Thursday, September 17
Shadow

ताजा-अपडेट

टिकुलियाका वृद्धवृद्धालाई न्यानो कपडा वितरण

टिकुलियाका वृद्धवृद्धालाई न्यानो कपडा वितरण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, रौतहट । गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले सञ्चालन गरेको ज्येष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा वितरण क्रम जारी रहेको छ । नगरप्रमुख गुप्ताले आज गौर नगरपालिका–४ टिकुलियाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका छन् । रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलियाको वार्ड कार्यालयमा बिहिवार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । आजको वितरण कार्यक्रममा टिकुलियाका ज्येष्ठ वृद्धवृद्धालाई एक थान कम्बल, दोसल्ला , चवनप्रास आदि समानबाट सम्मानित गरिएको छ । सोमबार देखि सुरु भएको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमलाई नगरप्रमुख गुप्ताले निरन्तरता दिएका छन् । सन्तानले आफ्नो आमा–बुवालाई वृद्ध अवश्थामा सम्मान गरोस भन्ने जनचेतना जागरण गर्न सो योजना सञ्चालन गरिएको नगरप्रमुख गुप्ताले बताएका छन् ।...
स्टोरको कोठामा एकै परिवारका ४ जनाको मृत्यु

स्टोरको कोठामा एकै परिवारका ४ जनाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, कर्णाली । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एक कोठामा एकै परिवारका चार जनाको रहस्यमय मृत्यु भएको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो। मृतक भट्टराईकी श्रीमती, अर्को छोरा र अर्की बहिनी अचेत अवस्थामा भेटिएका छन् । आगो बालेर एउटै एउटै कोठामा सुेतका सात जना मध्ये विहान चार जना मृत भेटिएका हुन निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान रहेको छ । अचेत परेका तीन जना मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेका छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ।...
जनप्रतिनिधिहरुबीचको विवादका कारण यी स्थानीय तहहरुले बजेट पेश गरेन्न

जनप्रतिनिधिहरुबीचको विवादका कारण यी स्थानीय तहहरुले बजेट पेश गरेन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल । पौष १५ ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का १ सय ३६ वटा स्थानीय तहमध्ये १ सय १६ वटाले मात्रै मन्त्रालयमा बजेट पेश गरेको जनाएको छ। जनकपुरधाम उपमहानगरपालिकासहित २० वटा स्थानीय तहले अहिलेसम्म बजेट पेश गर्न सकेका छैनन्। अहिलेसम्म बजेट पेश नगर्नेमा धनुषाका जनकपुरधाम उपमहानगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका, र धनौजी गाउँपालिका गरी ५ स्थानीय तह रहेको छन्। त्यसैगरी सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिरहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका र नरहा गाउँपालिकाले बजेट पेश गरेका छैनन्। सप्तरीको छिन्नमस्ता गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको बजेट समेत पेस गर्न सकेको थिएन। महोत्तरीको पिपरा गाउँपालिका, सर्लाहीको कौडेना गाउँपालिका, पर्सा गाउँपालिकाले पनि आव २०७८/०७९ को बजेट ल्याएका छैनन्। त्यस्तै, रौतहटको गरुडा नगरपालिक...
नेपालीहरुको अमल , चैनका लागि राजसंस्था जरुरी : अध्यक्ष  लिङ्देन

नेपालीहरुको अमल , चैनका लागि राजसंस्था जरुरी : अध्यक्ष लिङ्देन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
  सचतक नेपाल । पौष १४ , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालि जनताहरुको सुख, शान्ति र अमल चैनका लागि राजतन्त्रको आवश्यक्ता रहेको बताएका हुन । तत्कालीन राजा वीरेन्द्रको ७७औं जन्म जयन्तीको अवसरमा राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद् द्वारा आयोजित विचार गोष्ठीमा आफ्नो बक्तब्य राख्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्र निर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। अध्यक्ष लिङ्देनले भारतद्वारा मिचिएको नेपाली भु भाग (कलापानी , लिपुआधुरा)लाई उदृत गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए। उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रुपमा आफ्नो ...
ज्येष्ठलाई सम्मान सहित न्यानो वितरण क्रम जारी

ज्येष्ठलाई सम्मान सहित न्यानो वितरण क्रम जारी

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, रौतहट । गौर नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा वितरण क्रम जारी रहेको छ । नगरप्रमुख अजय कुमार गुप्ताले आज १९७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । रौतहटको गौर नगरपालिका–६ स्थित सपगढामा बुधबार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरिएको थियो । सोमबार देखि सुरु भएको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमलाई नगरप्रमुख गुप्ताले निरन्तरता दिएका छन् । सन्तानले आफ्नो आमा–बुवालाई वृद्ध अवश्थामा सम्मान गरोस भन्ने जनचेतना जागरण गर्न सो योजना सञ्चालन गरिएको नगरप्रमुख गुप्ताले बताएका छन् । सो सम्मान तथा वितरण कार्यक्रममा सबगढाका वडा अध्यक्ष शेख जमसेद , नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत शुभाष ठाकुर , नगर–उप प्रमुख किरण ठाकुर लगायतका जनप्रतिनिधिहरुको उपस्थिता रहेको थियो ।...
मुल्य निर्धारण बिना नै उखु बेच्दै किसान , भुक्तानीमा समस्या हुने अगुवाहरुको अनुमान

मुल्य निर्धारण बिना नै उखु बेच्दै किसान , भुक्तानीमा समस्या हुने अगुवाहरुको अनुमान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
  पौष १४ , उखुको मुल्य निर्धारण नहुदै किसानहरु बेवश भइ उखु बेच्न कटाई सुरु गरेका छ्न । गत वर्ष चिनी उद्योगलाई किसानले बेचेको उखुको भुक्तानि माग गर्दै आन्दोलन गरिरहदा पनि यस क्रसिङ्ग सिजनमा मुल्य समेत निर्धारण नहुदा पनि उखु बेच्न बाध्य बनेको हो । वर्ष दिन मेहनत , परिश्रमी गरि आफ्न्नो खेतमा हुर्काको उखु चिनी उद्योगलाई दिन्न त कटाई सुरु गरे तर , उखुको मुल्य कति पाउने किसानलाई जानकारी नै छैन ।उखु हुर्कान बिउ, मल, मजदुर, सिचाइ नगदमै खर्च गर्ने किसान उखु काटेर उद्योग सम्म पु¥याउन मजदुरलाई नगद ज्याला दिनु पर्छ । तर, उखु उब्जाउने किसान चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो पनि लागेको छैन । तृपक्षिय बर्तामा विभिन्न उखु किसान सङ्ग सम्बद संघ, संगठनहरुले उखुको न्युनतम मुल्य ६८० भन्दा बढी हुनु पर्ने माग गरे । तर, उध्योगले तत्काल मिल सन्चालन गरि पछि सरकारले निर्धारण गरेको मुल्यमा नै ...
राैतहटमा जनमतकाे मशाल जुलुस प्रदर्शन

राैतहटमा जनमतकाे मशाल जुलुस प्रदर्शन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, राैतहट । किसानहरूको समर्थनमा आज जनमत पार्टीले जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका छन् । समयमा मलखाद्य र बिउ बिजन उपलब्ध गराउन जनमत पार्टीले आज प्रदर्शन गरेका हुन् । जनमत पार्टी राैतहटले मंगलवार एक विज्ञप्ति जारी गर्दै जिल्ला बन्दकाे समेत घाेषणा गरेका हुन् । दुई चरण गरि आन्दाेलन गर्ने घाेषणा गरिएकाे विज्ञप्तिमा उल्लेख छ । पहिलाे चरण अन्तर्गत आज (मंगलवार) जिल्लाकाे गाैर, गरुडा,बंकुल र चन्द्रपुरमा मशाल जुलुस गर्ने लेखिएकाे हाे । साेही अनुरुप मंगलवार जनमत पार्टीले जिल्लाकाे सदरमुकाम गाैर स्थित बिपि चाेकमा मशाल जुलुसकाे प्रदर्शन गरेका छन् । सरकारले दमन गरेको भन्दै बुधवार जनमत पार्टीले रौतहट जिल्ला बन्दको घोषणा गरेको छ । आज जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । हा...
रौतहटमा ज्यन्ती बोकेको गाडी अनियन्त्रित भइ पल्टिँदा ४ को मृत्यु , ४ जना घाइते

रौतहटमा ज्यन्ती बोकेको गाडी अनियन्त्रित भइ पल्टिँदा ४ को मृत्यु , ४ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
  पौष १३ ,रौतहटमा स्कर्पिओ गाडी अनियन्त्रित भइ खाइमा पल्टिँदा ४ जनको मृत्यु भएकोे छ भन्ने ४ जना घाइते भएका छ्न । रौतहटको परोहा नगरपालिकाबाट जयन्ती बोकेर गधिमाई नगरपालिकाको पर्सा गम्हरिया तर्फ फर्किदै गरेको बिआर ०५ पिए ६९५३ भारतिय नम्वर प्लेटको स्कारपिओ जिप गौर - चन्द्रपुर सडक खण्ड अन्तर्गत स्थित जय नगरमा अनियंत्रित भइ बिजुलिको खम्बामा टक्कर दिई खाईमा पल्टिँदा गाडीमा सवार ८ जना मध्ये ४ जनाको घटना स्थलमै मृत्यु भएको र ४ जना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय गरुँडाले जानकारी दिए। मृत्यु हुनेमा गम्हरियाको ५५ बर्षिय मारुफ मिया अंसारी, १६ बर्षिय शेख नौशाद, २२ बर्षिय शेख सैनुल्लाह र २४ बर्षिय शेख छोटु रहेका छन ।  ...
१५ दिन सम्म ५ लाख खोप दिने अभियान

१५ दिन सम्म ५ लाख खोप दिने अभियान

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिन १५ दिनसम्म दैनिक पाँच लाख खोप लगाउने लक्ष्य लिएको छ। पछिल्लो समय कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा हुँदा पनि खोप लगाउनेको संख्या नबढ्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक पाँच लाखका दरले खोप लगाउने अभियान सुरु गरेको हो। मन्त्रालयका सचिव डा। रोशन पोखरेलले पुस १२ देखि अभियान सुरु भएको बताए। देशभर हाल १ करोड २० लाखभन्दा बढी कोरोनाविरुद्धको खोप मौज्दात रहेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दिनमा साढे दुई लाखभन्दा बढी खोप चल्न नसकेपछि अभियान सुरू गरिएको हो। तर‚ सोमबार ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएका छन्। यो हालसम्मकै दैनिक खोप लगाउनेको धेरै संख्या हो। उल्लेख्य मात्रामा खोप लगाएपछि स्वास्थ्य सचिव पोखरेलले देशभरका स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई धन्यवाद दिएका छन्। उनले खुलेर खोप अभियानमा सहभागी हुन ...
काठमाडौँमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

काठमाडौँमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । काठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...