Sunday, July 26
Shadow

आगलगीबाट घाइते भएको बालकको मृत्यु

सच तक नेपाल डेस्क । आगलागीमा परेर गम्भीर घाइते भएका बालकको उपचारकै क्रममा आज बिहान मृत्यु भएको छ । मंगलवार करिब ३ बजे रौतहट जिल्लाको फतुवा विजयपुरमा आगलगी हुदाँ जलेर एक जना बालिकाको मृत्यु भएको थियो भने एक जना बालक गम्भीर घाइते भएका थिए ।

आगलागी जिल्लाको फतुवा विजयपुर नगरपालिका-१ स्थित वरगिनियामा भएको थियो । आगलागीबाट स्थानीय जोकु राय यादवको ३ वर्षीय छोरी आराध्या कुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका थिए । त्यस्तै स्थानीय संजिव साहको अन्दाजी २ वर्षीय छोरा रोहित साह जलि गम्भीर घाइते भएका थिए ।

आगलागीमा परेर शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएको रोहितलाई उपचारका लागि वीरगञ्ज ल्याएपनि उपचार सम्भव नभएका कारण उनलाई टिचिङ अस्पताल काठमाडौँ पठाइएको थियो ।

टिचिङ अस्पताल काठमाडौँमा ल्याएपनि उपचारकै क्रममा आज बिहान ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बिनोद घिमिरेले जानकारी दिए । मंगलबार दिउँसो अचानका भएको आगलागीबाट रामबिश्वास यादवको १ विघा खेतको १६० भन्दा बढी धानको भारी जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

साभार : जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *