जनकपुरमा साहित्य-कला तथा नाट्क महाेत्सवकाे आयाेजना
सच तक नेपाल,
१४ चैत, जनकपुर । मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा तीन दिवसीय ‘जनकपुर साहित्य–कला तथा नाट्य महोत्सव’ को आयोजना हुने भएको छ।
मैथिली विकास कोषको आयोजनामा चैत २३ गते देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए।
मिथिलाको साहित्यबाट राष्ट्रलाई परिचित गराउने, आधुनिक तथा मौलिक कलारुपको प्रर्दशन तथा विमर्श, साहित्यकला र कलाकारको प्रर्वद्धन एवं पर्यटन प्रर्वद्धन तथा देशी–विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावनाको खोजी गर्ने मूल उद्देश्यका साथ महोत्सवको आयोजन गर्न लागिएको अध्यक्ष चौधरीले बताए। उनले मिथिला संस्कृतिको विशिष्टताबाट परिचय गराउने र नेपालको आधुनिक रंगमञ्च, कला, संगीत, नृत्य वा साहित्य समृद्धिको लागि प्रयत्न महोत्सवको रहेको बताए।
यस महोत्सवले समग्र नेपाली सभ्यतालाई समृद्ध तथा बहुआयामी बनाउने दाबीसमेत गरेका छन्। नेपालभित्रका विभ...









