Monday, July 27
Shadow

भुटान विरुद्ध पहिलो फिल्डिङ गर्दै नेपाल

सच तक नेपाल डेस्क,
२३ जेठ, रौतहट । नेपाली यु–१९ महिला क्रिकेटले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज भुटानविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान गवाङ चोडेनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० रनले पराजित भएको थियो । उक्त खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो ।

९ रनकाले लक्ष्य यूएईले सात बलमा विना विकेट क्षति पूरा गरेको थियो । यस हारसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । एसियाली छनोटबाट शीर्ष एक टोलीले दक्षिण अफ्रिकामा हुने विश्कपमा स्थान बनाउनेछ ।

नेपाली टोलीः कृतिका मरासिनी (कप्तान), किरन कुँवर, सानु राजबंशी, आश्मा मगर, श्रृष्टी जैशी, मनीषा राना, स्नेहा महरा, साना प्रबीण, अनु कठायत, मनिषा उपाध्याय र एलिशा यादव ।

साभार : बाह्रखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *