Saturday, September 12
Shadow

ताजा-अपडेट

चितवन – २ मा मतदान सुरु

चितवन – २ मा मतदान सुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ ।यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए । गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीत...
झापामा जंगली हात्तीकाे आक्रमणबाट एक वृद्धको मृत्यु

झापामा जंगली हात्तीकाे आक्रमणबाट एक वृद्धको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
झापा - जंगली हात्तीको आक्रमणमा परी झापको बुद्धशान्ति गाउँपालिका-५, खारखोलाका एक वृद्धको मृत्यु भएको छ।डिभिजन वन कार्यालय, झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो। बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए।डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उनले थप विवरण आउन बाँकी रहेको बताए।जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जंगली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको संख्यामा रैथाने हात्ती स्थानीय जंगलमा बस्दै आएका छन्। हुलबाट एक्लिएको जंगली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयबासी बताउँछन्।...
उपनिर्वाचनलाई लक्षित गर्दै सिमानाका बन्द

उपनिर्वाचनलाई लक्षित गर्दै सिमानाका बन्द

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बारा । यही वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै आजबाट नेपाल भारत सीमा बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल-भारत सिमाना बन्द रहने जनाएको हो।यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।...
बस र मोटरसाइकलबीच ठक्कर, ३ जनाकाे मृत्यु

बस र मोटरसाइकलबीच ठक्कर, ३ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
महाेत्तरी - महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप कुमार गिरिले बताए ।दुर्घटनामा परी सख्त घाइते भएकी अन्सु मण्डलको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।...
एआईजी ज्ञवालीद्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण सम्पन्न

एआईजी ज्ञवालीद्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्याम लाल ज्ञवालीद्वारा आइतबार जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पुर्ण संयन्त्रहरुले प्रत्यक्ष निगरानी गरि रहने हुनाले संयमित भई उत्कृष्ट ढङबाट कार्य सम्पादन गर्न र प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीलाई समान व्यवहार गर्न निर्देशन दिनुभयो । त्यस्तै, परिसर ललितपुर तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनुका साथै प्रहरी संगठन प्रति बफादर रहि कानून सम्मत ढङ्गबाट निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भएको थियो ।...
गाेली प्रकरण: गढीमाईबाट १६ जना हिरासतमा

गाेली प्रकरण: गढीमाईबाट १६ जना हिरासतमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । गाेली चलाएको प्रकरणमा प्रहरीले रौतहटको गढिमाईबाट १६ जनालाई हिरासतमा लिएको छ ।शनिबार बाटो विस्तार गर्ने क्रममा गढीमाई नगरपालिका–८ धोबिनियामा बिवाद हुँदा गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो । मृतक सो घटनामा संलग्न भएको आरोपमा १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले सचतक नेपाललाई टेलिफोन सम्पर्क मार्फत‌ जानकारी दिनुभयो ।उनका अनुसार घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायत पक्राउ परेका छन् ।उक्त घटनामा निरन्जन राय यादव, प्रताप यादवसहित ४ जना घाइते भएका छन् । एकजनाको मृत्यु र चारजना घाइते हुनेगरी भएको गोली काण्डपछि धोविनियामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।धोबिन...
खैराे हिराेइन लागूऔषधसहित ३ जना पक्राउ

खैराे हिराेइन लागूऔषधसहित ३ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
मकवानपुर- प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध खैरो हेरोइन सहित ३ जनालाई हेटौंडा उपमहानगरपालिका- १० न्यूरेनीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।मकवानपुर प्रहरीका अनुसार हेटौंडा १० का ४१ वर्षीय होमबहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगरलाई ३ सय ५० मिलिग्राम खैरो हेरोइन सहित नियन्त्रणमा लिइएको हो ।लागूऔषध किनबेच भइरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले स्थानीय होम बहादुरको घरबाट उक्त परिमाणको धुलो खैरो हेरोइनसहित ३ जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
गाैरबाट छुटेकाे बस चितवनमा जलेर नष्ट

गाैरबाट छुटेकाे बस चितवनमा जलेर नष्ट

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - बर्षाै देखि चलिरहेको महान्ता एसी रात्रीकालिन सेवा बसमा गएराति आगजनी भएको छ।‌नयाँ वर्ष २०८० काे प्रथम दिन हिजाे शुक्रबार काठमाडौंका लागि छुटेकाे बसमा आफै आगजनी भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । रौतहट जिल्लाको सदरमुकाम गौर स्थित गढवामा अवस्थित बसपार्कबाट बेलुकी करिब ७ बजे काठमाण्डौका लागि छुटेको गाडी मध्य बाटाे चितवनमा जलेर नष्ट भएको हाे ।प्रहरीका अनुसार जानमानकाे छती नभएपनि उक्त बसमा सवार यात्रुहरुकाे सर-समान समेत बससंगै जलेर नष्ट भएको छ ‌ । आगजनी कसरी भएको हाे भन्ने बारे विस्तृत विवरण आउन बाँकी छ।...
राैतहटका वरिष्ठ पत्रकार शिवपुरी प्रबल जनसेवा श्रीबाट बिभूषित

राैतहटका वरिष्ठ पत्रकार शिवपुरी प्रबल जनसेवा श्रीबाट बिभूषित

ताजा-अपडेट, मुख्य समाचार
राैतहट । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कान्तिपुरकर्मी शिव पुरी सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित भएका छन् । उनी रौतहट जिल्लामा रहेर पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका छन् ।नेपाल राष्ट्रको गौरव एबम् नेपाली जनताको हित अभिवृद्धिमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै पत्रकार पुरी सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा विभूषित भएका हुन् । संविधान दिवसको अवसरमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार पूरी सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्न सिफारिस भए अनुसार २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिबाट उक्त घोषणा भएको थियो ।सोही अनुसार आज २०८० को बैशाख एक गते का दिन सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट विभूषित दिईएक...
१३ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

१३ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डाैं - नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।गृह मन्त्रालयले समितिको सिफारिसअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा पहिलो नम्बरमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् । यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनालको नाम पनि सिफारिस...