Saturday, September 12
Shadow

खबर बिषेश

मधेस प्रदेशकाे बैठक आज पुन: स्थागित

मधेस प्रदेशकाे बैठक आज पुन: स्थागित

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल, ९ चैत । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएका छन् । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो । फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगन गरिएको थियो । फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण स्थगन गरिएको थियो । फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगन...
साढे ८ लाख बराबरको अबैध सामान नियन्त्रणमा

साढे ८ लाख बराबरको अबैध सामान नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, रौतहट । धनुसा जिल्लाको जनकनन्दनी–१ इनवी स्थित सिमानाकामा नेपालबाट भारत जादै गरेको अवैध मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ । गुप्त सुचनाको आधारमा इनवी बिओपीबाट खटिएका १५ जनाको टोलीले ६ वटा मोटरसाइकल सहित २०७ कार्टुन अवैध मदिरा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलले ६ वटा मोटरसाइकलमा ढुवानी गरिरहेको सौफि मदिरा २०७ कार्टुन, भर्जिन मदिर ७ कार्टुन, ब्लाक ओक मदिरा ९ कार्टुन गरि कुल रु. ३ लाख १० हजार ६०० बराबरको मदिर बरामद गरेको छ भने मोटरसाइकलहरुको अन्दाजी मुल्य रु.५ लाख ५० हजार गरि कुल ८ लाख ५० हजार बराबरको अबैध समान सशस्त्र प्रहरी बल गणं न. ८ धनुषाले नियन्त्रणमा लिएको हो । बरामद र नियन्त्रणमा लिएको समानहरु थप कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालयमा बुझाइएको हो । यो अबैध समानहरु स्वाड टिम वरिष्ठ हवल्दार मन्तोस सिंह सहित ६ जना र बीओपीका थप ९ जनाको टोलीले नि...
विहेकाे ४ वर्षपछि आमा बनिन साेनम

विहेकाे ४ वर्षपछि आमा बनिन साेनम

अन्य, खबर बिषेश, ताजा-अपडेट
सच तक नेपाल डेस्क, बलिउड अभिनेत्री सोनम कपुर विवाहको चार वर्षपछि आमा बन्न लागेकी छिन्। सोनमले यो खुसीको खबर आफ्नो सामाजिक सन्जालमार्फत एउटा तस्बिरका साथ सेयर गरेकी छिन्। सार्वजनिक भएको तस्बिरमा सोनम कपुरको बेबी बम्प पनि देखिएको छ। सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आमा बन्ने खबर शेयर गर्दै सोनमले खुसी व्यक्त गरेकी छिन्। तस्बिरमा पति आनन्द आहुजा सोनमको बेबी बम्पसँग पोज दिइरहेका छन्। तस्बिर सार्वजनिक हुनेबित्तिकै फ्यान र साथीहरूले जोडीलाई बधाई दिइरहेका छन्। सोनम कपुरले सन् २०१८ मा व्यापारी आनन्द आहुजासँग विवाह गरेकी थिइन्। विवाहपछि सोनम कपुर फिल्मबाट टाढा पारिवारिक जीवनको आनन्द लिइरहेकी छिन्। सोनम पछिल्लो पटक द जोया फ्याक्टर फिल्ममा देखिएकी थिइन्।...
पाकिस्तान १३ वर्षपछि विजयी

पाकिस्तान १३ वर्षपछि विजयी

खबर बिषेश, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ७ चैत । अफ स्पिनर निदा दारले आफ्नो खेल जीवनकै उत्कृष्ट बलिङ्ग गर्दै १० रन दिएर ४ विकेट लिएपछि पाकिस्तानले १३ वर्षपछि पहिलो पटक महिला विश्वकप क्रिकेटमा विजयी बनेकाे छ । र उसले वेष्ट इन्डिजको दुई खेल अघि नै सेमिफाइनल पुग्ने आशामा धक्का पुर्‍याएको छ । पाकिस्तानले वेष्ट इन्डिजलाई ८ विकेटले हराएपछि इंग्ल्याण्डको सेमिफाइनल पुग्ने आशा जीवित भएको छ । इंग्ल्याण्डले अब पाकिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । यी दुई खेल जितेमा वेष्ट इन्डिजलाई उछिन्दै सेमिफाइनमा पुग्ने अवसर इंग्ल्याण्डलाई छ । अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । बाँकी ३ स्थानका लागि इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र भारतको संभावना छ । पाकिस्तानसँगै न्यूजिल्याण्ड र बंगलादेशको सेमिफाइनल खेल्ने संभावना सकिइसकेको छ ।...
एआईजी बढुवा सिफारिसविरुद्ध आयोगमा उजुरी

एआईजी बढुवा सिफारिसविरुद्ध आयोगमा उजुरी

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, रौतहट । नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ । सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाको आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू लोकसेवा आयोग पुगेका छन् । नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिसप्रति असन्तुष्ट रहेका डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश अर्यालले सिफारिस विरुद्ध आइतबार लोकसेवा आयोगमा उजुरी दिनुभएको हो ।...
बैतडीमा ट्रक दुर्घटनामा परि एक जनाकाे मृत्यु

बैतडीमा ट्रक दुर्घटनामा परि एक जनाकाे मृत्यु

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ७ चैत । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको से १ ख १२४२ नम्बरको मिनी ट्रक गएराति सडक नालीमा पल्टिएको हो। मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका ३ की २५ वर्षीया दुर्गा चन्द रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। चालक पाटन नगरपालिका ४ का वीरेन्द्र खत्री फरार रहेका छन्।...
रेडपान्डाको छालासहित ४ जना पक्राउ

रेडपान्डाको छालासहित ४ जना पक्राउ

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ७ चैत । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ । उनीहरूलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरस्थित अञ्जना होटेलबाट आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र त्रिपुरासुन्दरी–११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । होटेलमा प्लास्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुईथान रेडपान्डाको छाला समेत बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए । यसैबीच, प्रहरीले लागुऔषध चरेस तीन किलोसहित दुईजनालाई पक्र...
प्रहरीकाे ज्यान गएपछि प्रशासनद्वारा कर्फ्यू जारी

प्रहरीकाे ज्यान गएपछि प्रशासनद्वारा कर्फ्यू जारी

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । ७ चैत, माेरङ्ग । यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरेका छन् । कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएको भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्...
ग्वार्कोमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु

ग्वार्कोमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । रौतहट । ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् । बिहीबार बेलुकी ७ बजे पैदल हिडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा राती पौने १२ बजे मृत्यु भएको हो । दुर्घटना पश्चात् फरार भएका स्कुटर सहित चालकको खोजी भइरहेको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।...
रौतहटबाट १५ लाख २५ हजारको भन्सार छलिका चावल बरामद

रौतहटबाट १५ लाख २५ हजारको भन्सार छलिका चावल बरामद

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल । रौतहट प्रहरीले भारी मात्रामा भन्सार छलिका चावल बरामद गरेको छ ्। जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलिले गौर नपा १ नेपाल लौज्बाट भन्सार छली , चोरी, पैठारी गरि प्रदेश २-०३- ००१ च २१३८ नम्बरको पिक अप (बोलोरो)मा लोड गरि ल्याउदै गरेको करिब १५,२५००० बराबरको चावल बरामद गरेको हो । भारतबाट अबैध रुपामा भन्सार छलिगरि ल्याउदै गरेको चावल सहित गौर ७ बस्ने चन्दन पाण्डेलाई समेत पक्राउ  गरिएका छन । बरामद चावल , पिक अप गाडि सहित पाण्डेलाई आवस्यक कार्वाहीका लागि भन्सार कार्यलय बुझाईएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।...