एसईई ग्रेडवृद्धिको परिक्षा भदौ ११ र १२ गते हुने
सचतक नेपाल डेस्क,
१५ श्रावन, रौतहट । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो ।
बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन्।
परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्।
पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो क...








