Tuesday, September 15
Shadow

ताजा-अपडेट

चितवनमा ठूला दलका उमेदवारले आज मनोनयन दर्ता गर्ने

चितवनमा ठूला दलका उमेदवारले आज मनोनयन दर्ता गर्ने

ताजा-अपडेट, राजनीति
सच तक नेपाल, १२ वैशाख,चितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आज अन्तिम दिन हो । एकै दिनमा मनोनयन दर्ता गर्दा निर्वाचन अधिकृतको कार्यालयमा धेरै चाप पर्ने भएकाले निर्वाचन आयोगले मनोनयन दर्ता गर्ने समय दुई दिन दिएको थियो । तर, ठूला दलका उमेदवारले भने आज अन्तिम दिन मनोनयन दर्ता गर्ने भएका छन् । आज नेकपा (एमाले)का उमेदवारले मनोनयन दर्ता गर्दैछन् । दिउँसो १ बजेअघि नै सक्नेगरी मनोनयन दर्ताको तयारी गर्न एमालेलाई आग्रह गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । दिउँसो १ बजेदेखि गठबन्धन दलका उमेदवारले संयुक्त रुपमा मनोनयन गर्ने भएकाले त्यसअघि नै सक्न एमालेलाई भनिएको हो । भरतपुर महानगरमा एमाले र राप्रपाले तालमेल गर्ने सहमति भएको छ । मेयरमा एमालेबाट विजय सुवेदीले उमेदवारी दिने र उपमेयरमा राप्रपाबाट उमेदव...
नाइजेरियामा तेल प्रशोधन केन्द्रमा विस्फोट, कम्तीमा १०० जनाको मृत्यु

नाइजेरियामा तेल प्रशोधन केन्द्रमा विस्फोट, कम्तीमा १०० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सचतक नेपाल डेस्क, ११ वैशाख, नाइजेरिया । दक्षिणी नाइजेरियामा एउटा अवैध तेल प्रशोधन केन्द्रमा विस्फोटपछि दर्जनौँ मानिसको मृत्यु भएको आशंका गरिएको एक गैरसरकारी संस्थाले जनाएको छ । तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ तर हताहतको विवरण भने दिइएको छैन । ‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा छरपस्ट छन् । कोही मानिस रुखका हाँगामा झुन्डिएका देखिन्छन् । उनीहरू सुरक्षाका लागि दौडिने क्रममा विस्फोटमा परेका हुन सक्छन् ’, युवा तथा वातावरणीय एड्भोकेसी सेन्टर (वाईइएसी) का कार्यकारी निर्देशक फाइनेफेस डुम्नानेले भने । विस्फोटमा कम्तीमा एक सय जनाको मृत्यु भएको हुन सक्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । अवैध प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति सञ्चालक र उनीहरूका संरक्षकहरू व्यवसायका लागि भेला भएका ठाउँमा विस्फोट भएको प्रहरीले जनाएको छ । एजेन्सी...
गोरखनाथ मन्दिरमा कससम खाएपछि मात्र मनोनयन दर्ता गराउने

गोरखनाथ मन्दिरमा कससम खाएपछि मात्र मनोनयन दर्ता गराउने

ताजा-अपडेट, राजनीति
सचतक नेपाल डेस्क, ११ वैशाख, गोरखा । राप्रपा गोरखाले आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार गर्दिँन भनेर कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने भएको छ । भोलि बिहान गोरखाको गुरु गोरखनाथको मन्दिरमा लगेर आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने पार्टीका उपाध्यक्ष तथा सचिवालय प्रमुख भीषण अर्यालले जानकारी दिए । उनले भने, ‘टिक लिने बेलामा पनि भ्रष्टाचार गर्दिँन भनेपछि मात्रै हामी दिन्छौँ । भोलि बिहान गोरखनाथको मन्दिरमा लगेर म यदी जनप्रतिनिधि पदमा जितेर आएँ भने भ्रष्टाचार गर्दिँन भनेर कसम खाएपछि मात्रै मनोनयन दर्ता गराउने तयारी गरेका छौँ ।’ उनका अनुसार भोलि विहान ९ बजे मन्दिरमा कसम खुवाउने कार्यक्रम छ । त्ययलगत्तै दिउँसो २ बजेसम्म मनोनयन दर्ता गराईसक्ने उनले बताए । ‘चुमनुव्रीमा उमेद्वार भएपनि हामीले टिकट पुर्याउन सकेनौँ । अन्य ११ वटा स्थानीय तहमध्य सबैम...
स्थानीय तहको सुरक्षा अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

स्थानीय तहको सुरक्षा अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ११ वैशाख, रौतहट । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के।सी। तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल सहभागी रहेका थिए । छलफलमा युद्धकार्य निर्देशनालयका निर्देशकले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्ने विषयहरुका बारेमा प्रस्तुतीकरण दिएका थिए । सबै सुरक्षा निकायका प्रमुखहरुबीच स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु...
कमैयाको एक बस्तीमा आगलागी, ७२ घरमा क्षति

कमैयाको एक बस्तीमा आगलागी, ७२ घरमा क्षति

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ११ वैशाख, धनगढी । कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आगलागी भएको हो । आइतबार दिउँसो गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्‍याएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार पुरै बस्तीमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक रूपमा भने ठूलो क्षति भएको जोशीले बताए । आगलागी नियन्त्रणका धनगढी उपमहानगरपालिका र गौरीगंगाको दमकल बस्तीमा पुगेका छन् । यसका साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, नेपाल प्रहरी र स्थानीयले पनि आगो नियन्त्रण गर्ने प्र...
कांग्रेस: महोत्तरीले १० पालिकामा उम्मेदवार छान्यो, मनोनयन दर्ता भोलि गर्ने

कांग्रेस: महोत्तरीले १० पालिकामा उम्मेदवार छान्यो, मनोनयन दर्ता भोलि गर्ने

ताजा-अपडेट, राजनीति
सचतक नेपाल, ११ वैशाख ,महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले जिल्लाका १५ मध्ये १० वटा स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ । साथै चारवटामा छलफल भइरहेको र बर्दिबास नगरपालिकामा विवाद बढेपछि केन्द्रमा पठाइएको छ । आइतबार नाम टुंगो लागेका उम्मेदवारले सोमबार मात्र मनोनयन दर्ता गर्ने भएका छन् । भंगाहा नगरपालिकाबाट ओमशंकर यादव, लोहारपट्टीबाट शैलेन्द्र महतो, बलवा नगरपालिकाबाट विनोद यादव, औरही नगरपालिकाबाट सुनिल यादव, महोत्तरी गाउँपालिकावाट दिलीप चौधरी, जलेश्वर नगरपालिकाबाट शम्भुनारायण पाठक, मटिहानी नगरपालिबाट उपेन्द्र चौधरी, पिपरा गाउँपालिकाबाट राधारमन, मनरा सिसवा नगरपालिकाबाट मोहन पाण्डे, गौशला नगरपालिकाबाट वसन्त गुरुङको नाम प्रमुखमा उम्मेदवारी दिने गरी टुंग्याएको कांग्रेसले जनाएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ । ...
धनुषामा कार दुर्घटना १ जनाको मृत्यु, ३ जना घाइते

धनुषामा कार दुर्घटना १ जनाको मृत्यु, ३ जना घाइते

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ११ वैशाख, धनुषा । धनुषामा कार दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि अन्य तीन जना घाइते समेत भएका छन्। मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन्। शनिवार राति सवा ११ बजेको समयमा महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नं. ४ सपहीमा अनियन्त्रित भई माटोको डिस्कोमा ठोकिंदा राय गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परेर कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतो घाइते भएका छन् । घाइतेमध्ये गोलुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबैजनाको उपचार प्रादेशिक अस्पतालमै भइरहेको धनुषा प्रहरीले जनाएको छ ।...
कांग्रेसले ओखलढुंगाको आठै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाए

कांग्रेसले ओखलढुंगाको आठै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल, ११ वैशाख, ओखलढुंगा । नेपाली कांग्रेसले ओखलढुंगाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेसले एक नगरपालिका र सात गाउँपालिकाको प्रमुख-उपप्रमुखका उम्मेदारहरुको नाम टुंग्याएको हो । सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति तेजेन्द्र खनाललाई उम्मेदवार बनाइएको छ । सुनकोशी गाउँपालिकामा अध्यक्ष कमल तामाङ र उपाध्यक्षमा सुनिता अधिकारी, खिजीदेम्बा गाउँपालिका अध्यक्षमा भुपेन्द्र बस्नेत र उपाध्यक्षमा सुशिला तामाङ, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली राई र उपाध्यक्षमा माया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले जानकारी दिए । यस्तै चम्पादेवी गाउँपालिका अध्यक्षमा नवराज केसी, लिखु गाउँपालिका अध्यक्षमा अशोक कार्की, मोलुङ गाउँपालिका अध्यक्षमा प्रकाश दाहाल र चिशङ्खुगढी गाउँपा...
जनलहर साथ मेयरमा पुन: उम्मेदवारी दिए अजय गुप्ता

जनलहर साथ मेयरमा पुन: उम्मेदवारी दिए अजय गुप्ता

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ११ वैशाख, राैतहट । जनताकाे लहर साथ मेयर पदमा पुन: अजय गुप्ताले उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुन गइरहेकाे स्थानिय निर्वाचनका लागि गुप्ता लाेकतान्त्रिक सामाजवादी पार्टीबाट मनाेनयन दर्ता गराएका छन् । हजाराैं जनताका साथ उनी र लाेसपा प्यानेलबाट उपमेयर , वार्ड अध्यक्षका उम्मेदवारहरु मनाेनयन दर्ता गराउन निर्वाचन कार्यालय गाैर पुगेका थिए । गाैर नगरपालिकामा गरेकाे विकाशकाे फलस्वरुप हामी पुन: उम्मेदवारी दर्ता गराएका छाैं । निर्वतमान नगरप्रमुख अजय गुप्ता भन्छन् ,"निर्वाचन आयाेगले जारी गरेकाे आचारसंहिताकाे पूर्ण पालना गर्दै, कानुनकाे सम्मान गर्दै हामी घर दैलाे कार्यक्रम गरेर जनताकाे मन जिति रेहका छाैं । वैशाख ३० गते हुने स्थानिय निर्वाचनका आज राैतहटकाे सदरमुकामकाे गाैर नगरपालिकामा निर्वतमान नगरप्रमुख अजय गुप्ताे मनाेनयन दर्ता गराएका छन् । हजाराैँ जनताकाे ...
पुर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. झाकाे मृत्यु

पुर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. झाकाे मृत्यु

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ११ वैशाख, राैतहट । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको मृत्यु भएकाे छ । क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिएका छन् ।डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् । करिब डेढ/दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको लगातार उपचार भइरहेको थियो ।उनका पति झा भन्छन् "पछिल्लो समय भने डाक्टरहरुकै सल्लाहमा घरमै राखेर रेखदेख भइरहेको थियो । " उनकाे आज बिहान मृत्यु भएकाे हाे । उनी दोस्रो संविधानसभामा सदस्य थिइन् । मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहिसकेकी झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत थिइन् ।...