मतदानकाे सुरुवातमै राैतहटमा गाेली चल्याे
राैतहट - प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन आज बिहानैदेखि देशभर जारी छ। निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउन देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान सुरु हुने क्रममा राैतहट जिल्लाको गुजरा नगरपालिका-४ मा रहेको मतदान केन्द्रमा गोली चलेको छ। बाहिरकाे भिड नियन्त्रण गर्न प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो। त्यस्तै गरुडा नगरपालिका अमरपट्टि मतदान केन्द्र मा २ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनुभयो। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका संकलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका ...









