Saturday, September 12
Shadow

ताजा-अपडेट

आज नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै

आज नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै

खेलकुद, ताजा-अपडेट
काठमाण्डौ। काठमाडौंमा जारी एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा आज नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै छ । त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।...
किन अहिले सुडानमा चर्कियो लड़ाई ?

किन अहिले सुडानमा चर्कियो लड़ाई ?

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सुडानको राजधानी खार्टूम र अन्य स्थानमा दुई सैन्य समूहबीच सङ्घर्ष हुँदा सयौँ मानिसको मृत्यु भएको छ।संयुक्त राष्ट्रसङ्घले त्यहाँ अस्थिर बनिरहेको युद्धविरामलाई कायम राख्न, त्यहाँ लडिरहेका दुवै पक्षका जेनरलहरूसँग सम्पर्कमा रहेको जनाएको छ। राष्ट्रसङ्घीय अधिकारीहरूले त्यहाँ विधिको शासन अझ कमजोर हुनेमा आफूहरू चिन्तित रहेको बताएका छन्।हजारौँ सुडानीहरू भागेर चाड, इजिप्ट, र दक्षिणी सुडानसहितका छिमेकी देशहरूतर्फ गएका छन्।त्यहाँ भएका विदेशी नागरिकहरूलाई सम्बन्धित देशले स्वदेश फिर्ता गर्ने वा सुरक्षित स्थानमा लैजाने प्रयास गर्न थालेका छन्। केही नेपालीहरू पनि अलपत्र परेको विवरण प्राप्त भएको छ।बीबीसी अरेबिककी स्याली नबिलले सुडानको सैन्य नेतृत्वमा देखा परेको प्रतिद्वन्द्विताका कारण उत्पन्न सत्तासङ्घर्षलाई यो सामग्रीमा व्याख्या गरेकी छन्। बीबीसी...
३३ निर्माण कम्पनीकाे लाइसेन्स खारेज

३३ निर्माण कम्पनीकाे लाइसेन्स खारेज

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ। मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार एक सूचना जारी गर्दै ती निर्माण व्यवसायीको इजाजत रद्द गरेको जानकारी गराएको हो। निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९–०८० का लागि चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेका व्यवसायीहरूको निर्माण व्यवसाय इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ।...
बबरमहलमा धुँवा फाल्ने १५ सवारी साधन माथी कारबाही

बबरमहलमा धुँवा फाल्ने १५ सवारी साधन माथी कारबाही

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ । मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । काठमाडौँको बबरमहलमा बुधवार गरिएको प्रदुषण चेकिङका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस ७ वटा, माइक्रोबस ५, पिकअप भ्यान २ र ट्रक १ गरी १५ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेका हुन् ।वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधन फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।कारबाहीमा परेकाहरुलाई सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरेसँगै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने उनको भनाइ छ।...
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
ईटहरी - ईटहरी उपमहानगरपालिका-२ पशपति चोक बस्ने ६० वर्षीय केदर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय दिपक थापासहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ७ सय ९५ रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
ईजरायल पठाउने भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

ईजरायल पठाउने भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ।...
डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।यस्तै डीआईजीहरु बिष्णु कुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान् महाराजगंज, लालमणि आचार्यको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं, सुरेन्द्र् प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौ, अर्जुन चन्द ठकुरीको सा...
सुनसरीबाट श्राेत नखुलेको नेपाली र भारु रुपैयाँसहित २ जना प्रहरी नियन्त्रणमा

सुनसरीबाट श्राेत नखुलेको नेपाली र भारु रुपैयाँसहित २ जना प्रहरी नियन्त्रणमा

ताजा-अपडेट, मुख्य समाचार
सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको इटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।...
गाैर नगरपालिकाकाे फायर बिग्रड दुर्घटनाग्रस्त, चालक सहित ५ जना घाइते

गाैर नगरपालिकाकाे फायर बिग्रड दुर्घटनाग्रस्त, चालक सहित ५ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - आगलागी नियन्त्रण गर्न गएका बारुण यन्त्र (फायर विग्रेड) मंगलवार मध्य राति दुघटनाग्रस्त भएको छ । उक्त दुर्घटना चालक सहित पाँच जना गम्भीर घाइते भएका छन् ।गएराति करिब साढे १२ बजे गौर नगरपालिका वडा नम्वर ४ गढवामा आगो लागेको सुचना पाएपछि आगाे नियन्त्रण गर्न तुरुन्त निस्केको बारुण यन्त्र दुर्घटनाग्रस्त भएको हाे । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएका हुन् । सपगढा र गढवाको बिचमा रहेको एक पोल्ट्रि फारममा आगो लागेको खबर पाउना साथ गौर नगरपालिकाको कार्यालयमा रहेका बारुण यन्त्र सहित अग्निनियन्त्रण टोली त्यस तर्फ जाने क्रममा ब्रेक फेल भएर उक्त दुखद दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको बारुण यन्त्रले कोल्टे फेर्र्दै चक्का सहितको भाग माथि भएको हुँदा त्यस भित्र रहेका रेक्स्यु टोलीका सदस्यह...
तीन स्थानमा उपनिर्वाचनको मतदान जारी

तीन स्थानमा उपनिर्वाचनको मतदान जारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बारा । बिहानै देखि तिन स्थानमा मतदान गर्ने क्रम जारी छ । बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो ।यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।चितवन क्षेत्र नम्बर...