Tuesday, September 15
Shadow

ताजा-अपडेट

मधेश सहित चार प्रदेशमा नयाँ प्रहरी प्रमुखकाे आगमन

मधेश सहित चार प्रदेशमा नयाँ प्रहरी प्रमुखकाे आगमन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ९ वैशाख, राैतहट । गृह मन्त्रालयले चार वटा प्रदेशमा प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो । सरुवा सूची अनुसार लुम्बिनी, सुदूपश्चिम, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा मोहनकुमार आचार्य र मधेशमा मसाउद आलम खाँ पठाइएका छन् । राजेन्द्रप्रसाद चौधरीलाई चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । प्रदेश २ का उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की र लुम्बिनीका मुकुन्द आचार्य चाहिँ प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएका छन् । हाल सुदूपश्चिममा नेतृत्व गरिरहेका डीआईजी पुरुषोत्तम कँडेललाई चाहिँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ ।...
मनोनयन दर्ताका लागि पत्रकार सम्मेलन गर्दै आयाेग

मनोनयन दर्ताका लागि पत्रकार सम्मेलन गर्दै आयाेग

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, १० वैशाख, राैतहट । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएकाे छ। साे सम्मेलन शनिबार दिउँसो साढे ४ बजे गर्ने आयोगले जनाएकाे हाे। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते दुई दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले बताएकाे छ । निर्वाचनका विषयमा सबै तयारीको सन्दर्भमा जानकारी दिनका लागि निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने जनाएकाे छ।...
स्थानिय निर्वाचन : २४ जिल्लाको मतपत्र छापन्न बाँकी

स्थानिय निर्वाचन : २४ जिल्लाको मतपत्र छापन्न बाँकी

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ९ वैशाख, रौतहट । आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी रहेको छ । ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्री समेत पठाइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यस्तै, स्थानीय तह निर्वाचनमा देशभर १० हजार जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । मापदण्ड पुरा गरेका ४४ वटा संस्थाहरुलाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाइने छैन । आयोगले उनीहरुलाई मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदासम्म अनुगमन गर्न अनुमति दिएको हो । पर्यवेक्षकहरुले निर्वाचन सकिएपछि तोकिएको अवधिमा निर्वाचन आयोगमा प्रतिवेदन बुझानुपर्ने छ ।...
एसईई परिक्षाको आज पहिलो दिन

एसईई परिक्षाको आज पहिलो दिन

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क, ९ वैशाख, रौतहट । एसईईको परीक्षाको आज पहिलो दिन रहेको छ । माध्यमिक शिक्षा (एसईई)को परीक्षा शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको छ । परीक्षा सुरु भएको प्रथम दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । ९ गतेदेखि सुरु भएको एसईईको परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । वोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण २ वर्षदेखि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले एसईईको नतिजा सार्वजानिक गर्दै आएको थियो । कोरोना संक्रमण दर न्यून भएसंगै यसपालि भौतिक उपस्थितीमै परीक्षा सुरु भएको छ ।...
अक्सिजन प्लान्ट बिस्फोट : शरिरका अंश चारै तिर छरिए..

अक्सिजन प्लान्ट बिस्फोट : शरिरका अंश चारै तिर छरिए..

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ९ वैशाख, रौतहट । बागमति प्रदेशको ललितपुरमा रहेको लगनखेल पाटन औद्योगिक क्षेत्र स्थित सागरमाथा आक्सिजन प्लान्ट भित्र विस्फोट हुदाँ दुई जनाको मृत्यु भएको छ । बिहिबार बिहान आक्सिजन प्लान्ट भित्र विस्फोट हुदाँ एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने अर्को उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा परेर ६ जना घाइते भएकाहरु समान्य उपचारपछि घर फर्किएका थिए । प्रहरी यो घटना बारे थप अनुसन्धानमा जुटेका छन् । समान्य दिन जस्तै.. सामान्य दिन जस्तै कामदारहरु धमाधम काम गर्दै थिए । अक्सिजन ग्याँस भर्दै जाँदा झण्डै एक दर्जन जति खाली सिलिन्डर भर्न बाँकी रहेको हुदाँ प्लान्टमा अक्कासी बिस्फोट भयो । बिस्फोटको आवाज औद्योगिक क्षेत्र भरिनै सुनियो । एकछिनमा सेना, प्रहरी र स्थानिय भेला भए । बिस्फोट लगतै सेना , प्रहरी उद्धार कार्य तिर खटिए । बिस्फोट हुदाँ भारतीय नागरिक वर्ष ४५ का बृज महत...
सगरमाथा अक्सिजन प्लान्टमा बिस्फाेट बारे छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

सगरमाथा अक्सिजन प्लान्टमा बिस्फाेट बारे छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ८ वैशाख, राैतहट । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् । घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ । आज बिहान करिब १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।...
सत्ता गठबन्धन भएसँगै देशव्यापी संयुक्त आमसभा आयोजना हुने

सत्ता गठबन्धन भएसँगै देशव्यापी संयुक्त आमसभा आयोजना हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ८ वैशाख, रौतहट । सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने औपचारिक सहमति भएसँगै देशव्यापी संयुक्त आमसभा आयोजना हुने भएका छन् । पाँच दलीय गठबन्धनले यही वैशाख १८ देखि काठमाडौंसहित देशका प्रमुख शहरहरुमा संयुक्त आमसभा गर्ने निर्णय गरेका हुन् । त्यसक्रममा वैशाख १८ गते धनगढी र सुर्खेतमा आमसभा आयोजना हुने भएको छ । वैशाख १९ गते बुटवल र पोखरामा आमसभा हुनेछन् भने २० गते जनकपुर र विराटनगरमा एकैदिन संयुक्त आमसभा गर्ने तय भएको छ । गठबन्धनको अन्तिम आमसभा भने काठमाडौंमा वैशाख २२ गते वृहत रुपमा गर्ने निर्णय भएको एकीकृत समाजवादीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभएको छ ।...
मधेश प्रदेशमा कांग्रेस सिध्याउने खेल हुदैछ : पूर्वउपसभापति निधि

मधेश प्रदेशमा कांग्रेस सिध्याउने खेल हुदैछ : पूर्वउपसभापति निधि

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ८ वैशाख, राैतहट । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गठबन्धनको नाममा मधेस प्रदेशमा कांग्रेसलाई सिध्याउने खेल चलिरहेकाे बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले गरेको महानगर र उपमहानगरको भागबण्डाप्रति आपत्ति जनाउँदै निधिले यस्तो बताएका हुन्। ‘मधेस प्रदेस जसपालाई सुम्पिनेगरी सहमति भएको छ। मधेस प्रदेसमा कांग्रेस सिध्याउने षडयन्त्र हो,’ आयोमेलसँग निधिले भने। मधेस प्रदेस जसपालाई सुम्पिनेगरी निर्णय भएको भन्दै उनले यस्तो निर्णयले आगामी चुनावमा देशभर कांग्रेसलाई कमजोर बनाउने जिकिर गरे। निधिले महानगरपालिका र उपमहानगरपालिकामा गरिएको बाँडफाँड केन्द्रीय समितिको निर्णयविपरित रहेको बताए। ‘केन्द्रीय समितिले औचित्य र आवश्यक्ताको आधारमा तालमेल गर्ने निर्णय गरेको हो,’ उनले भने,‘केन्द्रीय समितिको निर्णयविपरित बाँडफाँड गर्ने काम भएको छ। द...
स्थानीय तहहरुमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

स्थानीय तहहरुमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ८ वैशाख, राैतहट । स्थानीय तहको निर्वाचनको स्थलगत तयारीको लागि ७ सय ५३ वटै स्थानीय तहमा आज बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल समाचारपत्रलाई बताउनुभयो । आयोगले स्थानीय निर्वाचनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत खटाएको छ । मुख्य निर्वाचन अधिकृतले जिल्लामा निर्वाचन गराउन आयोगको प्रतिनिधिका रूपमा काम गर्नेछ । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । त्यसै गरी आयोगले जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेव...
प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ बाट मेयर र उपमेयरमा नाम सिफारिस

प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ बाट मेयर र उपमेयरमा नाम सिफारिस

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ८ वैशाख, रौतहट । नेपाली काँग्रेस प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ ले जलेश्वर नगरपालिकाका लागि मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ । महाेत्तरी जिल्लाको जलेश्वर नगरपालिका का लागि मेयर मा ४ र उपमेयर मा ३ जना को नाम सिफारिस भएको छ । क्षेत्रीय कार्य समिती ३ बाट मेयर पदका लागि शम्भु नारायण पाठक, ईश्वर नारायण पान्डेय, डा.सज्जन ठाकुर र अशोक कुमार साहको नाम सिफारिस भएको छ । त्यस्तै उपमेयर पदको लागि अनिता देवी शर्मा , निनु कर्ण र विभा झाको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।...