Saturday, September 12
Shadow

ताजा-अपडेट

चार एआईजीको पदस्थापन

चार एआईजीको पदस्थापन

ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डौ - सरकारले हालै बढुवा भएका प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले उनीहरुलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।देशभरका ठूला तथा जघन्य अपराध अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किरण बज्राचार्यको पदस्थापन गरिएको छ । उपत्यकाका तीन जिल्लाको कमान्ड कन्ट्रोल हुने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी श्यामलाल ज्ञवालीको पदस्थापन गरिएको छ ।यस्तै, प्रहरी कर्मचारीको वृत्ति विकास, तालिम र कर्मचारीको उत्पादनसँग सम्बन्धित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा टेकप्रसाद राईलाई पदस्थापन गरिएको छ । प्रहरी प्रशासनसँग सम्बन्धित प्रशासन विभागमा एआईजी दीपक थापालाई पदस्थापन गरिएको छ ।...
धनुषाबाट ९ जना फरार प्रतिवादी पक्राउ

धनुषाबाट ९ जना फरार प्रतिवादी पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
धनुषा - जिल्ला प्रहरी कार्यालय धनुषाले ९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्वमा मंगलबार ईलाका प्रहरी कार्यालय खजुरी, प्रहरी चौकी जिरोमाइलको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानमा लुकीछिपी बसेको सूचनाको आधारमा फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जनाइएको छ । जिप्रका धनुषाले दिएको जानकारी अनुसार पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।...
समाजवादी युवा संघकाे जिल्ला स्तरीय भेला कार्यक्रम गाैरमा सम्पन्न, बन्द सत्र आज

समाजवादी युवा संघकाे जिल्ला स्तरीय भेला कार्यक्रम गाैरमा सम्पन्न, बन्द सत्र आज

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - जनता समाजवादी पार्टीकाे भातृसंगठन समाजवादी युवा संघकाे जिल्ला स्तरीय युवा भेला कार्यक्रम मंगलबार सम्पन्न भएको छ। राैतहट जिल्लाको सदरमुकाम गाैर स्थित उद्याेग वाणिज्य संघकाे सभा हलमा आयाेजित जिल्ला स्तरीय युवा भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। संघका जिल्ला सचिवकाे अध्यक्षतामा उक्त कार्यक्रम सफल भएको हाे। भातृसंगठन समाजवादी युवा संघकाे जिल्ला कार्यसमिति ४५ सदस्य गठ्न गरी खुल्ला सत्र सम्पन्न भएको थियो। बन्द सत्र यही आज हुने तय गरिएको हाे। उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवम् राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, विधायक शाेभा साह , जसपाका केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, जिल्ला अध्यक्ष श्यामबिहारी यादव, ललन यादव,कमलेश यादव, पुनप्रताप यादव लगायतका व्यक्तिहरुकाे सहभागिता रहेको थियो।...
प्रेस मन्च नेपाल राैतहटकाे प्रथम जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न

प्रेस मन्च नेपाल राैतहटकाे प्रथम जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - प्रेस मन्च नेपालकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्ला बार एसोसिएसन गाैर राैतहटकाे सभाहलमा कार्यसमिति चयन गरि प्रथम अधिवेशन सम्पन्न भएको हाे। साेमबार प्रेस मन्च नेपाल जिल्ला कार्यसमिति राैतहटले आयाेजना गरेको जिल्ला अधिवेशन विधिवत रूपमा सम्पन्न भएको हाे । अधिवेशनबाट प्रेस मन्च नेपाल राैतहटकाे अध्यक्षमा पदमा किशाेरी यादव, उपाध्यक्षमा रश्मी पटेल, माे.माेजिउल्लाह,अरबिन्द यादव, ओमप्रकाश यादव, राज नारायण पटेल, सचिवमा चन्दन महताे, सहसचिवमा श्रीकान्त यादव,दिपक कुमार, काेषाध्यक्षमा प्रेम यादव , सदस्यमा भुषण सिंह, प्रियंका सिंह, प्रदिप यादव,जितन हलचल, राजन साह कलवार लगायतकाे कार्य समिति गठन गरिएको छ । कार्यक्रममा पुर्व विधायक रामकिशोरी यादव, विधायक साेभा साह, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, प्रेस मन्च नेपालकाे केन्द्रीय सदस्य रविन्द्र साह , प्रदेश अध्यक्ष अमेन्द्र य...
दुई ट्रक एकापसमा ठोक्किंदा ३ जनाको मृत्यु , १ घाइते

दुई ट्रक एकापसमा ठोक्किंदा ३ जनाको मृत्यु , १ घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
धनुषा - धनुषामा दुई ट्रक एकापसमा ठोक्किंदा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-३, हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख. ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको हो।यस्तै प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरुको पहिचान खुलेको छैन्।घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको बताइएको छ।...
नेपाल प्रहरीकाे आइजीपीका रुपमा बसन्त कुँवर नियुक्त

नेपाल प्रहरीकाे आइजीपीका रुपमा बसन्त कुँवर नियुक्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।आगामी चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् ।नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको थियो । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी ...
आजै बिदा हुदै आइजीपी धिरज प्रताप सिंह

आजै बिदा हुदै आइजीपी धिरज प्रताप सिंह

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डाै - नेपाल प्रहरीकाे सर्बाेच्च पद प्रहरी महानिरीक्षकसम्मकाे जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेर  ३० वर्षे सेवा अवधिका कारण आइजीपी धिरज प्रताप सिंह आजै विदा हुने औपचारिक कार्यक्रम रहेकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार, २०७९ चैत १० गते शुक्रवार अपरान्ह ४ बजे विशेष विदाइ कार्यक्रम तय गरिएकाे ।आइजीपीकाे जिम्मेवारी हाेस् वा  जुनसुकै पदकाे जिम्मेवारी किन नहाेस् निर्वाह गर्दा प्रहरी अनुशासन, व्यवसायिक मर्यादामा रहेर राष्ट्र, संगठनप्रति बफादार रहेर विवादमा नपरी आइजीपी पदमा लगभग ११ महिना कार्यसम्पादन गरेर विदा हुन लागेका हुन् ।नेपाल सरकारले २०७९ वैशाख १८ गते एआइजीपी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीकाे आइजीपी पदमा नियुक्त गरेकाे थियाे ।प्रचण्ड नेतृत्वकाे सरकारले आइजीपी धिरज प्रताप सिंहकाे उत्तराधिकारी नियुक्त नगरेकाले वरिष्ठ एआइजीपी डा. आशा सिंहलाई निमित्त आइजीपीकाे जिम्मेवारी हस्ता...
रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा

रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा

अन्य, ताजा-अपडेट, विचार
कलिलो उमेर ,हासिलो अनुहार तर अति परिपक्कव ब्यबहार । यो परिचय हो १८ बर्षीय रिजवान को । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर २ जमुनियामा बस्ने रिजवानको बिधालय शिक्षा छिमेकी नगरपालिका गुजारा वार्ड नम्बर ४ को माध्यमिक बिधालय कनकपुरमा भएको हो l उनि कुनै बेला सोहि बिधालयमा गठन गरिएका बाल संरक्षण बाल क्लबका सदस्य पनि हो । रिजवानको लागि बाल बिबाह र लैंगिक असमानता तथा बाल श्रम लगायतका समस्याहरु समाजका मुलभुत सामाजिक चुनौती हुन् । उनि अचेल घर देखि गाउ टोल सम्म बाल बिबाहको बिरोधमा अभियान संचालन गर्दै आएको हो । रिजवान भन्छन “बाल बिबाह लैंगिक असामानताको मूल जड हो । छोरीहरुको कम उमेरमा गरिने निकाह वा गवना ( बिबाह )ले कयौ पुस्ता सम्म असर गर्ने भएको र यो हाम्रो समाजको लागि सामान्य बिषय बनेकोले मैले यस बिरुद्ध सके सम्म अवाज उठाउदै छु।" रिजवान अहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट्...
सुवर्ण गापाका अध्यक्षद्वारा पत्रकारलाई रिपाेर्टिङ्ग गर्न हस्तक्षेप

सुवर्ण गापाका अध्यक्षद्वारा पत्रकारलाई रिपाेर्टिङ्ग गर्न हस्तक्षेप

ताजा-अपडेट, मुख्य समाचार
बारा । पत्रकार देशकाे चाैथाे अंग भनी महत्व दिने देश नेपाल हाे । सञ्चारकर्मी अमरेश कुमार पाण्डेलाई सुवर्ण गाउँपालिकाका अध्यक्ष गुण्डा शैलीमा पत्रकार पाण्डेलाई दुर्व्यवार गरेका छन्।सुवर्ण गाउँपालिकाका अध्यक्षमा राजेश राय यादव हुन् । पालिकामा रिपाेर्टिङ् गर्न पुगेका सञ्चारकर्मी शाेनु कुमार पाण्डेलाई यसरी धम्क्याई फुटेज समेत डिलिट गराउनु गुन्डाशैली मानिन्छ। रिपोर्टिङ् गर्न हस्तक्षेप गरेका अध्यक्षले देखाए रवैया शर्मनाख रहेको पत्रकार पान्डेले बताए। सञ्चारकर्मी शाेनु कुमार पाण्डे "आफु रिपोटिङ्ग गर्न पुगेका थिए तर गाउँपालिका अध्यक्ष राजेश राय यादवले कठालो समातेर नगर प्रहरी मार्फत करिब २ घण्टा थुनेर राखेकाे भन्दै उनले दु:ख पाेखे । अध्यक्ष यादवले पत्रकार पाण्डे ठुलाे अपराधी रहेकाे जस्तै दुर्व्यवहार गरेका छन् ।पछि ईलाका प्रहरी कार्यालय कवही गोठका सई लगायत गाउँपालिका उपाध्यक्ष र प्रवक्ता बिजय...
प्रधानमन्त्री प्रचण्ड आज विश्वासकाे मत लिने

प्रधानमन्त्री प्रचण्ड आज विश्वासकाे मत लिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठ्माण्डौ - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिनेछन् । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ । गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।...