जनकपुरकाे चुराेट कारखाना पुन: सञ्चालन हुने
सचतक नेपाल,११ श्रावन, जनकपुरधाम– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् ।जनकपुर चुरोट कारखाना निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडुले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गर्ने जानकारी दिए ।मन्त्री बडुले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने बताए । मन्त्री बडुले निजी क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनका लागि उद्यमीहरूलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताए । उद्योग मन्त्री बडुले देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जीर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसञ्चालनमा ल्याउने तयारी स्व...









