Saturday, September 12
Shadow

प्रेस मन्च नेपाल राैतहटकाे प्रथम जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न

राैतहट – प्रेस मन्च नेपालकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्ला बार एसोसिएसन गाैर राैतहटकाे सभाहलमा कार्यसमिति चयन गरि प्रथम अधिवेशन सम्पन्न भएको हाे।

साेमबार प्रेस मन्च नेपाल जिल्ला कार्यसमिति राैतहटले आयाेजना गरेको जिल्ला अधिवेशन विधिवत रूपमा सम्पन्न भएको हाे ।

अधिवेशनबाट प्रेस मन्च नेपाल राैतहटकाे अध्यक्षमा पदमा किशाेरी यादव, उपाध्यक्षमा रश्मी पटेल, माे.माेजिउल्लाह,अरबिन्द यादव, ओमप्रकाश यादव, राज नारायण पटेल, सचिवमा चन्दन महताे, सहसचिवमा श्रीकान्त यादव,दिपक कुमार, काेषाध्यक्षमा प्रेम यादव , सदस्यमा भुषण सिंह, प्रियंका सिंह, प्रदिप यादव,जितन हलचल, राजन साह कलवार लगायतकाे कार्य समिति गठन गरिएको छ ।



कार्यक्रममा पुर्व विधायक रामकिशोरी यादव, विधायक साेभा साह, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, प्रेस मन्च नेपालकाे केन्द्रीय सदस्य रविन्द्र साह , प्रदेश अध्यक्ष अमेन्द्र यादव, प्रदेश महासचिव बन्धना झा, जसपम जिल्ला अध्यक्ष श्यामबिहारी यादव, फाेरम शिक्षक संघका अध्यक्ष कामेश्वर यादव, केन्द्रीय सदस्य राघाे राय यादव , प्रेस चाैतारी राैतहटका उपाध्यक्ष उत्तम कुमार उपाध्याय,अनवर हास्मी, पुन प्रताप पटेल, मदन प्रसाद यादव लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *