारित समयमा दुवै टिमले बराबरी खेले । टाइब्रेकरमा दमकका सोहन सिन्थाङ्ग, दिपक थापा मगर, रमन राई र ओम प्रकाश तामाङले गोल गरे । धरानका राहुल लिम्बु, माल्दिना आङथाक र सबिनाय कटुवालले मात्र गोल गरेका थिए । रितेस थापा मगर र सेवन थापा मगरको प्रहार दमकका गोलकिप आयूष लिम्बूले उत्कृष्ट बचाउँ गरिदिए । ट्राइब्रेकरमा दुवै गोल सेभ गर्ने दमकका गोलकिपर आयूष म्यान अ...
पूर्व कप्तान खड्का सर्वोत्कृष्ट खेलाडी घोषित

पूर्व कप्तान खड्का सर्वोत्कृष्ट खेलाडी घोषित

अन्य, खबर बिषेश, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, रौतहट । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का पछिल्लो दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष कोभिड महामारीको चपेटामा परेर खेलक्षेत्र गतिविधिसुन्य भएका कारण फरक स्वरूपमा गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पारसले यस्तो अनुपम सफलता हासिल गरेका हुन् । मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपालि भने पछिल्लो दशकभरको सफलतालाई मानक मान्दै अवार्ड वितरण गरेको थियो । जहाँ अन्य विभिन्न विधाका खेलकर्मीसँगै दशकको उत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षक सम्मानित भएका थिए । मंगलबार प्रज्ञा भवनमा भएको नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्ड कार्यक्रममा पछिल्लो दशक नेपाली क्रिकेटमा एक छत्र राज गरेका पारस सम्मानित भए । उनी यसअघि एक पटक युवा वि...
पाकिस्तान १३ वर्षपछि विजयी

पाकिस्तान १३ वर्षपछि विजयी

खबर बिषेश, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ७ चैत । अफ स्पिनर निदा दारले आफ्नो खेल जीवनकै उत्कृष्ट बलिङ्ग गर्दै १० रन दिएर ४ विकेट लिएपछि पाकिस्तानले १३ वर्षपछि पहिलो पटक महिला विश्वकप क्रिकेटमा विजयी बनेकाे छ । र उसले वेष्ट इन्डिजको दुई खेल अघि नै सेमिफाइनल पुग्ने आशामा धक्का पुर्‍याएको छ । पाकिस्तानले वेष्ट इन्डिजलाई ८ विकेटले हराएपछि इंग्ल्याण्डको सेमिफाइनल पुग्ने आशा जीवित भएको छ । इंग्ल्याण्डले अब पाकिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । यी दुई खेल जितेमा वेष्ट इन्डिजलाई उछिन्दै सेमिफाइनमा पुग्ने अवसर इंग्ल्याण्डलाई छ । अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । बाँकी ३ स्थानका लागि इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र भारतको संभावना छ । पाकिस्तानसँगै न्यूजिल्याण्ड र बंगलादेशको सेमिफाइनल खेल्ने संभावना सकिइसकेको छ ।...
बिलबाओ फाइनल प्रवेश

बिलबाओ फाइनल प्रवेश

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल डेस्क । पौष ३० । एटलेटिको मड्रिडलाई हराउदै बिलबाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा एटलेटिको मड्रिडलाई २–१ गोलअन्तरले पराजित गर्दै बिलबाओ फाइनलमा प्रवेश गरेको हो । खेलको ६२औ मिनेटमा बिलबाओका किप्पर सिमोनले आत्मघाती गोल गरेपछि एटलेटिको मड्रिडले अग्रता बनाएको थियो । तर बिलबाओका येराय अल्भारेजले ७७औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । साथै, खेलको ८१औं मिनेटमा निको विलियम्सले गोल गर्दै बिलबाओलाई जित दिलाएका थिए । उपाधिका लागि बिलबाओले आइतबार रियल मड्रिडको सामना गर्नेछ । एजेन्सी...